Tuesday, August 25News That Matters

Breaking News 1

तेस्रो र चौथो लहरको कोरोना बालबालिका केन्द्रित हुन सक्ने, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

तेस्रो र चौथो लहरको कोरोना बालबालिका केन्द्रित हुन सक्ने, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ २२ हाल विश्वभर फैलिरहेको कोरोना चरणबद्ध बढ्दै गएको छ । पहिला बर्षको कोरोना थप क्षमता बृद्धि गर्दै भेरियन्टमा परिनत भई निकै घातक र आक्रमक बन्दै गएको छ । नेपालमा पहिलो चरणको कोरोनाले खासै असर नगरे पनि पहिलो पटक प्रवेश गरेका कारण धेरै मानिसहरु आत्तिए र डराए, एक बर्ष सम्म कोरोना सामना गरेको नेपालीले दोस्रो चरणको कोरोनालाई टेर्दा पनि टेरेनन् । यसैको परिणाम हो अहिले नेपालीले भोगि रहेको कोरोनाको भयावह, कोरोनाको नयाँ भेरियन्ट सहित दोस्रो लहर चलिरहेको अवस्थामा पनि नेपाली जनता र सरकार अटेरी अवस्थामै थियो । मान्छे निकै मर्न थालेपछि बल्ल अलिअलि होस खोल्यो । सरकारले बल्ल तल्ल उपत्यका लागायत जटिल स्थानहरुमा निषेधाज्ञा गर्यो । अहिले देशको दुई जिल्ला बाहेक सबै जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । तर पनि कोरोनाको लहर समुदाय परिवार र व्यक्तिहरुमा छिरिसकेको थियो । नेपालमा पहिलो चरको ...

उदयपुर – काेराेना खबर अपडेट | २० जेठ ०७८ : फेरी थपियाे निशेधाज्ञ

Breaking News 1, समाचार, स्वास्थ्य
https://youtu.be/qQS_CRqUMpg खबर विस्तृत... १. उदयपुरमा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । ६४ जनाको एन्टिजेन परिक्षण गर्दा १२ महिला र २४ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रियुगाका १९, चौदण्डीगढीको १६ र बेलकाको १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ६४ पुगेको छ । पालिकास्तरमा त्रियुगामा सक्रिय संक्रमित ५२२, चौदण्डीगढीमा १२५, र बेलकामा ११९ पुगेको छ । साथै कटारीमा ११४, रौतामाईमा ७८, ५९, उदयपुरगढी ३६ र ताप्लीमा ११ जना रहेका छन् । २ उदयपुरमा आज १४ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेमा चौदण्डीगढीको १०, त्रियुगाको २, बेलकाको १ र रौतामाईको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या २६३ पुगेको छ । ३ आज २ जना कारोनाले मृत्य भएकाको संख्या थपिएको छ । त्रियुगा नगरपालिका ११ को २७ वर्षिय पुरुषको र लिम्चु...
निशेधाज्ञ उलंघन गर्ने व्यक्तीलाइ १ लाख, संस्थालाइ ५ लाख जरिवाना : काेराेना खबर अपडेट – उदयपुर | १४ जेठ २०७८

निशेधाज्ञ उलंघन गर्ने व्यक्तीलाइ १ लाख, संस्थालाइ ५ लाख जरिवाना : काेराेना खबर अपडेट – उदयपुर | १४ जेठ २०७८

Breaking News 1, समाचार, स्वास्थ्य
https://m.youtube.com/watch?v=8Q-4qNmjmvg विस्तृत खबर... १. जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा भरै राती १२ बजेदेखि लागु हुनेगरी फेरी ७ दिनका लागि निशेधाज्ञ थपिएको छ । हिजो बसेको प्रशासनको बैंठकले आगामी २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञ थपेको हो । निशेधाज्ञ कडाइका लागि लागु गर्न आदेश प्रशासनको छ ।  सकैले अवाज्ञा गरेमा कारवाही हुने भन्दै सचेत पनि गराएको छ । निशेधाज्ञमा खाद्य सामग्री र निर्माण सामग्री ढुवानीका लागि केही खुकुलो गरिएको छ । बेलुका ५ बजेदेखि ९ बजेसम्म बील, भर्पाई र कागजातको आधारमा खाद्य सामग्री ढुवानीका सवारीलाई चल्न दिने भनिएको छ । त्यस्तै सम्बन्धीत आयोजना वा कार्यालयको आधिकार पत्र तथा आवश्यक विल भपाई तथा कागजातको आधारमा निर्माण सामग्रीका ढुवानी साधन चल्न दिने भनिएको छ । खाद्यन्न र निर्माणको हकमा प्रशासनको अनिवार्य पास हटाइएको छ । निशेधाज्ञको अन्य विषयमा...
उदयपुरमा काेराेना संक्रमित हजार नाघ्याे, ३० जनाकाे मृत्यु : काेराेना खवर अपडेट (विस्तृतमा)

