Tuesday, August 25News That Matters

Breaking News 1

उदयपुरमा भालु खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

उदयपुरमा भालु खोलाले बगाएर १३ वर्षीया बालिकाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २०उदयपुरमा भालु खोलाले बगाएर एक १३ वर्षीया बालिकाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–७ बस्ते याम कुमार राईको छोरी यसिका राईको आज (आइतबार) भालु खोलाले बगाएर ज्यान गएको छ ।ती बालिका खोलाको छेउमा रहेकोले नं. प्र १–०५–००१ ह ०१२७ नम्बरको आफ्नै अटो निकाल्न घरपरिवार संग गएकी थिईन् । उक्त खोलामा माथिबाट एक्कासी बाढी आउदा अटो र बच्चालाई बगाएको अटो थियो । प्रहरी र स्थानीयहरु मिलेर खोजतलासी गरेसी बालिका र अटोलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलबाट ८ कि.मी. दक्षिण त्रियुगा नगरपालिक–९ स्थित त्रियुगा खोलामा उक्त बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिनुभयो । प्रनाउ गौतमका अनुसार अटो बगाएको स्थान देखि ५ सय मिटर तल फेला परेको थियो ।...
जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

Breaking News 1, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर र सामुदायी रेडियो उदयपुर १०२ पोप्लो ४ मेगाहर्जको आयोजनामा सञ्चालित युवा महिला नेतृत्व विकास कार्याशाला तथा सरोकारवाला संगकोे अन्तरक्रिया कार्याक्रम आज सम्पन्न भएको छ । हिजो र आज गरी दुई दिने सञ्चालित अन्तरक्रिया कार्याक्रममा जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन भएको छ । आठ वटै पालिकालाई समेटेर सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा त्रियुगा नगरपालिकाका रञ्जु दनुवारलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा त्रियुगाकै रेणुका चौधरी र अर्चना दनुवार रहेका छन् । चौदण्डीका आस्मा कार्की, बेलकाका पवित्रा राई र कटारीको पवित्रा दाहाल सदस्यमा चयन भएका छन् । उदयपुरगढीका सुस्मीता कार्की, ताप्लीका रेखा ज्यु ठकुरी र लिम्चुङबुङका सत्यकला राई सञ्जालका सदस्यहरु रहेका छन् ।...
माओवादी केन्द्र १ नं प्रदेश कमिटि अध्यक्ष तथा उदयपुर जिल्ला ईन्चार्जको जिम्मेवारी शुरेस कुमार राईलाई

माओवादी केन्द्र १ नं प्रदेश कमिटि अध्यक्ष तथा उदयपुर जिल्ला ईन्चार्जको जिम्मेवारी शुरेस कुमार राईलाई

Breaking News 1
पूर्णपुष्टि, भदौ ९ माओवादी केन्द्रले प्रदेश नं १ कमिटिमा पार्टीको जिम्मेवारी टुंग्याएको छ । प्रदेश नं १ को अध्यक्ष तथा उदयपरको ईन्चार्जमा संघिय सांसद सुरेश कुमार राई लाई जिम्मेवारी दिएको छ । यसैगरी प्रदेश ईन्चार्जको जिम्मेवारी सुरेन्द्र कार्कीलाई दिएको छ । प्रदेश सह–ईन्चार्जहरुमा सावित्री कुमार काफ्ले  “समर“ पदम राई, धर्मशिला चापागाई, अजम्बर राई कांङमाङ लगायतका नेताहरु रहेका छन् ।  ...
नेपाल आईडल सिजन ४ मा नयाँ निर्णयक

