सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको विशेष उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटर त्रियुगाको १९औँ स्थापना दिवस सम्पन्न
पुष्टिपुष्टि संवाददाता
उदयपुर । ६ चैत्र, २०८२ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटर त्रियुगा उदयपुरको १९ औ स्थापना दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी, मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक थापाले दीप प्रज्वलन तथा इष्टदेवी देवताको फोटोमा पुष्प अर्पण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । स्थापना दिवसको खुसियालीमा उहाँले केकसमेत काट्नुभयो । त्यसअघि उहाँले त्रियुगामाता मन्दिर दर्शन तथा सहिद स्मारिकामा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरू, विभिन्न खेलकुद प्रतियोगिताका सर्वोत्कृष्टहरूलाई पुरस्कृत गरिएको थियो भने अमरसहिद परिवारका...









