Thursday, July 2News That Matters

Breaking News 2

उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका युवक पक्राउ

उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेका युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ७ । उदयपुरमा बालिकामाथि जबरजस्ती करणी गरी फरार रहेको एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सुरुङगा नगरपालिका ३ चहका घरभएका ३० बर्षीय श्रवण श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कर्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मिति २०८०।०१।१३ गते १४ बर्षीया नाबालिकामाथि जवरजस्ती करणी गरी फरार रहेको श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको हो । श्रेष्ठलाई त्रियुगा नगरपालिका ६ लालपत्ता स्थितबाट लुकिछिपि हिडिरहेको अबस्थामा उदयपुरबाट खटाईएको बिषेश प्रहरी टोलीले पक्राउ गरेको उनले बताए । जवरजस्ती करणी चालु मुद्धामा फरार रहेको श्रेष्ठलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।...
सांगितिक कार्यक्रम मार्फत संसदीय व्यवस्थाको बिरोध

सांगितिक कार्यक्रम मार्फत संसदीय व्यवस्थाको बिरोध

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ५ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)ले अहिलेको संसदीय व्यवस्था जनतामुखी नरहेको जनाएको छ । शुक्रबार गाईघाटको पिपल चौकमा पार्टी केन्द्रिय समिति सामना जनसङ्गीत अभियान मार्फत यस्तो बताएको हो । पार्टीले सांगितिक कार्यक्रम मार्फत सरकारको बिरोध र भ्रष्टचारी सरकारको संज्ञा दिएको छ । देशका ठुला दल कांग्रेस, एमाले माओवादी लगायतका पार्टी सबै भ्रष्ट र दलाल रहेको जनाए । यी रसाजनितिक दलहरुले जनताहरुलाई कहिले उकास्न नसकेको र अब पनि कुनै आश नरहेको पनि जनाए । यी पार्टीहरुले जनताको पिडा र दुखलाई चुनावी भाषन र मसाको रुपमा प्रयोग गरेको जनवादी कलाकार आरोह नेपालीले बताए । उनका अनसुार आफुहरुको पिडाको सामाधान गर्ने बाहानामा सत्ता कब्जा गर्दै सत्ताको दुरुपयोग मार्फत उल्टै जनताहरुलाई अन्याय अत्याचार र गरिब बनाउने काम गरेको बताए । कार्यक्रममा बोल्दै आरोहले ‘यी सबै दलका नेताहरु भ्रष्टचारमा ल...
त्रियुगाको ११ ओटा वडाहरुमा महिलाहरुलाई कृषि र पशु सम्बन्धि हेफर आधारशिल तालिम संञ्चालन

त्रियुगाको ११ ओटा वडाहरुमा महिलाहरुलाई कृषि र पशु सम्बन्धि हेफर आधारशिल तालिम संञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । त्रियुगा नगरपालिकाका ११ वटा वडाका महिला दिदिबहिनी हरुलाई कृषि र पशु सम्बन्धी हेफर आधारशिल तालिम दिईरहेको छ । त्रियुगा नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा प्राविधिक सहयोग र बिकास सहजीकरण संजालको उदयपुरको आयोजनामा उक्त तालिम संञ्चालन भैरहेको छ । सो कार्यक्रम त्रियुगा नगरपालिकाको ११ ओटा वडाहरुमा संञ्चालन हुने जनाईएको छ । संञ्जालका अध्यक्ष चन्द्रमणी गँुरागाईले त्रियुगा नगरभित्र रहेको महिलाहरुलाई आर्थिक क्षेत्रमा सक्षम बनाउन र त्रियुगा नगरलाई समृद्ध बनाउन यो कार्यक्रम संञ्चालन गरिएको जनाए । अध्यक्ष गुँरागाईका अनुसार यस कार्यक्रमले मुख्यतया तिन ओटा थिममा रहेर काम गर्ने जनाए । त्रियुगा नगरपालिका भित्र कसरी आर्थिक क्षेत्रलाई अगाडी लैजाने भन्न सन्दर्भमा यस कार्यक्रमलाई जोडेको गुँरागाईको भनाई छ । संस्थाका संस्थापक अध्यक्ष राज कुमार राईले उक्त कार्यक्रमबाट त...
उदयपुरको बेलकामा निर्माणाधिन पक्कीपुल भत्कियो

