Tuesday, August 11News That Matters

Breaking News 1

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ पुष । त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग सामुदायिक वनको अध्यक्षमा सम्भु खड्का बिजयी बनेको छ । खड्काले पूर्व अध्यक्ष समेत रहेका श्याम नारायण चौधरीलाई हराउँदै अध्यक्षमा जित निकालेको हो । अध्यक्षमा बिजयी खड्काले २५६ मत पाएका थिए भने चौधरीले १७३ मत मात्र पाए । यस्तैगरी उपाध्यक्षमा संकर रम्तेल बिजयी बनेको छ । रम्तेलले केदर बहादुर कार्की र बरुण अधिकारीलाई हराउँदै उपाध्यक्षमा बिजयी निकालेको हो । रम्तलेको १८६ मत आउँदा कार्कीको १६० मत आए भने यता अधिकारीको ७० मत मात्रै आए । यता सचिवमा भने दुर्गा दनुवार निर्विरोध भएको छ । सहसचिवमा सिव प्रसाद चौलागाई र कोषाध्यक्षमा तनुजा चौधरी पनि निर्विरोध भएको छ । यो सँगै अन्य ६ जना सदस्यहरु निर्विरोध भए । खड्काको नेतृत्वमा ५ पदाधिकारी र ६ सदस्यीय सहित ११ कार्यसमिति चयन भएको छ । नेतेत्व सम्हाल्दै अध्यक्ष खड्काले सामुदयिक वनको आ...
गाईघाटमा साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालक नियन्त्रणमा

गाईघाटमा साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालक नियन्त्रणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पष २४ । उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार साँझ साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–११ पिजि चोकमा साझँ ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०५८५ नम्बरको मालबाहक ट्रकले साईकल यात्री स्थानिय ५६ वर्षीय हर्कबहादुर विकलाई ठक्कर दिएर भागेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार घटनाको प्रत्यक्षदर्शी पिजी चोकमा ड्युटीमा रहेकी महिला प्रहरी हवल्दारले ठक्कर दिएर भागेको ट्रकलाई मेनचोकसम्म पछ्याएकी थिईन् । उनले एक अपरिचित यात्रीको मोटरसाइकल प्रयोग गरेर ट्रकलाई पछ्याएर नियन्त्रणमा लिएको डिएसपी चापागाईले जनाए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विकलाई प्राथमिक उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएको र थप उपचारको लागी विराटनग...
उदयपुर र सुनसरीमा लागूऔषध सहित ८ जना पक्राउ

उदयपुर र सुनसरीमा लागूऔषध सहित ८ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २४ । उदयपुर र धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न ८ जना युवालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आईतबार वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–७ बाट ५ जना युवालाई प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उदयपुर त्रियुगा–१२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, धरान–१९ का २१ वर्षीय रोहित कार्की र १९ वर्षीय अनुराग राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल बरामद गरेको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरले छुट्टै कारबाहीमा थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का २० वर्षीय अभिषेक कार्की, त्रियुगा–१२ का १९ वर्षीय रिजन राई र त्रियुगा–१० का २३ वर्षीय नरहरि खड्का रहेका छन् । उनीहरूको स...
उदयपुर जिल्ला स्तरीय महिला (डबल) ब्याडमिन्टनको उपाधि नितिशा र शिलालाई

उदयपुर जिल्ला स्तरीय महिला (डबल) ब्याडमिन्टनको उपाधि नितिशा र शिलालाई

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष २३ । उदयपुर जिल्ला स्तरीय प्रथम महिला (डबल) ब्याटमिन्टन प्रतियोगिताको उपाधि नितिशा रैका मगर र शिला राईले जितेको छ । सोमबार महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको १८ औं वार्षिक उत्सवको अवसरमा जिल्ला ब्याटमिनटन संघको सहकार्यमा आयोजित एक दिने प्रतियोगिताको फाईनलमा सुस्मिता खत्री र समृद्धि राईको जोडीलाई हराउँदै नितिशा र शिलाले उपाधि हात पारेको हो । बोक्से स्थित कवर्डहलमा आयोजित प्रतियोगितामा १६ टिमका ३२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यस्तै नानु राई, पूर्णिमा सेन्चुरी र राम कुमारी राई, यशोदा राईको जोडीले संयुक्त तृतीय स्थान हासिल गरे । उपाधि  विजेता नितिशा र शिलाले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उपविजेता सुस्मिता खत्री र समृद्धि राईले नगद रु. ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे भने तेस्रो भएका जोडिहरुले नगद रु. ५ हजार...
उदयपुरमा प्रथम जिल्ला स्तरिय महिला (डबल) ब्याटमिन्टन प्रतियोगिता सुरु

उदयपुरमा प्रथम जिल्ला स्तरिय महिला (डबल) ब्याटमिन्टन प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, पुष २२ । उदयपुरमा जिल्ला स्तरीय प्रथम महिला (डबल) ब्याटमिन्टन प्रतियोगिता २०८१ सुरु भइरहेको छ । सोमबार महिला सशत्तिकरण स्रोत केन्द्रको आयोजना तथा जिल्ला ब्याटमिन्टन संघ उदयपुरको सहकार्यमा बोक्से स्थित कबड हलमा एक दिने प्रतियोगिता संचालन गरिएको हो । महिला सशत्तिकरण स्रोत केन्द्र उदयपुरका संयोजक सुजता सुवेदीका अनुसार जिल्लाको महिलाहरुलाई खेलकुदद्धारा सशक्त्तिकरण तथा प्रोत्साहन गर्ने उदेश्य सहित एक दिने प्रतियोगिता आयोजना गरिएको हो । उदयपुर जिल्लामा पूरुष ब्याटमिनटनमा धेरै प्रतियोगिताहरु भएतापनि महिला ब्याटमिनटनमा प्रतियोगिताहरु नभएको कारण महिलाहरुलाई प्रोत्साहन गर्न प्रतियोगिता गराईएको संयोजक सुवेदीले जनाए । यस प्रतियोगिताको प्रथमले नगद रु.१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । द्धितियले नगद रु. ८ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने तृ...
बाढी जोखिम त्रिनपा १५ तोरीबारीमा भु – गर्भ विद् टोलीको परिक्षण

