Wednesday, July 1News That Matters

Breaking News 2

नेस्पेशद्धारा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न

नेस्पेशद्धारा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
बिज्ञान पराजुली उदयपुर,वैशाख २५ । नेपाल सामाजिक बिकास तथा जनसशक्तीकरण केन्द्र९नेस्पेक० उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा न २ को सहयोगमा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न गरिएको छ । पछिल्लो समय साइवर अपराधका घटना बढ्दै गएको र त्यसलाइ न्यूनीकरण गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एस पि ग्यानेन्द्र फुयालले हिजो आज इन्टरनेटको लत भयंकर बस्ने गरेको र त्यस्लाइ सहि सदुपयोग गर्न नसक्दा साइवर अपराधको घटना बढ्ने गरेको बताउनु भयो।। एस पि फुयालले सामाजिक संजालको दुरुपयोग गरि , विभिन्न प्रलोभनमा पार्ने गिरोह नि सक्रिय रहेकोले कोहि कसैले चिठ्ठा , उपहार परो भनी कसैले ब्यक्तिगत बिवरण मागे त्यस्ता कुराको बिश्वास नगर्न आग्रह गर्नु भयो । त्यस्तै वडा न २ का अध्यक्ष घमानसिङ खत्री (धुर्ब)ले त्रिनपाको २ नम्बर वडा लागू पद...
बेलका नगरप्रमुख कार्कीद्धारा आकास्मिक उपचार र छात्रवृत्ति कोष स्थापनाको घोषणा

बेलका नगरप्रमुख कार्कीद्धारा आकास्मिक उपचार र छात्रवृत्ति कोष स्थापनाको घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २५ । उदयपुरको बेलका नगरपालिकाका मेयर अशोका कार्कीले आफ्नो विवाह खर्च जोगाएर आकास्मिक उपचार र छात्रवुत्ति कोष स्थापना गर्ने घोषण गरेका छन् । मेयर कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबा स्व. पुष्पबहादुर कार्की र माता तुलसा कार्कीको नाममा कोष स्थापना गर्ने जानकारी दिएका हुन् । अती विपन्न परिवारका सदस्यहरु बिमारी हुँदा खर्चको अभावका कारण ज्यान गुमाउनुपर्ने बाध्यतालाई केही न्युनकरण गर्ने उदेश्यका साथ कोष स्थापना गर्ने बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्यापनका लागि उपचार खर्च र छात्रवृत्ति कोषका लागि बेलका नगर अस्पताल र नारायण देव जी मावि आम्बासीमा पुष्पतुलसी कार्की अक्षय कोष स्थापना गर्ने जनाए । उनले कुमारी बैक रामपुरमा फिक्स डिपोजिट गरी उक्त रकमको ब्जायबाट प्राप्त हुने रकमले औषधी उपचार र छात्रवृत्ति प्रदान गर्ने बताएका छन । यद्यपी कति रकमको अक्षय कोष...
उदयपुरमा विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरमा विभिन्न मुद्धाका फरार ६ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भएका ६ फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रमस त्रियुगा नगरपालिका–३, भुल्के का २३ बर्षीय मो.कलाम मोदिन, त्रियुगा–१२ का २७ बर्षीय मिथुन चौधरी, त्रियुगा–१२ का पशुपती चौधरी, त्रियुगा–४ का होम बहादुर मगर, त्रियुगा–७ का ४० बर्षीय केशर बहादुर राई र त्रियुगा–३ मोतिगडा का ६४ बर्षीय एक पूरुष रहेका छन् । जिल्ला अदालत उदयपुरले कलाम मोदिनलाई चोरी मुद्धामा ११ महिना ४ दिन कैद र दश हजार जरिवाना तोकेको थियो । मिथुन चौधरीलाई कुटपिट मुद्धामा पाँच हजार जरीवाना तोकेको थियो । यस्तै पशुपति चौधरीलाई कुटपिट मुद्धामा रु.पाँच हजार जरिवाना तोकेको थियो । होम बहादुर मगरलाई लागुऔषध मुद्धामा एक बर्ष ,नौ महिना सोह्र द...
चौदण्डीगढीको सगरमाथा आधारभुत बिधालयमा सप्ताहा महापुराण

