रौतामाई गाउँपालिकाको विकासको आधार मजबुत, सेवामा उल्लेखनीय सुधार
पूर्णपुष्टि/भुटार, असार ११
उदयपुरको रौतामाई गाउँपालिकाले पछिल्लो पाँच वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, महिला सशक्तीकरण तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै विकासको बलियो आधार निर्माण गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्मको संक्षिप्त प्रगति विवरणले सीमित स्रोतसाधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि विकास निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि हासिल भएको देखाएको छ।
गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आलेमगरका अनुसार स्थानीय सरकारको अभ्याससँगै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाले आधारभूत सेवाको पहुँच विस्तार गर्दै स्थानीय आवश्यकताअनुसार विकासका योजनाहरू कार्यान्वयन गरेको जनाएको...