उदयपुरमा काेराेना संक्रमित हजार नाघ्याे, ३० जनाकाे मृत्यु : काेराेना खवर अपडेट (विस्तृतमा)

Breaking News 1, समाचार, स्वास्थ्य
https://youtu.be/JU0upTCStuA अब खबर विस्तृतमा... १. उदयपुरमा कोरोना संक्रमितको संख्याले क्रस गरेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो रिपोर्ट अनुसार जिल्ला संक्रमिको संख्या १ हजार २३ पुगेको छ । जसमा महिलाको भन्दा पुरुषको संख्या बढि छ । ४५० महिला र ५७३ जना पुरुष छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तह रहेको उदयपुरको कुल संक्रमित मध्ये नगरपालिकातर्फ त्रियुगामा ४८०, चौदण्डीमा १४९, कटारीमा ११२, बेलकामा १०७ जना संक्रमित हुन् । गाउँपालिकातर्फ रौतामाईमा ७७, उदयपुरगढीमा ३७, ताप्लीमा १ र लिम्चुङबुङमा ५९ जना रहेका छन् । जिल्लामा सक्रिय संक्रमित ८१६ जना रहेका छन् । जसमध्ये त्रियुगामा ३९२, चौदण्डीमा ९८, कटारीमा १०१, बेलकामा ७२, रौतामाईमा ७०, उदयपुरगढीमा ३१, लिम्चुङबुङमा ५१ रहेका छन् । ताप्लीमा भने छैन । संक्रमितले १ हजार क्रस गर्दा जिल्लामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । ...
प्रतिगमन विरुद्ध उदयपुरमा ३ दलका युवा संगठनहरुको बिरोध

प्रतिगमन विरुद्ध उदयपुरमा ३ दलका युवा संगठनहरुको बिरोध

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ १२ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा बुधबार साँझ ३ दलले गाईघाटमा राँके जुलस सहित विरोध जनाएको छ । वाईसेल नेपाल, तरुण दल, युवा संघले प्रधानमन्त्री र राष्ट्रपति विरुद्धमा मुर्दावादको नारा सहित जुलुस प्रदर्शन गरिएको हो । केपी विद्या मुर्दावाद लगायतको नारासहित ३ दलले संयुक्त रुपमा सरकारको विरुद्धमा विरोध गरेको हो । माहामारीको बिचमा थोरै संख्यामा सुरक्षितका साथ बिरोध गरेको प्रदर्शनकारीहरुले जनाएको छ । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिको बिच जुलुस प्रदर्शन गरेको थियो । पिपलचोकमा गर्ने भनिएको बिरोध प्रदर्शन सुरक्षाकर्मीहरुको बाक्लो निगरानीका कारण बैँक लाईन र जिके पुस्तक पसल छेउबाट गरेको थियो । मेनचोक तर्फ जान खोजेको जुलुस प्रहरीले रोकपछि पुरानो सब्जी बजार तर्फ भागेका थिए । पुरानो सब्जी बजार स्थित आसरी रोडमा ...
प्रतिगमनको आगामी निति बारे चारदल छलफलमा बस्दै

प्रतिगमनको आगामी निति बारे चारदल छलफलमा बस्दै

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ ८ संसद विघटनको बिषयमा आगामी रणनीतीबारे बिपक्षको चारदल बैठकमा बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको हो । प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । उनले भने , ’उहाँको कदमले संविधानलाई गम्भीर आघात पुर्याएको छ । संविधान र लोकतन्त्र रक्षाका लागि बैठकले अग्रसरता लिन्छ । त्यसका लागि हामी छलफल गर्दै छौं ।’ शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको खानले जानकारी दिए । खाणका अनुसार बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनम...
उदयपुरमा काेराेना संक्रमितकाे संख्याले ५ सय नाघ्याे

उदयपुरमा काेराेना संक्रमितकाे संख्याले ५ सय नाघ्याे

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ६ । उदयपुरमा संक्रमितको संख्याले ५ सय नाघेको छ । उदयपुरमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्याले पाँचसय अंक नाघेको हो । ८७ जनामा कोरोना परिक्षण गर्दा १३ महिला र २८ पुरुष गरी ४१ जना संक्रमित पुष्टि भएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ९ पुगेको छ । जसमा २९६ पुरुष र २१३ महिला छन् । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा उदयपुरमा निको हुनेको संख्या ८ जना हो । संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकाका छन् । त्रियुगामा २५९ जना संक्रमित हुन् । नेपालमा आज पनि ठुलो संख्यामा संक्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा २१ हजार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८ हजार २८७ जनामा कोरोना संक्रमण देखिएकोछ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा...
काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

