Monday, July 13News That Matters

Breaking News 2

उदयपुर डान्स च्याम्पियन २ को सबसे राम्रो काम भोटिङ सिस्टम हटाइयो, उदयपुरबाट यो कामको सुरुवाती उदयपुरका नृत्य निर्देशक संघका अध्यक्ष प्रेमजंग किराँतीले गरे

Breaking News 2, भिडियो, मनोरञ्जन, साहित्य
https://youtu.be/KUMwEftdG9w माघ २६, २०८२
विनापैसा नेपाल भ्रमण पुरा गरेकी नेपाली चेली सितालाइ उदयपुरगढी गाउँपालिकाकाे सम्मान

विनापैसा नेपाल भ्रमण पुरा गरेकी नेपाली चेली सितालाइ उदयपुरगढी गाउँपालिकाकाे सम्मान

Breaking News 2, ट्रेन्डिङ, मनोरञ्जन, रोचक, समाचार
पूर्णपुष्टि, माघ २५ । उदयपुर बिना पैसा नेपालको ७७ जिल्ला भ्रमण गरेकी नेपाली साहसी चेलीलाई उदयपुरको उदयपुरगढी गाउँपालिकाले आज सम्मान गरेको छ । सात महिना १३ दिनमै पुरै नेपाल भ्रमण गरेकी सीता राईलाई उनको आफ्नै गृह गाउँपालिका उदयपुरगढीले सम्मान गरेको हो । उदयपुरगढीको वडा नम्बर ८ मा घर भएकी साहसी नेपाली चेली सीताले गाउँपालिकाका साथै जिल्ला र सिङ्गो देशकै नाम उच्च बनाएकोमा सम्मान गरेको हो । उनी नारी साहस र नारी सशक्तताको प्रतीक बनेकी छिन् । गृह जिल्ला उदयपुरबाट झापा पुगेर सुरु गरेकी बिना पैसा नेपाल भ्रमण, पहाडी र हिमाली क्षेत्रका जिल्लाहरू पुग्दै तराईको सप्तरीमा आएर यात्रा पूरा गरेकी थिइन् । यसै सालको असार ९ गतेबाट सुरु गरेको भ्रमण गत माघ २१ गते पुरा गरेर गृह जिल्लाआइपुगेकी छिन् । .यसै अवसरमा गढी गाउँपालिकाले उनलाई आज सम्मान गरेको हो। उनलाई गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का र प्रमुख प्र...

मास्टरदेखि खेलाडीसम्म, वकिलदेखि नेतासम्म, जन्मेदेखि नयाँ जीवन पाएसम्म : बलदेव चौधरी

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/D1q7tUkW3Y4?si=NfAufyiPDfaiU-Np
माघ २६ देखी कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाईने

माघ २६ देखी कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भी खोप लगाईने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, माघ २३ । उदयपुरमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ह्युमन पापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस पटक जिल्लाभरका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने जानकारी दिएको छ । यसैगरी गत वर्ष छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीलाई पनि सोही कार्यक्रम अन्तर्गत खोप लगाइने कार्यालयले जनाएको छ । खोप सुपरभाइजर चिरञ्जीवी निरौलाका अनुसार जिल्लाभरि गत वर्ष छुटेका २९३ सहित तीन हजार ८४८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाइनेछ । जिल्लाका आठ स्थानीय तहमा रहेका २०४ सामुदायिक र ८२ संस्थागत गरी जम्मा २८७ विद्यालयका किशोरीलाई खोप दिइने उनले बताए । यसका लागि ३४...
देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच उदयपुरमा प्रतिष्पर्धा हुने : नेपालकाे इतिहासकै उत्कृष्ट प्रतियाेगिता

देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच उदयपुरमा प्रतिष्पर्धा हुने : नेपालकाे इतिहासकै उत्कृष्ट प्रतियाेगिता