चौदण्डीगढीको सगरमाथा आधारभुत बिधालयमा सप्ताहा महापुराण

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ भुल्केस्थित सगरमाथा आधारभुत बिद्यालयमा सप्ताहा महापुराण लगाईएको छ । बिद्यालयले आधारभुतबाट माद्यामिक स्तरसम्म पुर्याउने उदेश्यका साथ श्रीमद्भागवत सप्ताह महापुराणको आयोजना गरेको हो । बिद्यालयले आयोजना गरेको महापुराण शनिबार कोशी प्रदेशका उपसभामुख श्रीजना दनुवारले उद्घाटन गर्नुभएको थियो । उप सभामुख दनुवारले उद्घाटन समारोहमा शिक्षा जस्तो पवित्र क्षेत्रमा धार्मिक अनुस्ठानको आयोजना गरेर बिधालयको शैक्षिक सुधार गर्ने अभियान सफल होस भन्ने सुभकामान दिदैँ पवित्र कार्यसफल बनाउन आफ्नो ब्यक्तिगत तर्फवाट, कोशी प्रदेशका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्ध रहेको बताएकी थिईन् । श्रीनिवासचार्य स्वामी महाराजको मुखारबाट संगितमय कथा वाचन गर्ने यस महायज्ञबाट सकंलन हुने रकमले स्कुल बस खरिद गरेर बिद्यालयलाई आधारभुत तहबाट माध्यामिक तहमा बृद्धी गरिने सो...
बेलकामा बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

बेलकामा बच्चा जन्माउन नसकेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, २१ वैशाख । जिल्लाको बेलका नगरपालिकामा एक महिलाको सुत्केरी हुन नसकेर ज्यान गएको छ । नगरपालिका वडा नं ९ की १९ बर्षिया प्रमिला बस्नेतको बच्चा जन्माउन नसक्दन ज्यान गएको हो । मंगलबार सुत्केरी व्याथा लागेर घरमै बसेकी प्रमिलालाई धेरै समस्या भएपछि उपचार गर्न विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरेका थिए। तर बस्नेतको हस्पिटलमा बुधबार मृत्यु भएको मृतककी पति दिपक बस्नेतले बताए । पहिलो बच्चा जन्माउने क्रममा प्रमिलाको मृत्यु भएको परिवारले जनाएको छ । गर्भवतीको मृत्यु भएपछि बस्नेत परिवार शोकमा डुबेको छ । गर्भवतीको मृत्यु भएको घटनाको बारेमा बेलका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद मिश्रले थाहा नभएको भनेर पन्छिएका छन । घटना बारे बुझ्दा गर्भवतीको मृत्युको बारेमा कहिलेकाही यस्ता घटना घट्न सक्ने तर बेलकाको घटना आफूलाई थाहा नभएको शाखा प्रमुख मिश्रले बताए । उनले भने ‘म बाहिर छु, कमल ...
उपचारको क्रममा बिते रवी लामिछानेको चालक

उपचारको क्रममा बिते रवी लामिछानेको चालक

Breaking News 2, समाचार
पूर्णपुष्टि, १९ वैशाख । घरको छतबाट लडेर गम्भीर घाईते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। गम्भीर घाईते भएर उपचार भैरहेको दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो । आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए । सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो । सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो । घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए। थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो। अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा ...
युएईलाई हराउँदै एसिया कपमा नेपाल