काेराेना शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने वन डिभिजन र सामुदायिक वन महासंघकाे निर्णय

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ५ । उदयपुरका दुइ डिभिजन वन कार्यालयहरू  र सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ उदयपुरको संयुक्त बैठकले काेराेनाबाट मृत्यु भएकाकाे शब जलाउन दाउराकाे प्रवन्ध मिलाउने निर्णय गरेकाे छ । सम्बन्धीत स्थानीय तहले सम्बन्धीत वन समुहबाट दाउरा निशुल्क वा छुटमा पाउने गरी  प्रवन्ध मिलाएकाे हाे । काेराेना संक्रमणका कारण मृतककाे संख्या बढ्दै जाँदा शब ब्यवस्थापन र दाहसंस्कारलाइ प्रभावकारी बनाउन यस्ताे निर्णय गर्दै प्रवन्ध मिलाएकाे सामुदायिक वन उपभाेक्ता महासंघ, उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले बताउनुभयाे । गत वर्ष यसैढंगले कोरोना प्रभावित परिवारहरुलाई १ करोड रु ४० लाख बढी रकमको नगद, खाद्दान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियाे । सामुदायिक वनको घाटगद्दीबाट उपलब्ध हुने वा दाउरामा मात्र प्रयोग हुने ढलापडा वा सुकेका रुखकोे भागलाई आवश्यकता अनुसार कटान समेत गरेर प्रया...
पूर्ण ठप्प पारिएको कटारीमा चर्कियो सुकुम्वासीहरुको आन्दोलन, मेयर, उपमेयर सहित ४ घर तोडफोड

पूर्ण ठप्प पारिएको कटारीमा चर्कियो सुकुम्वासीहरुको आन्दोलन, मेयर, उपमेयर सहित ४ घर तोडफोड

Breaking News 1
पूर्णपुष्टि, जेष्ठ ५ कोरोना माहामारीका कारण जिल्लाकै सबै भन्दा बढी कडाई निषेधाज्ञा गरिएको कटारी बजारमा आज सुकुम्वासीहरुको भिँडभाँड आन्दोलन चलेको छ । केहि दिन अघि मात्र जिल्ला प्रशासन कार्यालय उदयपुरले कटारीलाई अत्यावश्यक क्षेत्रमा समेत प्रतिबन्ध लाग्ने गरी कडाई गरेका थिए । खाद्यन्न र निर्माण सामाग्रीहरु लिने र आवत जावतको केन्द्र रहेको भन्दै त्याहाँबाट बिभिन्न जिल्लाहरुले सामान ओसार पसार गर्दा संक्रमणको उच्च संख्या रहने भन्दै प्रशासनले कडाईका साथ बन्द गरेको थियो । अत्यावश्यकको रुपमा एम्वुलेन्स, विरामीको गाडी र राष्ट्रिय गौरवको कामलाई मात्र प्राथामिकता राखेको पालिकामा आज सुकुम्वासीहरुले ठुलो संख्याको भिँडमा स्थानीय सरकार सँग बिरोध प्रदर्शन गरेको छ । कटारी नगरपालिकाका वडा नम्वर ४ मा रहेको सुकुम्बासी टोलमा डोजर चलाएर घर भत्काएपछि सुकुम्बासीहरु आन्दोलित बनेका हुन् । आन्दोलनकै क्रममा...
संचारकर्मी एवम् कलाकार गाेठकृष्णलाइ पत्नीशाेक

संचारकर्मी एवम् कलाकार गाेठकृष्णलाइ पत्नीशाेक

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ४ । उदयपुरका संचारकर्मी तथा कलाकार गोठकृष्ण ठकुरीलाई पत्नीशोक परेको छ । दोस्रो लहरको कोरोनाले आजविहान वहाँको धर्मपत्नीको निधन भएको छ । उहाँकी धमृपत्नी ३५ वर्षिया  मृदुल ज्यू ठकुरीको विहान निधन भएको कलाकार ठकुरीले बताउनुभयो । नोबेल अस्पताल विराटनगरले उपचारपछि कोरोना परिक्षणको दोस्रो रिपोर्ट नेगेटिभ देखाएपछि उहाँले धर्मपत्नीलाई त्रिनपा ३ मोतिगडास्थित घर ल्याउनु भएको थियो । एक्कासी विहान २ बजेतिर स्वास्थ्यमा समस्या आइ निधन भएको उहाँले बताउनुभयो । एक्कासी शरीरमा अक्सिजनको कमी देखाएको र साथमै ल्याएको अक्सिजन दिदा पनि काम नगरेको उहाँले बताउनुभयो । अस्पतालले नेगेटिभ देखाएपछि घर फर्किएको विरामीको मृत्यु भएपछि अस्पतालको परिक्षण नै गलत होकी भन्ने आशंका बढेको छ ।...