Wednesday, June 3News That Matters

Breaking News 1

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, ३१ चैत्र । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको अध्यक्षमा बिना राई चयन भएकी छिन् । महासंघको ११ औँ जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ११ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा उद्यमी समेत रहेकी ज्ञानु प्रदान चयन भएकी छिन् भने अर्को उपाध्यक्षमा नेत्र हिमाली चयन भएको छ । यसैगरी महासचिवमा भुपध्वज बस्नेत, सचिवमा तारा नेपाली र कोषाध्यक्षमा प्रमिला दनुवार चयन भएकी छिन् । यता सदस्यहरुमा धन बहादुर कटुवाल, गौरीनारायण चौधरी, चन्द्र वहादुर बिक, सुरेश कुमार शर्मा र खड्ग बहादुर सिंह रहेका छन् । यस्तै महिला उद्यमी समिति तर्फ बिनु राउत अध्यक्ष, फुल कुमारी आले उपाध्यक्ष र सरिता गेलाल महासचिवमा चयन भएकी छिन् । शुक्रबार गाईघाट स्थित राम जानकी पार्टी प्यालेर्समा आयोजित महासंघको अधिवेशनले नयाँ कार्यसमित चयन गरेको हो । यस कार्य समितिले आउँदो दिनमा उद्यमी र उद्योगी...
रास्वपा चौदण्डीगढी नगर सचिव राई एमाले प्रवेश

रास्वपा चौदण्डीगढी नगर सचिव राई एमाले प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको चौदण्डीगढी नगरपालिकाकाकी सचिव प्रियाकुमारी राई (नेकपा) एमाले प्रवेश गरेकी छिन् । शनिबार एमाले झापा जिल्ला कमिटिले दमकमा आयोजना गरेको जागरणसभामा राई एमाले प्रवेश गरेकी हुन् । भूपु सैनिक आवासीय माध्यामिक विद्यालयकी प्रिन्सिपल समेत रहेकी राईलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।...
सिमेन्ट र फलामे छडमा एमआरपी अनिवार्य

सिमेन्ट र फलामे छडमा एमआरपी अनिवार्य

Breaking News 1
पूर्णपुष्टि, चैत्र ३१ । सरकारले आगामी वैशाख १ गतेदेखि सिमेन्ट र फलामे छड (डन्डी) मा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सिमेन्ट र डन्डी उद्योगीहरूले फ्याक्ट्री गेट प्राइस राख्ने र बिक्रेताले बिक्री मूल्य राख्ने सहमति भएको छ । विभागले यसअघि चैत १४ गते सूचना जारी गर्दै चैत २० गतेभित्र सबै वस्तुमा एमआरपी राख्न निर्देशन दिएको थियो । तर सिमेन्ट र डन्डी उद्योगीहरू एमआरपी राख्न पछि हटेका थिए । अहिले उद्योगीहरू फ्याक्ट्री गेट प्राइस राख्ने तयारीमा जुटेका छन् । सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारुले वैशाख १ गतेदेखि सिमेन्टमा फ्याक्ट्री गेट प्राइस राख्ने तयारी भइरहेको बताए । ‘फ्याक्ट्री गेट प्राइस राख्ने लगभग सकिएको छ । अब वैशाख १ गतेदेखि सबैले राख्छन्,’ उनले भने, ‘सोही दिनदेखि बजारमा पठाउन...
खोटाङ – उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागि बजेट शुनिश्चित

