Tuesday, August 25News That Matters

Breaking News 1

एमसीसी बिरुद्ध बिप्लवले कडा आन्दोलन गर्ने

एमसीसी बिरुद्ध बिप्लवले कडा आन्दोलन गर्ने

Breaking News 1
पूर्णपुष्टि, भदौ २६नेपाल कम्युनिष्ट पार्टी (विप्लवले) एमसीसी विरुद्ध २८ गते काठमाण्डौमा आन्दोलन गर्ने जनाएको छ । पार्टीका नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सोमवार राजधानीमा पार्टीको पहिलो चरणको आन्दोलन हुने जनाएको छ । उनले एमसीसी जनताहरुले नमान्दा नमान्दै जवरजस्ती नगर्न देउवा नेतृत्वका सरकारलाई आग्रह समेत गरे ।उनले देउवालाई मुर्खता नगर्न चेतावनी दिँदै एमसीसीको विरुद्धमा आफुहरुको खरो बिरोध उत्रिने जनाएको छ । पछिल्लो समय एमसीसी उपाध्यक्ष फतिमा सुमार ४ दिने नेपाल भ्रमण सहित एमसीसी पास गराउने प्रयासमा आएको भन्दै एमसीसी विरोधी नेपाली जनता तथा बिभिन्न पार्टीहरुले बिरोध जनाउँदै आएको छ । यस मध्य विप्लव पार्टी यसको बिरुद्धमा पहिल्यै बाट कडा बिरोधमा उत्रिएका पार्टी हुन् ।एमसीसीलाई नेपालबाट सधैँका लागि भगाउन एकखालको आन्दोलनको आवश्यकता रहेको ‘प्रकाण्ड’ ले बताए । एमसीसी राष्ट्रियतासँग सम्बन्धित...
संखुवासभाको सामुहिक हत्या आशंकामा एकजना पक्राउ

संखुवासभाको सामुहिक हत्या आशंकामा एकजना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २६संखुवासभामा भएको एकै परिवारको ६ सदस्यको सामुहिक हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताउँदै आएको थियो ।प्रहरीले अरु कसैलाई पक्राउ नगरेको बताएको छ । शुक्रबार थप एक जना शंकास्पद व्यक्तिमाथि अनुसन्धान अघि बढाएको र शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताए ।प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए ।मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या भएको थियो । सोहि हत्याको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ ग...
एमालेमै फर्कन अल्टिमेटम

एमालेमै फर्कन अल्टिमेटम

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २५ ।नेकपा एमाले उदयपुरले नवगठित पार्टी नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका जनप्रतिनिधिलाई एमालेमै फर्कन दवाव दिदै दुई दिनको अल्टिमेटम दिएकोछ । दशबुँदे सहमति कार्यान्वयन सम्बन्धि अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले अल्टिमेटम दिएको हो । सो अवधिमा नफर्किएर कारवाही गर्ने जनाएको छ ।बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले विभिन्न प्रलोभनमा परेका जनप्रतिनिधि, नेता र कार्यकर्तालाई इमादारितापूर्वक पुरानै घर फर्किन आग्रह गरे । उनले दश बुँदे सहमति अक्षर–अक्षर कार्यान्यन गर्न पार्टी नेतृत्व तयार रहेको भन्दै कम्युनिष्ट आन्दोलनबाट नभाग्न आग्रह गरे । अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज,...
एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन वृद्धिमा अघि बढदै उदयपुर सिमेन्ट उधोग, हुदैछन् सुधारका कामहरु

एसियाकै उत्कृष्ट सिमेन्ट उत्पादन वृद्धिमा अघि बढदै उदयपुर सिमेन्ट उधोग, हुदैछन् सुधारका कामहरु

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ । एसियाकै उत्कृष्ट सिमेन्ट परिचित गैडाछाप सिमेन्टको उत्पादन बृद्धिमा जोड दिदै उद्योग सुधारका लागि पहल, कदमी देखिएको छ । नयाँ महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको नेतृत्वमा उद्योग सुधारका काम भइरहेको हो । उद्योगको आन्तरिक प्रशासन, ब्यवस्थापन लगायत सम्पूर्ण पक्षलाई चुस्तदुरुस्त बनाउने पहिलो कदम देखिएको छ । सो अन्तर्गत मजदुर, कर्मचारी, लेखा, प्रशासन, ब्यवस्थापकमा अनुशासन, नीति, नियम र समयको परिपालनामा जोड दिएको पाइएको छ । उद्योग स्थापनाको ४४ वर्षे पुराना कुराहरुको खोजिनिति भएका छन् । विगतका कमिकमजोरीहरु केलाउने काम भएको छ । कमिकमजोरीलाई पाठको रुपमा लिदै सुधारका काम अगाडी बढाइएको देख्न सकिन्छ । “अहिले उद्योग सुधारको बाटोमा देखेका छौं ।” त्रियुगा उद्योग वाणिज्य संघ गाइघाटका पूर्व बरिष्ठ उपाध्यक्ष भरत चामलिङले भन्नुभयो “इच्चाशक्ति भएको नेतत्व भए काम हुने रहेछ ।” हालको महा...
गाईघाटमा बाटो हिन्नेहरुलाई  सिभिल प्रहरी हुँ, भन्दै धम्क्याएर पैसा र सामान माग्ने ३ जना पक्राउ

