उदयपुरका शेर्पाले जिते साईकल दौडको उपाधि
पूर्णपुष्टि, चैत्र २४ । विराटनगरमा सम्पन्न छैठौं संस्करणको साइक्लोथन सिक्स प्वाइन्ट प्रतियोगिताको उपाधि उदयपुरका १८ वर्षीय निमा शेर्पाले जितेका छन् । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा भएको प्रतियोगितामा जिल्लाको त्रियुगा नगरपालिका–१० का शेर्पाले ३०० भन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम स्थान हासिल गरे ।
शेर्पाले मात्र २५ मिनेटमा १४ किलोमिटरको दूरी पार गरी प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा धरान–११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो र त्रियुगा–१० कै १४ वर्षीय कुशान शेर्पा तेस्रो स्थानमा रहे ।
स्थानीय आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको यस प्रतियोगिता अघि द गोल्ड जिमका प्रतिनिधिहरूले सहभागीहरूलाई वार्मअप गराएका थिए । प्रतियोगिताको औपचारिक सुरुवात शहीद रंगशाला सामुन्नेको सडकबाट भएको थियो, जहाँ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपल...