Breaking News 2, खेलकुद, समाचार
२३ माघ, २०८२ । उदयपुर उदयपुरमा नेपालको इतिहासमै पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा आगामी फागुन १ देखि ९ गतेसम्म थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका लागि मुख्य आर्थिक सहयोग फिफाको रहनेछ । नेपालमा महिला फुटबलको प्रगतिले अग्रगति लिएको र सम्भावना बढेर गएको, यसै कुरालाई मध्येनजर गर्दै फिफाले यस प्रतियोगितामा आर्थिक लगानी गरेको महासचिव राईले बताए । उपाधी विजेता र उपविजेताले क्रमशः ७ लाख पाँचहजार र ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक गाईघाट फुटबल क्लब र न्युरोड टिमबी...
नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस सिरहा कै पोल्टामा

नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस सिरहा कै पोल्टामा

Breaking News 2, खेलकुद, समाचार
२२ माघ, २०८२ । उदयपुर एघारौँ नारदमुनि थुलुङ स्मृति गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन सहलेस क्लब सिराहाले नै हात पारेको छ। द यङ ब्रदर्स क्लब सुनसरीलाई २ को विरुद्ध ५ गोल गर्दै सहलेस दोस्रो पटक पनि च्याम्पियन बनेको हो । द यङ ब्रदर उपविजेता बनेको छ। जितसँगै सहलेसले नगद ५ लाख रुपैयाँ उपविजेता यङ ब्रदर सुनसरीले ३ लाख प्राप्त गरेको छ। विजेतालाई चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र नेपाल प्रहरीका पूर्व एआइजी  टेक प्रसाद राईले पुरस्कार प्रदान गर्नुभयो । खेलको १ मिनेटभित्रमै सहलेसका जर्सी नम्बर ५ का विदेशी खेलाडी अब्दुलले पहिलो गोल गरेका थिए। उनले खेलको ६४ औँ मिनेटमा अर्को १ गोल थपेका थिए । सहलेसका लागि अर्को गोल २२ औँ मिनेटमा जर्सी नम्बर १० का विकी चाम्लिङ राईले गरेका थिए। उनैले ८२ औं मिनेटमा एकगोल थपे । खेलको ३८ औँ मिनेटमा जर्सी नम्बर १३ का अनिल पाँचे मगरले गोल गरे । खेलको तीसौँ...
उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुँदै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, माघ २३ । सुनिल राई÷गाईघाट ।  उदयपुरमा पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । बिहिबार थारुहट रङ्गशालामा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले यही फागुन १ गतेदेखि हुने राष्ट्रिय स्तरको एन्फा वुमेन्स च्याम्पियनसिप प्रतियोगिता नेपालको इतिहासमै पहिलोपटक हुन गइरहेको जानकारी दिए । महासचिव राईले यस प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूको सहभागिता रहेको जनाएका छन् । यस प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियल, एपीएफ फुटबल क्लब, आरयस रिसोर्ट युनाइटेड, छरी वाइसी र संकटा फुटबल क्लबको सहभागिता रहेको छ । यस प्रतियोगिताको उद्घाटन खेल गाईघाट फुटबल क्लब र न्युरोड टिम बीच हुनेछ । १ गतेबाट सञ्चालन भएको यस प्रतियोगिता फागुन ९ गते सम्म सञ्चालन हुनेछ । यस...
रास्वपा वरिष्ठ नेता बालेन्द्र साह उदयपुरमा घण्टी बजाउदै, समर्थकलाई हात हल्लाउदै हिड्दै