गाईघाटमा बाटो हिन्नेहरुलाई सिभिल प्रहरी हुँ, भन्दै धम्क्याएर पैसा र सामान माग्ने ३ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २३गाईघाटमा सिभिल प्रहरीको नाममा फटाई गर्ने ३ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ गाईघाट बसपार्क त्रियुगा पुलमा सिभिल प्रहरी हुँ, भन्दै धम्की दिएर पैसा माग्दै हिडेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका २३ वर्षीय दिनेश खत्री, शिवालयटोल बस्ने २३ वर्षीय अबिनाश कार्की र डिएम गेट बस्ने २५ वर्षीय बिष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतवार करिब ८ बजेको समयमा बसपार्क पुलमा आवत– जावत गर्ने मानिसहरुलाई आफुहरु सिभिल प्रहरी भएको बताउँदै पैसा र अन्य सामानहरु धम्क्याउँदै मागेको प्रहरीले जनाएको छ ।तपाईहरुको साथमा के छ, भएको पैसा लगायत अन्य सर–सामान हामिलाई दिनुहोस भन्दै शरीर तथा झोला लगायत चेकजाँच गर्ने धम्काउने गरेको भन्ने खबर प्राप्त अनुसार प्रहरीले घटना स्थलबाटै उनिहरु...
उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८२ पुग्यो

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३उदयपुरमा आज (बुधबार) थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ४ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ४५२ जना पुगेको छ ।स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु चौदण्डीगढी, कटारी र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा १ महिला र ३ पुरुष गरी ४ जना, कटारीमा २ जना महिला र बेलकामा पनि १ जना महिलामा संक्रमण देखिएको हो ।कोरोनालाई जितेर थप १८ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ५४२ महिला र १ हजार ८१० पुरुष गरी ३ हजार ३५२ जना पुगेको छ । जिल्लामा अझै पनि ४० महिला र ३८ पुरुष गरी ७८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा कोरोनाबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
बिराटनगरबाट कटारी आउँदै गरेको बसमा २ लाख बराबरको अवैध सामान बरामद

बिराटनगरबाट कटारी आउँदै गरेको बसमा २ लाख बराबरको अवैध सामान बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २२ उदयपुरको कटारी नगरपालिका–१ बेलस्रोतमा विल विनाको करिब दुई लाख बराबरको सामान बरामद भएको छ । सोमबार बिराटनगरबाट कटारी तर्फ आउँदै गरेको १ ख ७७९५ को नम्बरको यात्रु बस रोकी प्रहरी चौकी बेलस्रोत उदयपुर प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बसको डिकीमा सामान बरामद भएको हो । बसको डिकीमा बरामद भएका लत्ता कपडा,औषधी गरी अन्दाजि दुई लाख बराबरको सामाग्रीहरु लुकाई छिपाई आवश्यक भ्याट, अनलाईन बिल समेत नभएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरु आवश्यक कार्वाहिको लागि आन्तरिक राजश्व कार्यालय लहान सिरहामा बुझाएका जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी नायव उपरिक्षक बेद प्रशाद गौतमले जानकारी दिनुभयो ।...
उदयपुरगढीका पालिकाका अध्यक्ष सहित आज १० जना जनप्रतिनिधिले गरे नेकपा एकिकृत समाजवादीमा सनाखत

उदयपुरगढीका पालिकाका अध्यक्ष सहित आज १० जना जनप्रतिनिधिले गरे नेकपा एकिकृत समाजवादीमा सनाखत

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा सोमवार १० जना जनप्रतिनिधिले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । उदयपुरगढी गाउँपालिका अध्यक्ष मान वहादुर केप्छाकी मगर सहित कटारी नगरपालिका वडा नं ९ का वडाअध्यक्ष बेग वहादुर आलेमगर र वडा सदस्यहरु लगायत १० जनाले नेकपा एकिकृत समाजवादी रोज्दै सनाखत गरेका हुन् ।कटारी नगरपालिकाका ९ नं वडा अध्यक्ष मगर सहित ७ जना र उदयपुर गढी गाउँपालिकाका पालिका अध्यक्ष सहित ३ जना गरी जम्मा १० जनाले एकिकृत समाजवादीमा सनाखत गरेको त्रियुगा नगरपालिका वडा नं ६ का वडा सदस्य तथा पार्टीका वडा सचिव जयराम पंजियारले बताउनुभयो ।पंजियारका अनुसार भोली सम्म सनाखतको म्याद रहेकाले अझै थप हुने क्रम जारी रहेको जनाए । हिजो मात्रै त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी सहित ७ जनाले सनाखत गरेका थिए । त्रियुगाको अझै २ जनाले सनाखत गर्ने जनाएको छ । उनिहरुले आजै सनाखत गर्ने भनिएको छ । आज सनाखत गर्न नसकेको...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 1
पूर्णपुष्टि, भदौ २१ झापा अर्जुनधारा नगरपालिका ९ खरवन्दी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ११ बुद्धचौकका ३० बर्षीय मणि कुमार चौधरी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण व्यूरो र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका चौधरीको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...

ट्याक्टरले किचिरे सहचालकको मृत्यु

Breaking News 1
पूर्णपुष्टि, भदौ २१ पाँचथर मिक्लाजुङ गाऊपालिका २ लक्ष्मीचौकमा ट्याक्टरले किचेर सह(चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिकाको लक्ष्मीचौकका २९ बर्षीय अविशेक आङदम्वे रहेका छन । हिजो दिनको सँवा ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउदै प्रदेश नम्वर १(०१(००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा सोही ट्यक्टरका सहचालक रहेका अविशेक ओर्लदा पछाडीको चक्काले किचेर गम्भिर घाईते भएको थियो । घाईते आङदम्वेको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको थियो । ट्याक्टर र चालक सोही स्थानका २८ बर्षीय आईतहाङ आङदेम्वे ईलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको छ । घटनासम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...