नेपाल आईडल सिजन ४ मा नयाँ निर्णयक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ ३ नेपाल आईडल सिजन ४ ले नयाँ जर्ज फेरेको छ । पहिलेका तिनै जना पुरानो निर्णयको ठाउँमा नयाँ निर्णयक राखेका छन् । नयाँ निर्णयकहरुमा गायक एवम् वरिष्ट संगितकार सम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायीका सुबानी मोक्तान रहेको छ । पुराना निर्णयक न्यु बर्जाचार्य, कालिप्रसाद बास्कोटा र इन्दीरा जोसीको ठाउँमा यी तिन नयाँ निर्णयकहरु राखिएको हो । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बाँस्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे। गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन् । उनले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरूले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि रा...
कृशलाको हत्यामा संलग्न २ अपराधिलाई प्रहरीले सार्वजानिक गर्यो, घरबार बिगारेको भन्दै हत्या

कृशलाको हत्यामा संलग्न २ अपराधिलाई प्रहरीले सार्वजानिक गर्यो, घरबार बिगारेको भन्दै हत्या

Breaking News 1
पूर्णपुष्टि, साउन ३२ कृशलाका हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमवार सार्वजानिक गरेको छ । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ बर्षिया कृशलाको साउन १३ गते हत्या भएको थियो । करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ का उचित लाल सदा र सोहि ठाउँका २३ बर्षिय बिषे सदालाई प्रहरीले सार्वजानिका गरेको छ । घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको निउमा हत्या गरेको प्रहरी वयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर (एसपी) चन्द्रदेव बोहोराले बताउनुभयो । बोहोराका अनुसार कृशला र उचित सदाको श्रीमती साथी साथी रहेको र कृशलाकै कारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गर्ने निर्णयमा आफुहरु पुगेको प्रहरीलाई बयान दिएको छ । पहि...
वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै  कटारीका एक कलेजमा तालाबन्दी

वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै कटारीका एक कलेजमा तालाबन्दी

Breaking News 1
पूर्णपुष्टि, साउन ३१ वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै प्राकृति श्रोत व्यवस्थापन कलेज कटारी तालाबन्दी गरिएको छ । वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै कृषि तथा वन  विज्ञान विश्वविद्यालयको वन शंकायका विद्यार्थीहरुले प्राकृति श्रोत व्यवस्थापन कलेज कटारीमा तालबन्दी गरेका हुन् । विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न माग गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडाको डिन कार्यालय र प्राकृति श्रोत व्यवस्थापन कलेज कटारी उदयपुरमा तालाबन्दी गरेको जानकारी दिएका छन् । प्राकृति श्रोत व्यवस्थापन कलेज उदयपुर कटारीमा शुक्रबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु९क्रान्तिकारी० र अनेरास्ववियुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै तालबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोभिड संक्रमण देखिनेक्रम बढ्दै गएपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न म...
नेपालमा फेला पर्यो विश्वकै दुर्लभ चराहरु

नेपालमा फेला पर्यो विश्वकै दुर्लभ चराहरु

Breaking News 1
पूर्णपुष्टि, साउन ६ विश्वकै दुर्लभ मानिने चराहरु नेपालमा फेला परेको छ । पक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले विश्वमै दुर्लभ मानिएका चराहरु जाजरकोटको बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा फेला परेको बताए । सिंहका अनुसार विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आइआइ)मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड तथा कर्रासुगा फेला परेका छन् । यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए । सामान्यतया समुद्री सतहभन्दा ९ सय १५ मिटरभन्दा कम उचाइको भूभागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६ सय मिटरको उचाइमा भेटिएको सिंहले बताए । धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्येताहरूका लागि चासोको विषय हु...
पहिलो पत्र (लेख)

पहिलो पत्र (लेख)

