Thursday, August 27News That Matters

Breaking News 2

क्रेनले किचेर एकजनाको मृत्यु

क्रेनले किचेर एकजनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ४ झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोलको भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार बेलुका पौने ६ बजे सुखानीबाट टाईटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेनले किचेर साहको ज्यान गएको हो । साहा मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसवागढी कन्ट्रक्सनको कामदार रहेका प्रहरीले जनाएको छ । गाडीको पछाडी साइडको भागमा चढेर बसेको अवस्थामा क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो । क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ बर्षीय मुकेश चौधरी ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
कमेडि च्याम्पियन बिजेता भरतमणीले पाए २५ लाख नगद र कार

कमेडि च्याम्पियन बिजेता भरतमणीले पाए २५ लाख नगद र कार

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज ३ ताप्लेजुङका भरतमणी पौडेलले कमेडी च्याम्पियन सिजन २ को उपाधि जितेको छ । च्याम्पियन बाट पौडेलले नगद रु २५ लाख र कार पाएका छन् । शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै भरतमणी पौडेल कमेडि च्याम्पियन सिजन २ को बिजेता बने । विशेषगरी उत्कृष्ट २४ को राउन्ड शुरु भएपछि भरतमणिको चर्चा हुन थालेको थियो । भरतमणिले विभिन्न नेता, कलाकार, भाइरल व्यक्तिहरुको क्यारिकेचर गरेपछि चर्चा कमाएका थिए । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा, पूर्वयूवराज पारस शाह, पुण्य गौतम लगायतको क्यारिकेचर गरेपछि भरत चर्चामा आएका हुन् । यस्तै, फस्टरनर अप भएका सिक्किमका बिक्की अग्रवालले बाइक प्राप्त गरे भने सेकेन्ड रनरअप भएका गोरखाका सन्तोष थापाले स्कुटी पुरस्कार पाएका छन् । उपाधि जितेपछि भरतमणिले भने–‘यो कमेडी क्षेत्रलाई मन पराउने दर्शकको जित हो । फाइनलमा मलाई मात्र होइन बिक्की दाइ र सन्त...
बँदेलाई थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

बँदेलाई थापेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २ छिमेकीले बँदेललाई थापेको पासोमा परी एकै परिवारको ३ जनाको मृत्यु भएको छ । बर्दिया स्थित बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए । एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।  ...
उपत्यकाबाट दशैँको लागि बाहिरिनेहरुलाई १० गते बाट अग्रिम टिकट बुकिङ

उपत्यकाबाट दशैँको लागि बाहिरिनेहरुलाई १० गते बाट अग्रिम टिकट बुकिङ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १आसोज १० गते बाट दशैँको लागि उपत्यका बाट बाहिरिनेहरुलाई अग्रिम टिकटको व्यवस्था गरिएको छ । बिभिन्न कामको शिलशिलामा रहेको उपत्यका बाहिरकाहरुलाई अग्रिम टिकटको लागि १० गते बाट खुलाईने व्यवस्था गरेको हो ।यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले ‘प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरिरहेको बताए छ । भाडा नबढेसम्म हामीले बुकिङ खुल्ला नगर्ने अडान लिएका थियौं । यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै हामीले बुकिङ खुल्ला गर्ने निर्णय गरेका छौं,’ नेपालले भने । प्रदेश सरकारले बढेको भाडा कार्यान...
एकै दिनमा ४ सवारी दुर्घटना चारको मृत्यु, पाँच घाईते

एकै दिनमा ४ सवारी दुर्घटना चारको मृत्यु, पाँच घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १प्रदेश नं १ मा शनिवार भएको बिभिन्न ४ सवारी दुर्घटनामा ४ को मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसार हिजो दिउसो पौने ११ बजे मोरङ बुढीगंगा गाऊपालिका ३ कोशीराजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक सहित ४ जना घाईते भएको थियो । घाईते मध्य ३० बर्षिया बेलबारीकी चन्द्रकला राईको बिराट मेडिकल कललेज गंगा चौकमा उपचारको क्रममा ज्यान गयो । त्यसैगरी कार चालक बेलवारी १ का ३८ बर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गिता लिम्बु, ५५ बर्षीया कानी धिमाल घाईते भएका छन् । घाईते सबैको उपचार भईरहेको छ ।यसैगरी झापामा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ८ बजे झापा मेचिनगर नगरपालिका १२ कालीझोडा स्थित पुर्व(पश्चिम राजमार्गमा को २०प ४ नम...
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १ भोजपुर आमचौक गाऊपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हिजो दिउसो १२ बजेको समयामा आमचौक १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको थियो । घटना बारे स्थानियबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र ईलाका प्रहरी कार्यालय घोडेटरबाट खटेको प्रहरी टोलीले खोजतलास गरी बेलुका सभा ४ बजे मृत अबस्थामा परियारको लास फेला परेको थियो । घटना सम्बन्धमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटि गएको छ ।...
भरुवा बन्दुक सहित एक जना पक्राउ

भरुवा बन्दुक सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १मोरङ मिकल्लाजुङ गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको छ ।...
माधव नेपालको केन्द्रीय पार्टी कार्यालय बानेश्वरमा, भाडा मासिक ३ लाख २५ हजार

माधव नेपालको केन्द्रीय पार्टी कार्यालय बानेश्वरमा, भाडा मासिक ३ लाख २५ हजार

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय पार्टी कार्यालय बानेश्वरमा राखिएको छ । बानेश्वर स्थित आलोकनगरमा रहेको पार्टी कार्यालयको उद्घाटन शुक्रबार पार्टीका अध्यक्ष माधव कुमार नेपाले गर्नुभयो ।चार तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन् । माथिल्लो तलामा हल बनाउने काम भइरहेको छ । एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिए ।...
आज सुनको मुल्यमा भारी गिरावट

आज सुनको मुल्यमा भारी गिरावट

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १शुक्रबार सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ ।चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय प्रतितोलामा कारोबार भइरहेको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।...
कार दुर्घटनामा परी बेलबारीकी चन्द्रकला राईको मृत्यु

कार दुर्घटनामा परी बेलबारीकी चन्द्रकला राईको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३१मोरङमा भएको कार दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मोरङको बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको चार जना सवार रहेको बा ११ च १५७१ नम्बरको कार कोसी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ मा दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको हो ।मृत्यु हुनेमा बेलबारी नगरपालिका–१ की ३० वर्षीया चन्द्रकला राईको मृत्यु रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको छ ।कार आफै अनियन्त्रित भएर पायनीयर उद्योगअगाडिको बिजुलीको पोलमा ठोक्किएर बिहान ११ः३० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।...