Wednesday, July 1News That Matters

Breaking News 2

उदयपुरमा लघुवित्त,बैंकको चर्को ब्याजदर र महंगी विरुद्ध विरोध प्रदर्शन

उदयपुरमा लघुवित्त,बैंकको चर्को ब्याजदर र महंगी विरुद्ध विरोध प्रदर्शन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २४ । जिल्लाका गाईघाटमा लघुवित्त बैंकको चर्को ब्याजदर र मंहगी विरुद भ्रष्टाचार र राष्ट्रिय,जनघात विरुद्ध बिरोध प्रर्दशनी गरेको छ । शुक्रबार त्रियुगा नगरपलिका ११ विशालनगर टोल स्थित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्य समिति उदयपुरको आयोजनामा ३३औँ जनआन्दोलन दिवसको अवसरमा भष्टाचार र राष्ट्रघात जनघात बिरुद्को बिरोध प्रदर्शन कार्यक्रम गरिएको हो । प्रदर्शनमा उदयपुर जिल्ला ईन्चार्ज अमृत खत्रीको नेतृत्वमा बिभिन्न नाराहरु सहित गाईघाटको मुख्या चोक हुँदै बजार परिक्रमा गरेको विरोध र्याली पिपलचौकमा पुगि कोणसभामा परिणत भएको थियो । र्‍यालीमा ३३औ जन आन्दोलन दिवस सफल पारौँ, बीर सहित लाल सलाम, राष्ट्रिय स्वाधिनताको रक्षा गर, बढ्दो महङ्गि नियन्त्रण गर, लघुबित्त संस्था खारेज गर र भ्रष्ट्राचारिुलाई फाँसी दे लागाएतका नाराहरुको साथ करिव ५० जनाको सहभागितामा र्‍याली प्रदर्शनी गरेको थियो ।...
चौदण्डीमा दुबै खट्टा गुमाएका हिमाल मगरलाई घर बनाईदिने

चौदण्डीमा दुबै खट्टा गुमाएका हिमाल मगरलाई घर बनाईदिने

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २४ । उदयपुरको चौदण्डीगढीमा दुबै खट्टा गमाएका हिमाल मगरलाइ नयाँ घर निर्माण गरिदिने भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ शिवाईमा बस्दै आएको मगरलाई नेकपा (माओवादी केन्द्र) चौदण्डी नगर समितिको पहलमा घर निर्माण गरिदिने भएको हो । माओवादी केन्द्रकी नगर उपाध्यक्ष हिरा थापाको विशेष भूमिकामा सन्चालन भएको घर निर्माण अभियान अनुसार बिहीबारबाट निर्माण कार्य सुरु गरिएको भएको हो । इटा जोडेर जस्ताको छानो भएको एक शौचालय सहित निर्माण गर्दा करीब ३ लाख ५० हजार खर्च लाग्ने अभियानका प्रमुख हिरा थापाले बताईन । अपाङ्गता मगरको श्रीमती केही वर्ष अघि निधन भइसकेको र उनी अहिले ११ वर्षीया एक छोरीसँग बस्दै आएका छन । उनले बसेको जग्गा पनि स्थानीयहरुसँगको साथ सहयोगमा पूर्व वडाध्यक्ष देवनारायण चौधरीले उपलब्ध गराएको हो ।...
बोहोरीबोटका शिक्षक अभिभावक संघमा ८ महिला सदस्यीय समिति गठन

बोहोरीबोटका शिक्षक अभिभावक संघमा ८ महिला सदस्यीय समिति गठन

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २३ । जिल्लाको उदयपुरगढी गाउँपालिका–६,मा अवस्थित माध्यामिक विद्यालय बोहोरीबोटका शिक्षक अभिभावक संघमा पदकुमरीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरिएको छ । बुधाबार आयोजित कार्यक्रममा शिक्षक तथा अभिभावक भेलाले महिलै महिला पदाधिकारी रहेको शिक्षक अभिभावक संघ गठन गरेको हो । समितिका सदस्यहरुमा क्रमशः रेनुका बिक, सीता भुजेल, राधिका मगर, रुपा बोहोरा, तिलकुमारी चापागाई , भिमकुमारी मगर र बिमला खत्री चयन भएको प्रधानाध्यापक श्याम खत्रीले बताए । खत्रीका अनुसार कक्षा १० सम्म संञ्चालित विद्यालय शिक्षक अभिभावक संघमा पहिलो पटक महिला मात्रै पदाधिकारी रहेको बताए ।...
कटारीमा “न्यु इयर इभ” हुने

कटारीमा “न्यु इयर इभ” हुने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत्र २३ ।उदयपुरको कटारी नगरपालिकामा आगामी नयाँ बर्ष २०८० सालको अवसरमा “न्यु इयर इभ” हुने भएको छ । आगामी चैत्र ३० गते बिहिबार बेलुका साँझ कटारीको भूगोलपार्कमा न्यु ईयर ईभ कार्यक्रमको आयोजना हुने भएको हो । पिएफसिएफद्धारा संचालित “तिनतले उदयपुर संगित केन्द्र” कटारी शाखाले नयाँ बर्षको अवसरमा आयोजना गर्न लागेको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने छ । कार्यक्रममा शिब थापा मगर र दिलिप घिसिङ साथै संगित केन्द्रका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिने भएका छन् ।  ...
साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालय निमार्ण हुँदै

साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालय निमार्ण हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २३ । त्रियुगा नगरपालिका वडा नम्बर १४, साउने चौकमा व्यवस्थित सार्वजनिक शौचालयको निमाण कार्य सुरु गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सगरमाथा राजर्माघ घण्डमा पर्ने साउने चौकमा सार्वजनिक शौचालय निमार्ण सुरु भएको हो । नगरले भुपेन्द्र कुमार मगरको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी गत चैत्र १७ गते देखि शौचालय निमार्ण कार्य सुरु गरेको वडाअध्यक्ष हेम मगरले बताए । अध्यक्ष मगरका अनुसार बन्दै गरेको भवनमा महिला र पुरुष गरी दुई कोठे शौचालय भवन निर्माण हुने भएको हो । दुई कोठे शौचालय भवनका लागि वडा नम्बर १४ साउने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट विनियोजित कुल ६ लाख ८५ हजार ५ सय ९५ रुपौँयाबाट आगामी २०८० बैशाख ५ सम्पन्न हुने गरी निर्णय गरिएको छ । उदयपुरको सदरमुकाम गाईघाट देखि साउने, रसुवा हुँदै पहाडि जिल्ला खेटाङ,सोलुखुम्बु र दिक्तेल आवत जावत गर्ने सवारीलाई शौचालय न...
कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

कोशी प्रदेशको नाम सच्याउन पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त आश्वाशन दिएका हुन् । सुरुमा पहिचानको मुद्धा माओवादीले उठाएकोले त्यसलाई अझै पनि नछाड्ने बताउदैँ पार्टीको तर्फबाट कोशी प्रदेशको नाम सच्याउनको लागी पहल गर्ने प्रधानमन्त्रीले बताएका हुन् । कोशी प्रदेशमा मतदान गर्ने पक्षमा पार्टी केन्दको नीति नरहेको पनि प्रचण्डले बताएका थिए । गत फाुन १७ गते प्रदेश सभामा कोशी प्रदेशमा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि प्रदेशको नाम सच्याउने पक्षमा रहेको छ । १ नंम्बर प्रदेशको नाम प्रदेश सभाबाट ‘कोशी’ पारीत भएपछि पहिचानव...
चुहाडेमा प्रथम उदयपुर लोक–दोहोरी प्रतियोगित २०८० हुने

चुहाडेमा प्रथम उदयपुर लोक–दोहोरी प्रतियोगित २०८० हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २३ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-८, चुहाडे स्थित झोरामा बृहत आदिम सांस्कृतक कार्यक्रम तथा प्रथम उदयपुर लोक–दाहोरी प्रतियोगित हुने भएको छ । चुहाडेमा अवस्थ्ति भेटघाट रेष्टुरेन्टको कभर्ड हलमा आयोजना गर्न लागिएको प्रतियोगिता २०८० बैशाख ५ गते शनिवार बिहान ११ बजे देखि सुरु हुने जनाएको छ । “कला, सस्कृतिको संरक्षण गरौँ, आन्तिरिक पर्यटनलाई प्रवद्र्धन गरौँ” भन्ने मुलनाराको साथ आदिम सामुदायिक तथा संस्कृतिक कला केन्द्रको आयोजनामा हुने प्रतियोगितामा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिशेष प्रस्तुती रहने जनाएको छ । कार्यक्रममा नेपालको चर्चित स्वरकी धनी गायिका रचन रिमालले आफ्नो लोकप्रिय गितहरु प्रस्तुत गर्ने छिन् । त्यस्तै उदयपुरका युवा गायक तथा लोक स्टार बिनोद दनुवार, मोडल शशिकला राई, गायक दिपेन्द्र राई, हास्य कलाकार रोशन मगर र आदिम सिंगिङ स्टार हिरा विश्वकर्...
गाईघाट दिक्तेल सडकबाट घाँस ल्याउने सवारीहरुलाई धमाधम कार्वाही

गाईघाट दिक्तेल सडकबाट घाँस ल्याउने सवारीहरुलाई धमाधम कार्वाही

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २३ । श्री नव उदय वन उपोभक्ता समुहले जारी गरेको सूचना उलंघन गर्ने सवारीलाई धमाधम कार्वाही थालिएको छ । वन उपभोक्ता समुदायले केहि दिन अघि मात्रै गाईघाट–दिक्तेल सडक खण्डबाट सवारी साधनमा घाँस ल्याउने कार्यको प्रतिवन्ध लगाउने सूचना प्रकाशित गरेका थिए । उक्त सूचना पश्चात पनि अटेरी गर्ने ट्याक्टर, वस मोटर सार्यकल लगायतलाई जरिवाना गराईदैँ आईएको छ । सवारीहरुलाई ५ सय रुपयाँ जरिवाना कटाईने नियम बनाईएको छ ।...
झापामा हुने तेस्रो मिस्टर ग्यालेक्सी प्रतियोगिताको लागि उदयपुरबाट तीन जना सहभागी

झापामा हुने तेस्रो मिस्टर ग्यालेक्सी प्रतियोगिताको लागि उदयपुरबाट तीन जना सहभागी

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २२ । आगामी चैत्र २४ र २५ गते झापामा हुन लागिरहेको प्रदेश स्तरीय तेस्रो मिस्टर ग्यालेक्सी शारिरिक शुगठन प्रतियोगितो २०७९का लागि उदयपुरबाट तीन जनाले सहभागी जनाएको छ । सहभागी तीनै जना खेलाडीहरु गाईघाट स्थित स्टार बडी फिटनेस क्लवका रहेका छन् । खेलाडीहरुलाई शुभकामना सहित बुधबार क्लवले भव्य विदाई समेत गरेको छ । प्रतियोगितामा दिलिप चैधरी,महेस लामा र राजु चौधरीले सहभागिता जनाएको क्लवका संञ्चालक हरि राईले जानकारी दिए । संञ्चालक राईले विदाईको क्रममा आफ्नो खेलाडीले जिल्लालाई जिताउने समेत विश्वास्त दिलाए । झापाको वितामोर्डमा हुने उक्त खेल प्रदेश नम्बर १ भरि रहेका १४ ओटै जिल्लाका लाडीहरुले सहभागिता जनाउने छ । प्रतियोगिताको लागि प्रि–सेलेक्सनबाट खेलाडीको छनौट गरिने छ । ग्यालेक्सीका सञ्चालक तथा आयोजक समितिका कोषाध्यक्ष चन्द्र राना ‘लाफा’का अनुसार ‘२४ गते हुने प्रि–सेलेक्सनबाट ...
बेलका मिडिया प्रा.लि.द्धारा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

बेलका मिडिया प्रा.लि.द्धारा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र २१ । “विकास,सुशासन र संमृद्धिका लागि सञ्चार” भन्ने मुलनाराका साथ उदयपुरको बेलकामा आयोजित ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । बेलका मिडिया प्रा।लिको आयोजनामा र बेलका नगरपालिका रामपुरको सहयोगमा गत चैत्र १७ गते देखि संञ्चालन भएको तालिम आज सम्पन्न भएको हो । नगर क्षेत्रका सबै वडामा कम्तिमा एक जना पत्रकार उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का,पत्रकार हिमाल दाहाल र रञ्जना पौडेलले गरेको आयोजक संस्थाका अध्यक्ष भरत घिमिरेले बताए । उनका अनुसार स्थानीय वरपिपल माध्यमिक बिद्यालयको सभाहलमा आयोजित तालिममा नगरपालिकाका–९, वटै वडाका तीस जना युवाहरुको उपस्थिति रहेको संस्थाका अध्यक्ष घिमिरेले बताए । महासंघका अध्यक्ष भरत खड्काले तालिम आफैमा सिपविकास र नयाँ अनुभवको थालनी भएकाले भरपुर उपयोग गर्न आग्रह गर...