Breaking News 1, बिचार
 गोठकृष्ण ठकुरी  जेठको त्यो छोटो रातमा, छोटो जिन्दगी जिएकी तिमी, छोटो बेथाले, छोटो समयमा, छोटाछोटी छोराछोरी छाडेर हामीबाट धागो चुडिएको चङगा झै हराई हाल्यौ । त्यो रात सुतेर विउँझनेहरु सबै रोए, तिमी विउँझेनौ । तिमीले त आफ्नो पीडा सबै सुनाएर गयौ,  म पो कसलाई सुनाउँ ।  छैन मसँग सिरानी खोज्दै आउने शिर । छैन मसँग तिम्रो दाहिने हात । छैन मसँग तिम्रो मुटुको माया । छैन मसँग मैले ऐना हेर्ने तिम्रो आँखा । छैन मसँग निराश हुँदा के भयो भन्ने आवाज । भैगो मेरो कुरा पछि गरम्ला बरु सुनाउन तिम्रो खबर के छ ?  त्यहाँ त राम्रै होला नि तिमीलाई म त यहि कामना गर्छु यहाँ बसरे । साँची सास फेर्न छोडे पछि कस्तो हुने रैछ ? दुख्ने पोल्ने, छातीमा गाँठो परे जस्तो हुने त्यो सबै सन्चो भयो होला नि हैन । .कि दुखी राख्ने रैछ सुनाउन,  अँ भनत के बाटोमा गरुड पुरानमा भने जस्तै अप्ठ्यारो हुने रहेछ कि सजिलो ? अनि अहिले तिमी...
उदयपुरको बेलकामा अवैध काठसहित ट्रयाक्टर पक्राउ

उदयपुरको बेलकामा अवैध काठसहित ट्रयाक्टर पक्राउ

Breaking News 1
पूर्णपुष्टि, असार ३ उदयपुरको बेलका नगरपालिकामा अवैध काठ लोड गरी लैजादैँ गरेको एक ट्रयाक्टर पक्राउ परेको छ । बेलका–१ खरीखोलामा बुधबार साढे ९ बजेको समयमा चिरान नगरेको सालजातको लोड गरिएको २३ थान काठसहित ट्रयाक्टर पक्राउ परेको हो । प्रहरी चेक पोष्ट आम्बासी उदयपुर स्थितमा चेकजाँच गर्ने क्रममा खरीखोला सव डिभिजन वन कार्यलयबाट डिभिजन वन कार्यालय उदयपुर तर्फ  जादैँ गरेको प्रदेश नं.१०२–००३ त १३८६ नम्बरको ट्रयाक्टर र आधिकारीका पत्र समेत नभएको काठलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरले नियन्त्रणमा लिएको हो । काठ र ट्रयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिका लागि आज (विहिबार) डिभिजन वन कार्यालय गाईघाट उदयपुर पठाएको प्रहरीले जनाएको छ ।...
चौदण्डीगढी नगरले दिए थप दुई स्वास्थ्य संस्थालाई एम्वुलेन्स

चौदण्डीगढी नगरले दिए थप दुई स्वास्थ्य संस्थालाई एम्वुलेन्स

Breaking News 1, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २३ चौदण्डीगढी नगरपालिकाले नगरभित्र रहेका दुई स्वास्थ्य संस्थालाई एम्वुलेन्स प्रदान गरेको छ । नगरपालिकाको वडा नं ९ मा रहेको हडिया स्वास्थ्य चौकी र वडा नम्वर ७ मा रहेको नगर अस्पताललाई एक/एक थान एम्वुलेन्स हस्तान्तरण गरेको हो । दुबै एम्वुलेन्स नगरपालिकाले कुल २१ लाख ९९ हजार ९ सय २४ रुपैयाँमा खरिद गरेर ल्याई हस्तान्तरण गरेको नगरपालिका प्रम्रमुख खगेन्द्र राईले जानकारी दिनुभयो । हरेक ठाउँमा रहेका नगरवासीहरुलाई स्वास्थ्य सुविधामा पहुँच पुराउने भन्दै नगरले २ र ६ नं वडा बाहेकका वडाहरुमा एम्वुलेन्स उपलब्ध गराई सकेको मेयर राईले बताउनुभयो । कोरोना महामारीको वेला नगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा ल्याएको एम्वुलेन्सलाई महत्वपूर्ण भएको बताइएको छ । एम्वुलेन्स स्वास्थ्य क्षेत्रका एक अत्यावश्यकको रुपमा रहेको महत्वपूर्ण साधन हो, यसले बिरामीहरुलाई सरल उपचारमा थप टेवा पुराउनेमा आफ...