५७ औँ राष्ट्रिय वाल दिवसको अवसरमा १३ नं वडामा बृहत कार्यक्रम
पूर्णपुष्टि, भदौ २९बिभिन्न कार्यक्रमको आयोजना सहित १३ नं वडामा राष्ट्रिय वालदिवसको आयोजना गरिएको छ । १३ नं वडा स्थरी वाल समूह संञ्चालको आयोजना र १३ नं वडाको आर्थिक सहयोगमा बाल दिवस मनाइएको हो ।हरेक बर्षका भदौ २९ गते मनाईदैँ आएको राष्ट्रिय वाल दिवस नेपालका भिन्न ठाउँहरुमा बालबालिका सम्बन्धि बिभिन्न कार्यक्रमको साथमा मनाइने गरिन्छ ।मंगलबार वडाको लक्ष्मिपुर स्कुलको प्राङगनमा वालवालिकाको सम्बन्धित क्षेत्रहरु स्थानीय सरकार, शिक्षक, अबिभावक, टोल विकास संस्था र विद्यार्थी सहितको बृहत उपस्थितिमा सांस्कृति कार्यक्रम र बतृत्वकला प्रतियोगिता गरी राष्ट्रिय वाल दिवस भव्यताका साथ मनाइएको संजालका अध्यक्ष सफल गुरागाईले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष पशुपती चौधरीले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन सँगै अध्यक्ष चौधरीले वालवालीकाको क्षेत्रमा १३ नं वडा...