बाढी जोखिम त्रिनपा १५ तोरीबारीमा भु – गर्भ विद् टोलीको परिक्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ पुष । त्रियुगा नगरपालिका वडा नं १५ तोरीबारीमा पहिरोले क्षती पुराएको स्थानमा भु–गर्भ टोलीले माटो परिक्षण गरेको छ । गत असार २५ गते बर्षाको कारण पहिरोले क्षती पुराएको उक्त स्थानलाई विपद व्यवस्थानको सडक विभाग अन्तर्गत भु–गर्भ टोलीले माटो परिक्षण गरेको हो । वडा अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आज टोलीले परिक्षण सकाउने जनाए । तिन दिन अघिदेखी परिक्षणमा निरन्तर खटेको टोलीले आज काम सकाउने र छिट्टै यसको रिजल्ट निकाल्ने जनाए । वडाको निरन्तर प्रयास र वस्ती व्यवस्थापन माग पछि टोलीले काम सुरु गरेको अध्यक्ष तिमिल्सिनाले जनाएको छ । परिक्षणको ७ देखी १० दिन भित्रमा त्यस स्थानो अवस्था पत्ता लगाउने र वस्ती वस्न मिल्ने वा अन्यत्र सार्नु पर्ने टोलीले सिफारिस गर्ने जनाएको छ । उक्त पहिरोको क्षतीमा परी एक बालिकाको ज्यान गएको थियो भने अन्य दुई जना घाईते र अन्य धेरै परिवार विस्थापित बनेका थिए ।...
बेलका नगरपालिकाको तालाबन्दी खुल्यो, छानबिन समिति गठन

बेलका नगरपालिकाको तालाबन्दी खुल्यो, छानबिन समिति गठन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २१ ।  रोजगार सहायक पदमा नियुक्तिमा अनियमितता भएको भन्दै नेकपा एमालेले लगाएको तालाबन्दी आइतबार खुलेको छ । पौष १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी पाँच बुँदे सहमतिपछि खोलिएको हो । नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उपमेयर जीरा राईको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले पाँच दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्नेछ । छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म आरोपित प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई जिम्मेवारीबाट हटाइने र दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।...
श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

श्रीमतीको जन्म दिनमा ११ लाखको जिवन बिमा उपहार

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २० पुष । हिजो आज जिवन विमा सबैको लागि महत्वपूर्ण बन्दै गएको छ । बुझेर गरोस या नबुझेरै गरोस तर जिवन विमा गर्ने मानिसहरुलाई कहिल्यै पछुतो हुने छैन् । बिमा पछिल्लो समय मानिसको अपरिहार्य नै बन्दै गएको छ । जिवन विमाले आर्थिक बचत सँगै जिवनको जोखिमलाई आर्थिक पहुँचमा बदल्छ । हालको समय बिमा गराउने व्यक्तिहरु जति क्रियाशिल छ उतिनै गर्नेहरु पनि क्रियाशिल बन्दै गएको छ । बिमा गर्नु पर्छ भन्ने चेतनाको विकास बढ्दै गएपछि मानिसहरुले बिमालाई जिन्दागिको आवश्यकता भनेर बुझ्दै गएको छ । यसरीनै जिवन विमाको आवश्यकता र फाईदालाई बुझेर उदयपुरमा एक जोडिले भने जन्मदिनको अवसर पारेर जिवन विमा गरेको छ । बेलका नगरपालिका ७ मैदामैनी बस्ने पारुहाङ राईले श्रीमती हिरा कुमारी राईको जन्म दिनमा ११ लाखको जिवन विमा उपहार प्रदान गरे । राई दम्पतिले सनलाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखामा गएर श्रीमतिको ४५ औँ जन्म उत्स...
उदयपुरको मुर्कुचीमा आजदेखी रौतामाई मिनि महोत्सव सुरु

उदयपुरको मुर्कुचीमा आजदेखी रौतामाई मिनि महोत्सव सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीमा आज (शुक्रबार) देखी रौतामाई मिनि महोत्सव सुरु भएको छ । रौता स्पोर्टस क्लबद्धारा आयोजित महोत्सव रौतामाई गाउँपालिकाको अध्यक्ष बिरेन्द्र कुमार मगरले उद्घाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको हो । रौता स्पोर्टस क्लबका अध्यक्ष हरि आले मगरका अनुसार आन्तरिक व्यापार, पर्यटन, कला र संस्कृति प्रवर्धन गर्ने उदेश्य सहित महोत्सव आयोजना गरिएको हो । महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन अध्यक्ष मगरले जनाए । महोत्सवको आज पहिलो दिन चर्चित गायिका एलिना चौहानले प्रस्तुति दिने आयोजकले जनाएको छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे...
मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ पुष । मोरङको विराटनगर महानगरपालिका(४ स्थित नोवेल शिक्षण अस्पतालबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुष १८ गते राती ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को।२३ प ६१७६ र प्रदेश १(०२( ०४४ प १९ नम्बरको मोटरसाईकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा विराटनगर (३ का १८ बर्षीय निकपाल यादब र १८ बर्षीय जितेन्द्र यादबलाई अस्पतालमा खटिएको प्रहरी कर्मचारीले नियन्त्रणमा लिएको हो । चोरीमा संलग्न रहेका दुबैजनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भई रहेको छ ।...