सरकारको जिरो लगानीमा युवाहरूले बाघचौरीमा गरे बाघको प्रतिमा निर्माण
पूर्णपुष्टि/उदयपुर ११ फागुन, २०८२
जेनजी आन्दोलनपछि जागरुक बनेका उदयपुरको त्रियुगा नगरपालिका -८ खाटमन्दिर बाघचौरीका युवाहरूले उदाहरणीय काम प्रस्तुत गरेका छन् ।
खाटमन्दिर चौक सचेत युवा समूहले आफ्नो ठाउँको नाम र शान उच्च बनाउन बाघको प्रतिमा निर्माण गरी आज उद्घाटन गरे । बाघ जङ्गलको गहना, संरक्षित जनावर हो । यो संगै बाघकै नामबाट आफ्नो ठाउँको नामाकरण बागचौरी रहेकाले<span;> युवाहरूले आफ्नै पहल प्रयासबाट बाघको प्रतिमा निर्माण गरेर उदाहरणीय काम प्रस्तुत गरेका हुन् ।
बाघचौरीमा बाघ निर्माण गर्ने काम र सोचलाई युवाहरूले पूरा गरेका हुन् । बाघको प्रतिमा निर्माणले गाउँको नाम र गाउँको शोभा थप झल्किएको जेनजी युवा अगुवा निमेश राईले बताए ।
सरकारको एकै रुपैयाँ लगानीबिना युवाहरूको पहल तथा अगुवाइमा बाघको प्रतिमा निर्माण गरिएको हो । स्थानीय तथा देशविदेशमा रहेका युवा तथा सहयोगी मनहरूको आर्थिक सहयोगबाट ...