युएईलाई हराउँदै एसिया कपमा नेपाल

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १९ । एसीसी मेन्स प्रिमियर कपको फाईनल खेलमा युएईलाई हराउँदै नेपाल एसीया कपमा छनोट भएको छ । टस हारेर ब्याटिङ गरेको युएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार बर्षाको कारण रोकिएको खेलमा मंगलबार युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपाल च्याम्पियन बनेसँगै आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ । नेपालका लागी गुल्सन झाले अर्धशतक पुरा गरेका छन् । उनले ८३ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६६ बनाएका थिए भने भिम सार्कीले ७२ बलमा ३६ रन बनाए । गुल्सन र भिमले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे । त्यसअघि नेपालका दुवै ओपनरसहित कप्तान रोहित पौडेल आउट भए। कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आ...
धर्ना बस्नुअघि महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

धर्ना बस्नुअघि महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

Breaking News 2, समाचार
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आविष्कार केन्द्रका संस्थापक महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका हुन् । आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने महवीरले राखेको मागमा सरकार सहमत भएको ‘प्रचण्डले भने’ बजेटमा उक्त माग सम्बोधन गर्ने सहमति भएपछि हिंड्ने बेलामा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भन्दै हास्दै निस्किएका थिए । मैले बस्नुस भन्न मिल्दैन बस्नुभयो भने मलाई मद्दत नै हुन्छ भनेँ । करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु ‘उनले’ महावीर धर्ना बस्दा माग अनुसारको बजेट छुट्याउन सरकारलाई सहज हुने बताएका छन् । पहिले नै महाव...
उप-मेयर गोल्डकप : नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश

उप-मेयर गोल्डकप : नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको गाईघाट थरुहट रंगशालामा जारी उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगितामा नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । आईतवार भएको खेलमा सप्तरीले हेटौडा एकेडेमी फुटबल क्लव विरुद्ध १को विरुद्ध २ गोल गर्दै आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सप्तरीका तर्फबाट जर्सि नं.१० का खेलाडि पूर्णिमा राईले पहिलो हाफको २५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलको अग्रता लिएको थियो । यस्तै खेलको ४०औँ मिनेटको प्रतिस्पर्धात्मक खेलमा सप्तरीका जर्सि नम्बर ११का खेलाडि ईमा राईले ठुलो डिबक्स बाहिरबाट प्रहार गरेका उत्कृष्ट गोलले टिमका लागि थप अग्रता बनेको हो । पहिलो हाफको सुन्य समय सम्मपनि हेटैडाको तर्फबाट कुनै पनि गोल हुन सकेनन् । यस्तै दोस्रो हाफको २० मिनेटमै हेटैडाको तर्फबाट जर्सि नं. १० का खेलाडि बिनिसाले प्रहार गरेका बललाई सप्तरीका गोलरक्षकल...
उपाधिको लागी नेपालले युएईसँग खेल्ने

उपाधिको लागी नेपालले युएईसँग खेल्ने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ एसीसी मेन्स प्रिमियर कपको उपाधिका लागी नेपाल र युएईबिच प्रतिष्पर्धा हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बर्षाले प्रभावित सेमिफाईनल खेलमा कुवेतलाई पछि पार्दै नेपालले फाईनलमा स्थान बनाएको छ । वर्षाले प्रभावित बनेको सेमिफाईनल खेल ४२ ओभरमा खेलाईएको थियो । जसमा टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै २८० रन बनाएको थियो भने कुवेतले डक्वर्थ लुइस सिस्टमको आधारमा २८२ रनको लक्ष्य पाएको थियो । २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा बर्षा सुरु हुन थालेपछि खेल रद्द गर्नुपरेको थियो । मुलपानी मैदानमा ओमान र युएईबिच भएको सेमिफाईनल खेल पनि बर्षाका कारण डिएलएस मेथड गर्नु परेको थियो । जसमा यूएईले ओमानमाथि २ रनको जित निकाल्दै फाईनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गरेको युएईले ४ बल खेल्न बाँकी छदा अलआउट हुदैँ २३६ रन बनाएर...