Tuesday, July 14News That Matters

Breaking News 1

उदयपुरमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते

उदयपुरमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २७ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारेमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते भएा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज (बुधबार) बिहान ७:२० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत मोरङको केराबारीबाट काठमाडौ जाँदै गरेको सातधारेमा बागमती प्रदेश बी एबी ५४९२ नंम्बरको सुजुकी कार आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट चालक मोरङ केराबारी गा.पा. वडा नं. ८ बस्ने ४७ बर्षीय बिनोद भट्टराईको ११ बर्षीय छोरा सम्पन भट्टराई, श्रीमती ६२ बर्षीया रिता भट्टराई र कारमा सवार जिल्ला ललितपुर उप–महानगरपालिका–४ जाउलाखेल बस्ने ४८ बर्षीय त्रिपुरा सत्याल सामान्य घाईते भएका छन् । चालक विनोद भट्टराई सकुशल छन् भने सामान्यरुपमा घाइते भएकाहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ...
आधारभूत तह कक्षा ८ को परीक्षामा आयुषा श्रेष्ठ बनिन् बेलका टप्पर

आधारभूत तह कक्षा ८ को परीक्षामा आयुषा श्रेष्ठ बनिन् बेलका टप्पर

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २७। उदयपुरको बेलका नगरपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा बेलका ९ रामपुरस्थित रामपुर पब्लिक एकेडेमीकी विद्यार्थी आयुषा श्रेष्ठले ३.८६ जीपीए प्राप्त गरी नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गरेकी छिन् । बेलका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिल निरौलाले यस परीक्षामा ३.८६ जीपीए नै सबैभन्दा उच्च अंक रहेको पुष्टि गरेका छन् । साथै उनले पूर्ण नतिजाको विश्लेषण हुन अझै २(३ दिन लाग्न सक्ने बताएका छन् । यस वर्षको आधारभूत तह (बीएलई) परीक्षामा बेलका नगरपालिकाबाट ८९३ जना विद्यार्थीहरु सहभागी भएकोमा ७२४ जना विद्यार्थीले २ जीपीए भन्दा माथिको ग्रेड र १६९ जना विद्यार्थीले २ जीपीए भन्दा कमको नन(ग्रेडेड अंक प्राप्त गरेका छन् । प्राप्त नतिजा अनुसार ५४ जनाले ए प्लस, १७३ जनाले ए, २५८ जनाले बी प्लस, २१० जनाले बी र ३४ जनाले सी प्लस ग्रेड हासिल गरेका छन् । निरौलाका अनुसार विद्यार...
उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २७ । उदयपुरको बेलका नगरपालिका–९ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ का २६ बर्षीय मुस्कान राई र २१ बर्षीय खम्ब बहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्ष (डिएसपी) हरिहरनाथ योगीका अनुसार सोमबार साझ इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले रामपुर देखि लालबजार तर्फ जादैँ गरेको को ३९ प ५६४९ नम्बरको स्कुटरलाई चेक जाचँ गर्ने क्रममा १ ग्राम ३३८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै चालक राई र दाहाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोमबार साझ उनिहरुलाई पक्राउ गरेको भए पनि घटना बारे बुधबार सार्वजनिक गरिएको हो । पक्राउ परेका दुबै जना लागूऔषध सेबनकर्ता रहेको प्रहरीले जनाएको छ ।...
ब्राउन सुगर जस्तै देखिने वस्तु सहित उदयपुरमा दुई जना पक्राउ

ब्राउन सुगर जस्तै देखिने वस्तु सहित उदयपुरमा दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुपुष्टि, २७ चैत्र । प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चैत सोमवार साँझ १९ः०० बजेको समयमा रामपुरबाट लालबजार तर्फ जाँदै गरेको को ३९ प ५६४९ न। को स्कुटरमा सवार २ जना मानिसहरुको साथबाट १ ग्राम ३३८ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेका थिए । पक्राउ पर्नेहरुमा स्कुटर चालक बेलका न.पा. वडा नं. ३ बस्ने वर्ष २६ को मुस्कान राई र पछाडी वर्ष २१ को खम्ब बहादुर दाहाल रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको छ ।    ...
फौजि जिवन

फौजि जिवन

Breaking News 1, समाचार, साहित्य
रुदी होलीन आमा घरमा बोल्न नपाएर । छोरा सँग मनका कुरा खोल्न नपाएर । कहिले डिउटी चोक बजार कहिले डिउटी टाउन । कहिले हुन्छ बन्द हड्ताल कहिले लक डाउन । नत यहाँ म कतै जान्छु नत आफन्त भेट्छु । आमा तिम्रो तस्विर हेर्दै भेट्ने रहर मेट्छु । ओईलाएर आफु अब देशको लागि फुल्दैछु । जनताको सेवा गर्दै चाड पर्वलाई भुल्दैछु । मन रुन्छ पिटि परेड दुख्छ किन जिउ । बाहाना बनाई घर आउँद भने छैन कुनै निउ । माहामारीमा देश डुब्यो कसरी म हाँसु । घरको माया सम्झी ल्याँउदा झर्छ मेरो आशु । लेखक उत्तम ढकाल प्रहरी जवान, ताप्लेजुङ खेवाङ      ...
उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ युवक पक्राउ

उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २६ । उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटे स्थितमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ४ युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहरनाथ योगीका अनुसार आइतबार राति ११:४० बजेको समयमा सवारी चेकजाँचका क्रममा गाईघाटबाट साउनेतर्फ जाँदै गरेको बा ११ च ९४११ नम्बरको कारबाट करिब ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो । लागुऔषध जस्तो देखिने पदार्थ बरामद भएसँगै कार चालक भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ का ३१ वर्षीय आशिष जोशी, गोर्खा नगरपालिका–७ का २५ वर्षीय सबिन गान्दारी मगर, सोलुखुम्बु घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ मा बस्ने २१ वर्षीय बरबिन खत्री र सुनसरी बराहक्षेत्र नगरपालिका–११ का एलिया बलम्पाखी मगरलाई पक्राउ गरिएको एसपी योगीले बताए । बरामद पदार्थ वास्तविक ब्राउन सुगर हो वा होइन भन्ने ...
मकवानपुरमा बसको ठक्करबाट गाईघाटका एक जनाको मृत्यु

मकवानपुरमा बसको ठक्करबाट गाईघाटका एक जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २५ । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गा स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बसको ठक्करबाट उदयपुर गाईघाटका एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ संगम टोल निवासी ५८ वर्षीय जितबहादुर प्रधानले बिहान २ बजेतिर शौच गर्नका लागि आफू सवार गाडी रोकेर सडक पार गर्ने क्रममा विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय मनहरीका डिएसपी श्यामु अर्यालका अनुसार मृतक प्रधान बा.प्र.०१–००६ ख ६७१६ नम्बरको गाडीमा सवार थिए । उनी सडकको अर्को तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ८ ख १८०९ नम्बरको बसले ठक्कर दिएको हो । गम्भीर घाइते प्रधानलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले बिहान ३स्३० बजे उनलाई मृत घोषित गरेका थिए । मृतक प्रधानको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । प्रहरील...
ओरेक उदयपुरले मनायो ३४ औँ स्थापना दिवस

ओरेक उदयपुरले मनायो ३४ औँ स्थापना दिवस

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २५ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) उदयपुरले आफ्नो ३४ औँ स्थापना दिवस सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । त्रियुगा नगरपालिका वडा नं. ९ राजावास स्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–मेयर महेश्वरी राईको प्रमुख अतिथिमा स्थापना दिवस मनाएको हो । उपमेयर राईले पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गर्दै महिला हिंसा विरुद्धको अभियानमा ओरेकले पुर्‍याएको योगदान अतुलनीय रहेको बताईन् । स्थानीय सरकारले पनि महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ र नगरपालिका यस्ता संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताईन् । महिला पुनर्स्थापना केन्द्र उदयपुरकी अध्यक्ष बाला कार्कीले २०४७ साल चैत्र १९ गते स्थापित ओरेक उदयपुर महिला अधिकारप्रति समर्पित एक गैरसरकारी संस्था रहेको बताइन् । उनका अनुसार संस्थाले स्थापना ...
नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर

नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २५ चैत्र । नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर चयन भएको छ । बेलकाको तेस्रो नगर अधिवेशनबाट राम कुमार कम्मरको अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरि श्रेष्ठ, उपाध्यक्ष ललित राई, उपाध्यक्ष शिव थापा रहेका छन् भने सचिवमा आकास राई चयन भएको छ । यता कोषाध्यक्षमा भिमा न्यौपाने चयन हुँदा प्रवक्तामा उमेश लामिछाने चयन भए । कार्यलय सदस्यहरुमा नबराज गुरागाई, कुमारमाल परियार, मार्था तामाङ सहित ३९ सदस्सीय कार्य समिति चयन भएको छ ।...
उदयपुरका शेर्पाले जिते साईकल दौडको उपाधि

उदयपुरका शेर्पाले जिते साईकल दौडको उपाधि

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २४ । विराटनगरमा सम्पन्न छैठौं संस्करणको साइक्लोथन सिक्स प्वाइन्ट प्रतियोगिताको उपाधि उदयपुरका १८ वर्षीय निमा शेर्पाले जितेका छन् । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा भएको प्रतियोगितामा जिल्लाको त्रियुगा नगरपालिका–१० का शेर्पाले ३०० भन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम स्थान हासिल गरे । शेर्पाले मात्र २५ मिनेटमा १४ किलोमिटरको दूरी पार गरी प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा धरान–११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो र त्रियुगा–१० कै १४ वर्षीय कुशान शेर्पा तेस्रो स्थानमा रहे । स्थानीय आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको यस प्रतियोगिता अघि द गोल्ड जिमका प्रतिनिधिहरूले सहभागीहरूलाई वार्मअप गराएका थिए । प्रतियोगिताको औपचारिक सुरुवात शहीद रंगशाला सामुन्नेको सडकबाट भएको थियो, जहाँ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपल...