उदयपुरको चौदण्डीगढी नगर अस्पतालमा एक्सरे सेवा सुरु
पूर्णपुष्टि,चैत्र २१ । जिल्लाका चौदण्डीगढी नगरपालिकामा अवस्थित चौदण्डीगढी नगर अस्पतालमा एक्सरे सेवा सुचारु भएको छ । कर्मचारी अभावका कारण एक महिनादेखि बन्द रहेको उक्त सेवा आईतवार देखि अस्पतालको डिजिटल एक्सरे सेवा सुरु गरिएको हो ।
नगरपालिकाले पुनः दरखास्त आह्वान गरेपश्चात सुनसरीको गढीगाउँ पालिका–१ का सन्तोष चौधरी नियुक्ति भएर आएपछि सेवा सुचारु भएको अस्पतालले जनाएको छ । काम गरिहेका कर्मचारीहरुलाई एकैचोटी करारबाट ज्यादारीमा नियुक्ति भएपछि उक्त अस्पतालका रेडियोग्राफर प्रविण चौधरीले एक महिनाअगाडी राजीनाम दिएर गएपछि सो सेवा बन्द रहेको थियो ।
अस्पतालको निर्णय अनुसार सेवा लिन आउँने सेवाग्राहिहरुले एक्सरे सेवाको लागि २ सय रुपैयाँ शुल्क बुझाउँनु पर्ने छ । त्यस्तै भिडियो एक्सरेको लागि ७ सय रुपैयाँ शुल्क बुझाउँनुपर्ने निर्णय भएको अस्पतालले जनाएको छ ।...









