Wednesday, July 1News That Matters

Breaking News 2

कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनलमा नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेको नेपालको लागी करन केसी एक्लैले ५ लिएका छन् भने सोमपाल कामीले एक विकेट लिए । केसीले ०.४ ओभरमा रन बिहिन बनाउँदै अड्नान एड्रिसको विकेट लिएका थिए भने त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले १.२ ओभरमा पर्विन्दर कुमारको विकेट लिएका हुन् । उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो । तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए । केसीले ६.३ ओभरमा सिराज खानको चौथो विकेट लिए भने आठौं ओभरमा मोहम्मद आस्लमको पाँचौं विकेट लिएका हुन् । कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाएको छ । अहिले पानी परेकाले खेल रोकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ...
नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनल खेलमा टस हारेर ब्याट्रिङ गरेको नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ । बर्षाका कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २८१ रन जोडेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका लागी कप्तान रोहित पैडेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले ९४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९५ रन जोडेर आउट भएका थिए ।कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए । कुशलले ४४ बलमा समान ४ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी भयो । भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए । करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। कुवेतका बलर मोहमद अस्ला...
४०.३ ओभरमा अलआउट नेपाल, कतारले पायो १५८ रनको लक्ष्य

४०.३ ओभरमा अलआउट नेपाल, कतारले पायो १५८ रनको लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १४ । एसीसी मेन्स प्रिमियर लिगमा नेपालले कतारलाई १५८ रनको लक्ष्य दिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा कतारविरुद्ध खराब ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन जोडेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाएको थियो । नेपालको लागी सन्दिप लामिछानेले सार्वाधिक ५८ बलमा ४२ रन बनाए भने ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर आउट भएका थिए । सोमपाल कामीले ११ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाएर आउट भए । कुशल मल्लले ३ रन मात्र जोड्न सके भने आरिफ शेख ११ रनमा आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले १२ रन मात्र जोड्न सके भने गुल्शन झाले ७ रन मात्र जोड्न सक्यो । बलिङमा कतारका अमिर फारुकले ३ विकेट लिए । मुनवीरा र ओवाइस अहमेदले समान २–२ विकेट हात पारे।...
चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

चितवन उपनिर्वाचन अपडेट : कस्को किता मत आयो ?

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि,वैशाख १२ । चितवन–२ को उपनिर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएका छन् ।...
नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख ८ । एसीसी मेन्स प्रिमियल लिग क्रिकेटमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले ओमानलाई विशाल रनको लक्ष्य दिएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा कुशले पहिलो शतक गरेका छन् । आजकै खेलबाट कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडिको कीर्तिमान बनाएका छन् । कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाएको हो । सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट लिए ।...
आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी

Breaking News 2, समाचार
पूर्णपुष्टि,बैशाख ७ । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हिन्दू धर्मावलम्बीहरुका लागि आजको दिन विशेष रहेको छ । आमा शब्द आफैँमा त्यति महत्वपूर्ण छ कि, हामीले त्यसको महमिा र वर्णन गरेरै सक्दैनौँ । घर परिवारमा आमासँगै रहेका र आवश्यकता परिपूर्ति गर्न देश विदेशमा आमासँग टाडा रहेर आमाको न्यानो मायाको न्यास्रो लाग्नेहरुलाई आमाको महत्व धेरै हुन्छ । विशेष गरि आजको कुरा गर्ने हो भने विश्वमा कोभिड–१९ (नोवेल कोरोना भाईरस) फैलिरहेको बेला सन्तानले आमालाई सम्झने र आमाले सन्तानलाई सम्झने हरुका लागि समय व्यतित गर्न गाह्रो भईरहेको छ । अझ भन्नुपर्दा आफू सानु छँदा आमा स्वर्गलोक हुनेहरुलाई भने वास्तवमै आमाको अभाव सधैभरि खट्कि रहन्छ । हाम्रो घर,परिवार र समाजमा कतिपयले आमाको मुख वा आमाको मायाको अनुभव गर्नै नपाई आमा स्वर्गवास हुनु भएको छ । कसैलाई आमाको अनुहार अलिअलि थाहा छ तरपनि अहिले आमाको तस...
नेपाल विद्यार्थी संघको ५४औँ स्थापना दिवसको अवसरमा फलफुल वितरण