उदयपुरको बेलकामा निर्माणाधिन पक्कीपुल भत्कियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ ४ । निर्माणको क्रममा रहेको उदयपुरको बेलका नगरपालिका वडा नं. ३ स्थित गिदेरी खोलाको पक्कीपुलमा गएरातीको हुण्डरीले क्षती पुर्याएको छ । हुण्डरीले ढलान गर्न तयार पारिएको पुलको एक स्पाम भत्काएको छ । फलामे रडले उभ्याएको स्पाम कमजोर भएकाले हुण्डरीले भत्काएको हो । पुल निर्माण कार्य सुस्तढंगले भइरहदा प्राकृतिक विपत्तीले क्षती पुर्याएको छ । २०७० सालमा सिलान्यास भई तीनवर्षभित्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो तर, हालसम्म अधुरो रहेको पुलको निर्माण कार्य नै कमजोर सावित भएको छ । ढलान भइसकेको एक स्पाममा भने क्षती पुगेको छैन । ठेकेदार कम्पनी मृत संजिवनीको चरम ढिलासुस्तीका कारण हालसम्म नबनेको पुलको काम क्षती पुगेपछि थप ढिलाई हुने भएको छ । सुरुमा पप्पु कन्ट्रक्सनले ठेक्का लिई संजिवनीलाई बेचेको थियो । पुलको ठेक्का रकम साढे १३ करोड रहेको बुझिएको छ । स्थानीयतहबाट बारम्बार खबरदारी गर्दा...
ज्योति क्यामपसलाई वित्तीय लेखा र विश्लेषण पुस्तक हस्तान्तरण

ज्योति क्यामपसलाई वित्तीय लेखा र विश्लेषण पुस्तक हस्तान्तरण

Breaking News 2, समाचार
पूर्णपुष्टि,जेष्ठ ३ । चौदण्डीगढी नगरपालिका–६, सातधार स्थित ज्योति जनता बहुमुखी क्याम्पसलाई कोशी प्रदेश सरकारका प्रशासन सुधार आयोगका सदस्य तथा नेपाल सरकारका पूर्व सह–सचिव बाबुराम पौडेलद्धारा वित्तीय लेख र विश्लेषण पुस्तक हस्तान्तरण गरेका छन् । बुधवार क्याम्पसमै पुगेर ब्यबस्थापना संकाय तर्फको स्नातक प्रथम बर्षमा अध्ययन गर्ने बिधार्थीहरुका लागि ३० थान वित्तीय लेखा र विश्लेषण ९ँष्लबलअष्ब िब्अअयगलतष्लन बलम ब्लबथिकष्क० पुस्तक हस्तानतरण गरेका हुन् । उक्त पुस्तक चौदण्डीगढी नगरपालिकाका उपप्रमुख मणिकादेवी दुलाल, वडा अध्यक्ष अम्बर बहादुर खड्का, क्यामस ब्यबस्थापन समितिकका सदस्य सम्भु पौडेल लगायतको उपस्थितीमा पौडेलले संयुक्त पुस्तक हस्तानतरण गरेका थिए । पुस्तक अभाव हुँदा विद्यार्थी लाई उच्चीत शिक्षा प्रदान गर्न गार्हो भएको अवस्थामा पुस्तक हस्तान्तरणले महत्वपूर्ण भूमिका खेल्ने ज्योति जनता बहुमुखी क्...
कटारीमा अवैध रुपमा रुख कटान गरेको आरोपमा समुहका अध्यक्ष पक्राउ

कटारीमा अवैध रुपमा रुख कटान गरेको आरोपमा समुहका अध्यक्ष पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १ । उदयपुरमा अवैद्य रुपमा रुख कटान गरेको आरोपमा सामुदायिक वन उपाभोक्ताको अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका ३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्रि घिमिरे रहेका छन् । आफु खुसी ४८ ओटा रुख काटेर मनोमानी ढंगले उपभोक्तालाई वितरण गरेको अध्यक्ष घिमिरेमाथी आरोप छ । उपभोक्तलाई वितरण गर्दा समेत रसिद पनि नकाटी ४०,५० हजारका दरले रकम उठाएको आरोपमा उनलाई पक्राउ गरेको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जनाएको छ । वनमा रुख कटानको लागी सामुदायिक वन उपभोक्ता समुहले जिल्ला वन कार्यालयबाट स्विकृत गराई कार्यालयको छपान र कटानको आदेश लिएर मात्र रुख कटान गर्न पाउने ब्यवस्था रहेको छ भने काठ काट्नु पर्दा हरेक पटक छुट्टै अनुमती लिनु पर्ने वन ऐन र नियमावली रहेको छ । वन ऐन ०४९ र वन नियमावली ०५१ अनुसार विधान र वन ब्यवस्थापनका लागि कार्ययोजना वनाएर जि...
बयानका लागी पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

बयानका लागी पूर्वगृहमन्त्री खाँणलाई सरकारी वकिलको कार्यालय लगियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १ । नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानकालागी सरकारी वकिलको कार्यालय लगिएको छ । सोमबार खाँणलाई बयानका लागी सरकारी वकिलको कार्यालय बबरमहल लगिएको हो । नक्कली भुटानी शरणर्थी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि गत बैशाख २७ गते खाँणलाई प्रहरीले पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धानका लागि अदालतबाट आइतबार चार दिनको म्याद थप गरिएको थियो।...
गाईघाटमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ

गाईघाटमा चोरीको मोटरसाईकल सहित एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ १ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा चारीको मोटरसाईकल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ बस्ने २८ बर्षीय राकेश चौधरी रहेका छन् । गएको बैशाख १४ गते त्रि.न.पा १२ बस्ने मुना राउतको घर बाहिर पार्कीङ गरेर राखेको स.९ प. ४४०७ नम्बरको रातो कालो रंगको १५० सि.सि.को पल्सर मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बैशाख ३० गते चौधरीलाई मोटरसाईकल सहित पक्राउ गरेको हो । चौधरीले चोरी गरेको उक्त मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बा. ६ प. ३१७२ बनाएर आफ्नै घरमा लुकाई छिपाई राखेको अवस्थामा मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उदयपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धा...
लागुऔषध गाँजा सहित गाईघाटबाट एक पूरुष पक्राउ

लागुऔषध गाँजा सहित गाईघाटबाट एक पूरुष पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ३० । उदयपुरमा लागुऔषध गाँजा सहित एक पूरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रौतामाई गाँउपालिका ८ का ४९ बर्षीय डिक बहादुर मगर रहेका छन् । गाँजाको ओसार पोसार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा मगरलाई बिहिबार दिउँसो गाईघाट बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरको साथबाट प्रहरीले ८ केजी ५८१ ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका मगरको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
कटारीमा दुई दिने वृहत निःशूल्क स्वास्थ्य शिविर

कटारीमा दुई दिने वृहत निःशूल्क स्वास्थ्य शिविर

Breaking News 2, समाचार
पूर्णपुष्टि,वैशाख २६ । उदयपुरको कटारी नगरपाकिलामा दुई दिने वृहत निःशूल्क स्वास्थ्य शिविर सुरु भएको छ । बंगलवार नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले विहान शिविरको औपचारीक उद्घाटन गर्दै उक्त शिविर सुरु गरिएको हो । शिविरमा काठमाडौं मेडिकल कलेज ,सिनामंगल काठमाडौं र नोबेल मेडिकल कलेज , विराटनगरको प्राविधिक सहयोग रहेको छ । कटारी नगरपालिकाद्धारा आयोजिन उक्त शिविरमा मुटु, नशा, जनरल, प्रसुती तथा स्त्री, हाडजोर्नी, नाक कान घाँटी, छाला तथा यौन रोगको विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा निशुल्क रहेको छ । त्यसैगरी शल्यकृया, आँखा,बालरोग, दन्तरोग, मुटु जाँच ईसिजी, ईको मुटुको विशेष जाँच, भिडियो एक्सरे र ल्याब सम्बन्धि उपचार भईरहेको छ । उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्य, शिक्षा, शुसासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।“स्वास्थ्यलाई प्रभावकारी बनाउन सुधार सहित कटारी ...