नयाँ बर्षमा लिम्चुङबुङ र माचखर्कमा हाटबजार सरु (फोटो फिचर सहित)
पूर्णपुष्टि, बैशाख १ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको केन्द्र बाराहा स्थित कटुवाल भन्ज्याङ राई चोकमा आज हाटबजार उद्घाटन भएको छ । त्याहाँ पहिलो पटक लगाईएको हाटबजारको उद्घाटन पालिका अध्यक्ष मेजरकुमार राईले गरे ।
हाटबजारमा स्थानिय उत्पादन प्रदर्शनि तथा बिक्री गरिएको थियो । आलु, कोबि, केरा, साग, खुर्सानी लगाएतका स्थनिय उत्पादनहरु बिक्रीका लागी राखिएको बजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष राईले नागरिकको आर्थिक अवस्थामा टेवा पुर्याउने उदेश्यले हाटबजार लगाईएको बताए । लिम्चुङबुङको अर्गानिक उत्पादन गाईघाट बजारसम्म अत्याधिक माग रहेको उनले बताए । यस्तो मागलाई याहाँका कृषकहरुले पुरा गर्न सके आर्थिक समृद्धि हुने बताए । सामान्य रुपमा सुरु गरिएको हाटबजार भविष्यमा ठुला व्यापारी केन्द्र बन्न सक्ने उनले बताए । त्यसै गरी पालिका उपाध्यक्ष प...