नेपाल विद्यार्थी संघको ५४औँ स्थापना दिवसको अवसरमा फलफुल वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि,बैशाख ६ । नेपाल विद्यार्थी संघ उदयपुरको आयोजनामा ५४औँ स्थापना दिवसको अवसर परी आज जिल्ला अस्पताल उदयपुर र शान्तिधाममा अध्यायनरत विद्यार्थीहरुलाई फलफुल वितरण गरिएको छ । बुधवार संघले राष्ट्रिय भुमि आयोग नेपाल उदयपुरका अध्यक्ष बल बहादुर तामाङको नेतृत्वमा र जिल्ला अस्पताल उदयपुरका उदयपुरका प्रमुख ज्ञानेन्द्र झाको सहकार्यमा अस्पतालका ५१ जना बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको हो । अस्पतालमा रहेका बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थीहरुलाई फलफूल बितरण गरेको विद्यार्थी संघ उदयपुर सदस्य चेतन पोखरेलले बताए । उक्त कार्यक्रममा योगेश खनाल जयप्रकास चौधरी लगाएत संघका जिल्ला कमिटि सदस्यहरुको रोहवरमा संयुक्त रुपमा बिरामी तथा विद्यार्थीहरुलाई फलफुल वितरण गरिएको थियो ।...
पदम लिम्बु (लाजेहाङ) को अन्त्येष्टि अघि शवयात्रा गरिने

पदम लिम्बु (लाजेहाङ) को अन्त्येष्टि अघि शवयात्रा गरिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ६ । प्रदेश सभाबाट प्रदेशको नाम कोशी राखेको विरोध प्रदर्शनको क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ) को अन्त्येष्टि अघि शवयात्रा गरिने भएको छ । वैशाख ९ गते (शनिबार) शव यात्रापछि अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ । मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । लिम्बुको मृत्यु भएको २९ दिनपछि अन्त्येष्टि गर्न लागिएको हो । लिम्बु गत चैत ५ गते प्रदेशको नामको विरोधमा विराटनगरमा भएको प्रदर्शनमा घाईते भएका थिए । उनको उपचारको क्रममा चैत १० गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । प्रदेश नं...
शाहीखोलामा पक्की पुलको शिलान्यास

शाहीखोलामा पक्की पुलको शिलान्यास

Breaking News 2, समाचार
पूर्णपुष्टि,बैशाख २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ८ राजावास–बैरेनी–भान्टाबारी जोड्ने शाहीखोलामा पक्की पुल बन्ने भएका छन् । शनिवार राजाबार स्थित शाहीखोलामा निर्माण हुन लागेको पक्की पुलको त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतले शिलान्यास गरेको हुन् । नगर प्रमुख बस्नेतले यस क्षेत्रमा पुल नहुदा प्रत्यक बर्ष बर्खामा राजावास–बैरेनी–भान्टाबारीका जनताले सास्थी खेप्दै आउँँनु परेको बताए । त्रियुगा नगर विकास समृद्ध नगर बाउँनको निमित्त आफुले बिभिन्न सरोकारवालाहरुसंग पहल गरेको उनले बताए । पुल निर्माणको लागि हिम निर्माण सेवाले ४ करोड ५ लाख रुपैयाँमा आगामी २०८२–०१–१२ गते निर्माण कार्य सम्पन्न हुने गरी सम्झौता गरेको छ । बन्न लागेको पुलको लम्बाई ४० मिटर रहने निर्माण कम्पनीले बताएको छ । शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिका-८, का अध्यक्ष राजकसमार राउत वडा नं.-४,का अध्यक्ष बद्रि बस्न...
सुदरपश्चिममा कोरोना संक्रमण संख्य बढ्दो, थप १९ जनामा संक्रमण पुष्टि

सुदरपश्चिममा कोरोना संक्रमण संख्य बढ्दो, थप १९ जनामा संक्रमण पुष्टि

Breaking News 2, समाचार
पूर्णपुष्टि,बैशाख २ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर सुदूरपश्चिममा देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार तीन सय ८३ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि बिहीबार यस प्रदेशमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। सीमा नाकामै गरिएको एन्टीजेन परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । केही महिना सङ्क्रमण शून्य रहेको यस प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।गत महिना मात्रै यहाँ दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर र स्वदेश भित्रिने सबैको नाकामा कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ...