Monday, July 13News That Matters

Breaking News 2

आर्मी र सशस्त्र दुबैको उपाधीमाथी दावी : एन्फा उमन्स च्याम्पियनशिप

आर्मी र सशस्त्र दुबैको उपाधीमाथी दावी : एन्फा उमन्स च्याम्पियनशिप

Breaking News 2, Breaking News Video, खेलकुद, समाचार
८ फागुन, २०८२ । उदयपुर उदयपुरको थारुहट रंगशालामा भोली (फागुन ९ गते) हुन गईरहेको एन्फा उमन्स च्याम्पियनशिपको फाईनलिस्ट नेपालका विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी क्लव दुबैले जीतको दावी गरेका छन् । आज फाईनल तयारी बारे गरिएको पत्रकार सम्मेलनमा दुबै टिमका कोच तथा क्याप्टेनहरुले यस्तो दावी गरेका हुन् । नेपाल आर्मीका टिमकोच राजु तामाङले आर्मीले निकै प्रतियोगितामा उपाधी चुम्ने अवसर गुमाएकाले यो अवसरलाई सतप्रतिशत सदुपयोग गर्ने बताए । जीतका लागि खेलाडी टिम शारीरिक तथा मानशिक दुबै हिसावले तमतयार रहेको उनले बताए । “हामीलाई जीत पक्का गर्नुछ । यो उपाधी कुनै पनि हालतमा नगुमाउने भन्ने हाम्रो रणनीती बनेको छ ।” उनले भने । यसपटकको टिम पूर्णरुपले आत्मविश्वास भरिएको र फाईनलसम्म आइपुग्दाको खेलले उच्च मनोबल आर्जन गर्न सफल रहेकोले जीतको नजिक रहको आर्मीकी टिम क्याप्टेन सुनिताकुमारी चौधरीले बत...
एपिएफ एन्फा उमन्स च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागी आर्मीसँग भिड्ने

एपिएफ एन्फा उमन्स च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागी आर्मीसँग भिड्ने

Breaking News 2, खेलकुद
सुनिल राई, गाइघाट÷फागुन ७ । उदयपुरको थरुहट रंगशाला गाइघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको फाइनलमा एपिएफ प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा संकटा फूटवल क्लबलाई ० गोलको विरुद्ध ३ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको सुरुवाती १० औं मिनेटमा जर्सी नं १९ की रष्मी कुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् भने त्यस लगत्तै २ मिनेटमा जर्सी नं १५ की अनिता केसीले गोल गर्दै अग्रता दोब्बर बनाइन् । ८७ मिनेटमा जर्सी नं १२ का गिता रानाले गोल गर्दै एपिएफलाई सहज जित दिलाईन् । पहिलो हाफमा २–० को अग्रतालाई सशस्त्रले कायम गर्न सफल भयो भने संकटाले जवाफी गोल गर्न सकेन । दोस्रो हाफको ४२ मिनेटमा सशस्त्रकी जर्सी नम्बर १२ की गीता राणाले तेस्रो गोल गर्दै टिमलाई सहज जित दिलाईन् । विदेशी खेलाडी सहितको टिम सङ्कटाले दोस्रो हाफमा सशस्त्रमाथि केहीबेर दबाब सिर्जना गरे...
त्रिभुवन आर्मी क्लब एन्फा उमन्स च्याम्पियनसिपको फाईनलमा

त्रिभुवन आर्मी क्लब एन्फा उमन्स च्याम्पियनसिपको फाईनलमा

Breaking News 2
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन ६ । उदयपुरको थरुहट रंगशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको फाईनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लबलाई शुन्य गोलको विरुद्ध १ गोलले हराउँदै त्रिभुवन आर्मी क्लबले फाईनलको यात्रा तय गरेको हो । खेलको सुरुवाती ७ औँ मिनेटमा आर्मीका लागी जर्सी नं. १५ की बिमला चौधरीले गरेको गोल नै जितका लागी निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच आर्मीका जर्सी नं. ३२ की दिपा शाही बनिन् । उनले नगद रु. ७ हजार ५ सय सहित मेडल र फ्लेक्स प्राप्त गरिन । पहिलो हाफमा १ गोलको अग्रता लिएको आर्मीले खेल सकिँदासम्म कायम राख्न सफल भएको हो । पुलिसले खेलको अन्तिम सम्मै प्रयास गरेपनि गोल गर्न सकेन । आज विभागीय टिमको खेल हेर्न दर्शकको भिड बढेको थियो । भोलीको खेल पनि रोचक र प्रतिष्पर्धी हुने आयोजकको दावी छ । भोली एपिएफ र सं...
एन्फा उमन्स च्याम्यिनसिपको पहिलो सेमिफाईलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

