त्रिनपा १६ को दोस्रो चौमासिक प्रगति समिक्षा सार्वजनिक, आगामी कामको लागि सुझाव संकलन
पूर्णपुष्टि, ५ बैशाख ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ ले आर्थिक बर्ष २०८१/०८२ को दोस्रो चौमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार वडा कार्यालय जाल्पा चिलाउने स्थित जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, शिक्षक, गैरसरकारी संघसंस्था, सामुदायीक संघ संस्था तथा स्थानीय वडावासीहरुको उत्साहजनक उपस्थितिमा समिक्षा सम्पन्न गरेको हो ।
वडा अध्यक्ष तथा कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका मान वाहादुर राईले पूर्वधार, सुसाशन, सामाजिक, आर्थिक, वातावारण तथा विपद लगायत क्षेत्रमा भएको प्रगतिहरुको विवरण प्रस्तुत गनुृभयो । राइले वडामा सम्पन्न बिभिन्न योजनाको सय ओटा बढी बुदाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी प्रथामामिकतामा रहेको योजना र योजना सम्पन्न हुने चरणको प्रगतिहरु पनि प्रस्तुत गर्नुभयो । राईका अनुसार वडामा सबै भन्दा बढी पूर्वधार तर्फ १३ ओटा योजनाहरु रहेको छ ।
वडाको प्र...