खोटाङ – उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागि बजेट शुनिश्चित

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० चेत्र । गएको बर्षयामको बाढीले भत्किएको उदयपुर खोटाङ जोड्ने फोक्सिन्टार पुलका लागि सरकारले बजेट सुनिश्चित गरेको छ ।सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुन नदीमा भत्केको पुलको ठाउँमा नयाँ पुल बनाउन अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो । नयाँ पुल बनाउन ३५ करोड बजेट सुनिश्चित भएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख ९डिई० पशुपति ज्ञवालीले पुष्टि गरेका छन् । पुल भत्केको स्थलगत अनुगमन निरीषणपछि नयाँ निर्माण गर्नेगरी प्राविधिक इस्टीमेट गरी पठाइएको फाईल सदर गर्दै अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको ज्ञवालीले बताए । बजेट सुनिश्चित भए पनि ठेक्का लगाउने अवस्था भने अहिले नै नभएको डिई ज्ञवालीको भनाई छ । पुसमा निर्मित बेलिब्रीज वर्षायाम सुरु भएसँगै यही वैशाखभित्र भत्काउने बेला भईसकेको छ । बेलिब्रीज निकालेपछि पुनः यातायात सम्पर्क टुट्ने अवस्थामा अर्थ मन्त्रालयले नयाँ प...
भारतीय पर्यटकका लागि कोशी प्रदेशले नाकामै सुरक्षा जाँच कार्ड वितरण गर्दै

भारतीय पर्यटकका लागि कोशी प्रदेशले नाकामै सुरक्षा जाँच कार्ड वितरण गर्दै

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २९ । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ अन्तर्गत भारतीय पर्यटकहरूको यात्रालाई सहज बनाउन नाकामै आज देखी विशेष सुरक्षा जाँच कार्ड वितरण सुरु गर्ने भएको छ । पर्यटकहरूलाई बारम्बार सुरक्षा जाँचको झन्झटबाट मुक्त गराउने यस कदमले प्रदेशमा पर्यटक आगमन बढाउने अपेक्षा गरिएको छ । सरकारले नाकामा स्टिकर टाँसेर ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ विशेष कार्ड वितरण गर्न लागेको हो । विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर यी कार्ड वितरण गरिने छ । कार्डमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, चालकको नाम, यात्रु संख्या, प्रवेश र बाहिरिने नाका तथा नेपालमा बस्ने समयावधि उल्लेख गरिन्छ । एकपटक नाकामा विवरण उल्लेख गरिएको सवारीलाई प्रदेशभित्र अन्य स्थानमा सुरक्षा...
जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा ६ वटा बाख्रा मर्यो, ६ लाख बराबरो क्षती

जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा ६ वटा बाख्रा मर्यो, ६ लाख बराबरो क्षती

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २८ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा बाख्राको खोरमा गएराती आगलागी हुँदा ६ वटा बाख्रा मरेको छ । बुधबार राती ११:५० बजेको समयमा स्थानिय नर माया श्रेष्ठ र विना गुरुङको बाख्राको खोरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्याल उदयपुरका प्रहरी उपरिक्षक (डिएसपी) हरिहरनाथ योगीका अनुसार ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले दमकल र स्थानीयको सहयोगमा राती साढे १२ बजे आगलागी नियन्त्रणमा लिएको हो । आगलागीबाट नर माया श्रेष्ठको बाख्राको खोरमा रहेका २ वटा खसीबाख्रा पुर्ण रुपमा जली नष्ट र ३ वटा घाइते भई अन्दाजी ४ लाख क्षती र विना गुरुङको ४ वटा खसीबाख्रा जली पुर्ण रुपमा नष्ट भई अन्दाजी २ लाख बराबर गरी जम्मा ६ लाख क्षती भएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते

उदयपुरमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २७ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारेमा कार दुर्घटना हुँदा एक बालक सहित ३ जना घाईते भएा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज (बुधबार) बिहान ७:२० बजेको समयमा मदन भण्डारी राजमार्ग अन्तर्गत मोरङको केराबारीबाट काठमाडौ जाँदै गरेको सातधारेमा बागमती प्रदेश बी एबी ५४९२ नंम्बरको सुजुकी कार आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनाबाट चालक मोरङ केराबारी गा.पा. वडा नं. ८ बस्ने ४७ बर्षीय बिनोद भट्टराईको ११ बर्षीय छोरा सम्पन भट्टराई, श्रीमती ६२ बर्षीया रिता भट्टराई र कारमा सवार जिल्ला ललितपुर उप–महानगरपालिका–४ जाउलाखेल बस्ने ४८ बर्षीय त्रिपुरा सत्याल सामान्य घाईते भएका छन् । चालक विनोद भट्टराई सकुशल छन् भने सामान्यरुपमा घाइते भएकाहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ...
आधारभूत तह कक्षा ८ को परीक्षामा आयुषा श्रेष्ठ बनिन् बेलका टप्पर

आधारभूत तह कक्षा ८ को परीक्षामा आयुषा श्रेष्ठ बनिन् बेलका टप्पर

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २७। उदयपुरको बेलका नगरपालिका स्तरीय आधारभूत तह (कक्षा ८) को परीक्षामा बेलका ९ रामपुरस्थित रामपुर पब्लिक एकेडेमीकी विद्यार्थी आयुषा श्रेष्ठले ३.८६ जीपीए प्राप्त गरी नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गरेकी छिन् । बेलका नगरपालिकाका शिक्षा शाखा प्रमुख सुनिल निरौलाले यस परीक्षामा ३.८६ जीपीए नै सबैभन्दा उच्च अंक रहेको पुष्टि गरेका छन् । साथै उनले पूर्ण नतिजाको विश्लेषण हुन अझै २(३ दिन लाग्न सक्ने बताएका छन् । यस वर्षको आधारभूत तह (बीएलई) परीक्षामा बेलका नगरपालिकाबाट ८९३ जना विद्यार्थीहरु सहभागी भएकोमा ७२४ जना विद्यार्थीले २ जीपीए भन्दा माथिको ग्रेड र १६९ जना विद्यार्थीले २ जीपीए भन्दा कमको नन(ग्रेडेड अंक प्राप्त गरेका छन् । प्राप्त नतिजा अनुसार ५४ जनाले ए प्लस, १७३ जनाले ए, २५८ जनाले बी प्लस, २१० जनाले बी र ३४ जनाले सी प्लस ग्रेड हासिल गरेका छन् । निरौलाका अनुसार विद्यार...
उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

उदयपुरमा ब्राउन सुगर सहित २ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २७ । उदयपुरको बेलका नगरपालिका–९ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–३ का २६ बर्षीय मुस्कान राई र २१ बर्षीय खम्ब बहादुर दाहाल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्ष (डिएसपी) हरिहरनाथ योगीका अनुसार सोमबार साझ इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलीले रामपुर देखि लालबजार तर्फ जादैँ गरेको को ३९ प ५६४९ नम्बरको स्कुटरलाई चेक जाचँ गर्ने क्रममा १ ग्राम ३३८ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउन सुगर बरामद भएसँगै चालक राई र दाहाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोमबार साझ उनिहरुलाई पक्राउ गरेको भए पनि घटना बारे बुधबार सार्वजनिक गरिएको हो । पक्राउ परेका दुबै जना लागूऔषध सेबनकर्ता रहेको प्रहरीले जनाएको छ ।...
ब्राउन सुगर जस्तै देखिने वस्तु सहित उदयपुरमा दुई जना पक्राउ

ब्राउन सुगर जस्तै देखिने वस्तु सहित उदयपुरमा दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुपुष्टि, २७ चैत्र । प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चैत सोमवार साँझ १९ः०० बजेको समयमा रामपुरबाट लालबजार तर्फ जाँदै गरेको को ३९ प ५६४९ न। को स्कुटरमा सवार २ जना मानिसहरुको साथबाट १ ग्राम ३३८ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेका थिए । पक्राउ पर्नेहरुमा स्कुटर चालक बेलका न.पा. वडा नं. ३ बस्ने वर्ष २६ को मुस्कान राई र पछाडी वर्ष २१ को खम्ब बहादुर दाहाल रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखि थप अनुसन्धान भईरहेको छ ।    ...