एन्फा उमन्स च्याम्यिनसिपको पहिलो सेमिफाईलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन ६ । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनसिपको सेमिफाईनल खेल आजदेखी सुरु हुदैँछ । दिउँसो साढेँ ३ बजे देखी हुने पहिलो सेमिफाईनल खेलमा विभिगीय टोली नेपाल पुलिस क्लबको विरुद्ध त्रिभुवन आर्मी क्लब भिड्दैछन् । जारी च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले एफसी रियलाई १०–० गोल अन्तरले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको हो भने त्रिभुवन आर्मी क्लबले न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । एफसी रियल विरुद्धको खेलको पहिलो हाफमा ६ गोल गरेको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको थियो । पुलिसका लागी जर्सी नं. ९ की रेखा पौडेलले डब्बल ह्याट्रिक गरेकी थिइन् । त्यस्तै पुलिसका लागी जर्सी नं. ३४ की मिना देउवा र जर्सी नं. २ की पुजा राणा मगरले २–२ गोल गरेकी थिइन् ।न्युरोड टिम विरुद्धको पहिलो हाफमा १ मात्र गोल गरेको आर्मीले दोस...
एन्फा उमन्स च्याम्पियनसिप:अनआरटीको पोष्टमा आर्मीको ६ गोल

एन्फा उमन्स च्याम्पियनसिप:अनआरटीको पोष्टमा आर्मीको ६ गोल

Breaking News 2, समाचार
सुनिल राई÷गाईघाट, ४ फागुन । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आज भएको खेलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा जर्सी नं. ८ कि जेनिफर रानाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खाता खोलेकी थिईन् भने खेलको ५९ र ६१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन । त्यस्तै खेलको ७२ औँ मिनेटमा थप एक गोल गर्दै चौथो गोल गरिन । आर्मीका लागी जर्सी नं. ७ कि सपना लामाले खेलको ८१ र ९० औँ मिनेटमा गोल गरिन् । न्युरोड टिमको तर्फबाट जर्सी नम्बर १३ कि कविता गुरुङले खेलको ३४ औँ मिनेटमा एक मात्र गोल फर्काउन सफल भइन । भोलिको खेलमा संकटा फुटबल क्लबले चर्च बोईजको सामना गर्नुपर्नेछ । चर्च बोइजले छहरी युथ क्लबलाई जितर आएको हो । हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ स...
एन्फा उमन्स च्याम्पियन : पहिलो हाफमा एपीएफ को ७ गोल, आरएस रिसोर्ट सुन्य

एन्फा उमन्स च्याम्पियन : पहिलो हाफमा एपीएफ को ७ गोल, आरएस रिसोर्ट सुन्य

Breaking News 2, खेलकुद, समाचार
३ फागुन २०८२ ।उदयपुर उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनमा आज सशस्त्र प्रहरी ( APE ) र आर एस रिसोर्ट वीचको खेलमा पहिलो हाफमै एपीएफले सात गोल गर्यो। खेलको २३ मिनेटमा गोल गरेकी < .एपीएफसी जर्सी नम्बर १९ की रश्मी कुमारी घिसिंङले ३५ मिनेट र ४५ मिनेटमा थप दुई गोल गरी पहिलो हाफमै ह्याट्रिक गरिन् । एपीएफकी जर्सी नम्बर १५ का अनिता केसीले ७ मिनेटमा पहिलो गोल गरीन, १० मिनेटमा जर्सी नम्बर ८ कि सरु लिम्बुले गोल गरिन्, १९ मिनेटमा जर्सी नम्बर २१ कि निशा थोकरले गोल गरिन । ३१ मिनेटमा जर्सी नम्बर १२ की गीता राणाले गोल गरी हाफ टाइम अगाडि टिमको ७ गोलमा योगदान गरिन् ।...
एन्फा वुमेन्स च्याम्पियनसिप : रियलको पोष्टमा पुलिसको १० गोल

एन्फा वुमेन्स च्याम्पियनसिप : रियलको पोष्टमा पुलिसको १० गोल

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई÷गाइघाट, फागुन २ । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा वुमेन्स च्याम्यिनसिपमा शनिवार भएको खेलमा एफ सी रियलको पोष्टमा नेपाल पुलिस क्लबले १० गोल गरेको छ । खेलको पहिलो हाफमा ६ गोल गरेको पुलिसले दोस्रो हाफमा ४ गोल थपेको हो । पुलिस क्लबका लागी जर्सी नं. ९ की रेखा पौडेलले डब्बल ह्याट्रिक गरिन् । खेलको ११, १२ र ४५ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी उनले पहिलो हाफको इन्जुरी समयको २ औँ मिनेटमा पुन १ गोल गर्दै ४ गोल गरिन् । पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेकी उनले खेलको ७२ र ७७ औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पुरा गरिन् । त्यस्तै पुलिसका लागी जर्सी नं. ३४ की मिना देउवाले २ गोल गरिन् भने जर्सी नं. २ की पुजा राणा मगर र जर्सी नं. २९ की बिर्सना चौधरीले १–१ गोल गरिन् । आजको खेलको म्यान अफ दि म्याच पुलिसकी छ गोल गर्ने रेखा पौडेल भइन् । एफसी रियल विरुद्ध नेपाल पुलिस कडा रू...
वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उदयपुरगढी प्रथम

वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा उदयपुरगढी प्रथम

Breaking News 2, आर्थिक, समाचार
१ फागुन, २०८२ । उदयपुर उदयपुरको उदयपुरगढी गाउँपालिका  वित्त आयोगको कार्य सम्पादन मुल्यांकनमा जिल्लामा पहिलो बनेको छ । ७१.४६ नम्बरका साथ उदयपुरगढी गाउँपालिका उदयपुर जिल्लाको आठ पालिकामध्ये पहिलो बनेको हो । उदयपुरगढीले चालुतर्फ कुल ४२ करोड ९२ लाख ६६ हजार ३६३ मा ३८. ८६ प्रतिशत खर्च १६ लाख ६८ हजार ०९२.८४ खर्च % ३८.८६ भएको छ । पुजीगत तर्फ कुल २७ करोड १० लाख ९१ हजारमा  १९. ५४ प्रतिशत  ५ करोड २९ लाख  ७३ हजार ५०६ रुपैयाँ खर्च भएको छ। कटारी ६७.७९, बेलका नपा ५३, चौदन्डीगढी नपा ४९.२४, त्रियुगा नपा ५०.३५ नम्बरमा हुँदा गाउँपालिका तर्फ रौतामाई ६४.०९, लिम्चुङ्बुङ ५२.५६ र ताप्ली ६३.३६ नम्बर आएको छ । प्राप्त नम्बरको आधरमा कटारी दोस्रो, रौतामाई तेस्रो बनेको छ।...
एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु, न्यु रोडको विजयी सुरुवात

एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु, न्यु रोडको विजयी सुरुवात

Breaking News 2, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, फागुन १ । उदयपुरमा आजदेखि राष्ट्रिय स्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु भएको छ । गाईघाटस्थित थरुहट रङ्गशालामा भएको उद्घाटन खेलमा सहआयोजक गाईघाट फुटबल क्लबलाई ० गोलको विरुद्ध २ गोल गर्दै न्यु रोड फुटबल क्लब काठमाण्डौँले विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफको अतिरिक्त समयको २ मिनेटमा जर्सी नम्बर ११ कि प्रतीक्षा ठकुरीले गोल गर्दै न्युरोड फुटबल क्लबलाई अग्रता दिलाएका थिइन् भने खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर ८ कि सुशीला केसीले न्युरोडको लागि दोस्रो गोल गर्दै गरिन् । यस खेलको म्यान अफ द म्याच न्यु रोडकी जर्सी नम्बर ११ कि प्रतीक्षा ठकुरी बनिन् । उनले नगद रु। ७ हजार ५०० प्राप्त गरिन् । भोलि बिहान साढे ११ बजे पुलिस फुटबल क्लब विरुद्ध फुटबल क्लब रियल बीच दोस्रो खेल हुनेछ भने दिउँसो ३ बजे छहरी युवा फुटबल क्लबको विरुद्ध चर्च वाइज फुटबल क्लब ब...
नारदमुणि थुलुङ स्मृति गोल्डकप ऐतिहासिक रेकर्ड : १९ लाख नाफा

नारदमुणि थुलुङ स्मृति गोल्डकप ऐतिहासिक रेकर्ड : १९ लाख नाफा

Breaking News 2, खेलकुद, समाचार
२७ माघ, २०८२ । उदयपुर नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको यो संस्करणले ऐतिहासिक सफलता र नाफा रेकर्ड राखेको छ । गत माघ १५ देखि २२ गतेसम्म उदयपुरको बसाहामा सञ्चालन भएको एघारौँ संस्करणले १९ लाख रुपैयाँ नाफा पाएको रेकर्ड राखेको हो । आज नारदमुनि थुलुङ रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी आयव्ययसहितको प्रगती प्रतिवेदनसहित सार्वजनिक गरियो । गोल्डकपले ४२ लाख १९ हजार ६३६ रुपैयाँ आम्दानी गरेको, जसमा २३ लाख १९ हजार १२३ खर्च भएको र १९ लाख ५१३ रुपैयाँ नाफा भएको जनाइएको छ । यो उदयपुरकै खेलकुद इतिहासमा ठूलो मात्रामा नाफाको रेकर्ड हो । “खेलको सफलतासंगै ठूलो मात्रामा नाफा पनि पाएका छौं । यो उदयपुरको खेलकुद इतिहासमा खास रेकर्ड हो ।” कार्यक्रम संयोजक सिद्धिराज राईले भने । विजेताले ५ लाख, उप विजेता ३ लाख र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्दा आठ लाख ६७ हजार खर्च भएको छ भने व्...