रास्वपा वरिष्ठ नेता बालेन्द्र साह उदयपुरमा घण्टी बजाउदै, समर्थकलाई हात हल्लाउदै हिड्दै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/ २२ माघ, २०८२ । उदयपुर चुनावी अभियानमा देश दौडाहामा रहेका राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उदयपुरका कार्यकर्ता र समर्थकहरूलाई आज भेटेका छन् । उनले उदयपुरको दुवै निर्वाचन क्षेत्रका चुनाव प्रचारप्रसार तथा सम्पर्क कार्यालयहरूमा घन्टी बजाउँदै कार्यकर्ता र समर्थकहरुलाई हात हल्ल्याउँदै हिँड्ने काम गरेका छन् । काहीँ पनि सम्बोधन गरेका छैनन्। उदयपुरको बेलकाको रामपुर, चौदण्डीगढीको बसाहा, बेल्टार, त्रियुगाको गाईघाट र कटारीको कटरी बजारमा यसो गरेका हुन्। उनलाई हेर्न समर्थकहरूको ठूलो भीड देखिएको छ। उनको सुरक्षामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रह्यो। हिजो नै उदयपुर आउने भनियो भने अस्वस्थताको कारण देखाउँदै उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी पुलको कोसी प्यालेसमा बास बसेका थिए । हिजो उनले सप्तकोशीमा बोटिङ गर्दै धार्मिक स्थल बराहा क्षेत्र र किराँत आस्...
उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन ‎

उदयपुर – १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोकालाई एक दलकाे समर्थन ‎

Breaking News 2, राजनीति, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुर निर्वाचन क्षेत्र न‌‍ १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण राेका)ले एक राजनीतिक दलकाे चुनावी समर्थन पाएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी संयुक्तले डा. देवराज रोकालाई समर्थन जनाएको हो । निर्वाचनमा भाग लिएको सो पार्टीले अन्य जिल्लामा उम्मेदवार उठाए पनि उदयपुरमा पार्टीको उम्मेदवार मनोनयन नगरिएकोले स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन जनाएको आज जारी विज्ञप्तिमा जनाएकोछ । डा. रोका बौद्धिक व्यक्तित्व, लामो समय मार्क्सवादी राजनीतिक आन्दोलनमा रहेकाले उनलाई विजय गराउन प्रचारप्रसारदेखि सम्पूर्ण निर्वाचन कार्यक्रममा सहभागी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले समानुपातिकतर्फ भने आफ्ना उम्मेदवार कुलबहादुर बस्नेतलाई चुनाव चिन्ह हसियामा मतदान गर्न अपिल गरेको छ । पार्टीका जिल्ला संयोजक यादव पोखरेलले भ्रष्टाचार र वेथितिको विरुद्धमा पार्टी लागेको, पा...
नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

नारदमुनी थुलुङ गोल्डकप : सहलेस क्लव सिरहा फाइनलमा, २२ गते द यङ ब्रदर्स क्लब सुनसरीसँग फाइनल खेल्ने

Breaking News 2, खेलकुद, समाचार
२० माघ, २०८२ । उदयपुर उदयपुरको बसाहामा जारी नारदमुनि थुलुङ स्मृति गोल्डकपको आजको अन्तिम सेमीफाइनल खेलमा सहलेस युवा क्लब सिराहाले  एपीएफ काठमाडौँलाई ० को विरुद्ध १ गोल गर्दै फाइनल पुगेको छ । सहलेसका जर्सी नम्बर १० का खेलाडी बिकी चामलिङ राईले २६औ मिनेटमा पहिलो गोल गरे । सोही गोल जितका लागि निर्णायक गोल बन्यो । खेलको पुरै अवधि एपिएफले गोलको प्रयास गरेपनि विफल रह्यो । तीन विदेशी खेलाडी सहितको सालेसको सुरुदेखि नै दबदबा थियो । आजको म्यान अफ दि म्याच सहलेसका गोलकर्ता जर्सी नम्बर १० का विकि चाम्लिङ राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कारसहित ट्रफी पाए। २२ गते फाइनल खेल द यङ ब्रदर्स क्लब सुनसरी र सहलेस क्लब सिराहा बीच हुनेछ । सहलेश डिफेन्डिङ च्याम्पियन हो । गत बर्ष झापा ११ लाई पराजित गरी च्याम्पीयन बनेको थियो ।...