Thursday, August 27News That Matters

Breaking News 2

उदयपुरको बेलकामा स्कुटरले ठक्कर दिँदा एक बृद्धको मृत्यु

उदयपुरको बेलकामा स्कुटरले ठक्कर दिँदा एक बृद्धको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा ६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढेँ ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.लाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।    ...
वडा कार्यालयको शौचालयमा शव भेटियो

वडा कार्यालयको शौचालयमा शव भेटियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १० वडा कार्यालयको शौचालयमा एक पुरुषको लाश फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका–८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको हो । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुनसकेको छैन । स्थानीयले लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको बताएका छन् । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।...
सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

सुनसरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ९ सुनसरी ईटहरी उपमहानगरपालिका (३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने देवी प्रसाद अधिकारीलाई पक्राउ गरिएको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको छ ।...
गाईघाट हुँदै मुर्कुची, लिम्चुङबुङ, हलेसी सडकलाई सरकारले प्राथामिकता दियो, योजना समावेश

गाईघाट हुँदै मुर्कुची, लिम्चुङबुङ, हलेसी सडकलाई सरकारले प्राथामिकता दियो, योजना समावेश

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ गाईघाट, मुर्कुची, लिम्चुङबुङ र हलेसी सडक खण्डलाई सरकारले उच्च प्राथामिकतामा राखेको छ । अर्थमन्त्रालयले सडकलाई बैकल्पिक सगरमाथा राजमार्गको लागि उच्च प्राथामिकता दिँदै योजना समावेश गरेको हो । प्रतिनिधिसभाबाट बजेट पारित भएको सँगै बजेटमा ( गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी–सल्ले महादेवबेशी–सगरमाथा बैकल्पिक राजमार्ग ) लाई उच्च प्राथमिकता राखेर योजना समाबेश गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले अर्थमन्त्रालयले बैकल्पीक सगरमाथा राजमार्गको योजनालाई उच्च प्राथामिकतका साथ समावेश गरेको र अब सडकले तिव्रता पाउने बताए । यस सडक योजनाको लागि अर्थमन्त्री जनार्दन शर्मा लगायत सिंगो सचिवालयले पहल गरेको अध्यक्ष राईले बताए ।  ...
लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान १३ का ३२ बर्षीय मुनु राणा राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।...
रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको थियो । पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका २ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज, ७ मोरङ बिराटनगर महानगरपालिका १६ दरैया स्थितमाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको छ ।...
परराष्ट्रमन्त्री खड्काले लिए सपथ, संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन आजै न्युयोर्क जाने

परराष्ट्रमन्त्री खड्काले लिए सपथ, संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन आजै न्युयोर्क जाने

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ६ नेपाल सरकारले डा. नारायण खड्कालाई पराष्ट्रमन्त्रीको पदमा सपथ खुवाएको छ । मन्त्री खड्कालाई सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराईन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । आजै पराष्ट्रमन्त्री सम्हालेका डा. खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आजै न्युवोर्क उड्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । सो सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले डा. खड्कालाई मन्त्री नियुक्त गरेको जानकारी राष्ट्रपतिलाई दिएका थिए ।...
प्रियांका कार्कीले जन्माईन छोरी

प्रियांका कार्कीले जन्माईन छोरी

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज ६ नेपाली चिर्चित नायिका प्रियांका कार्कीले छोरी जन्माएकी छिन् । छोरी जन्माएपछि नायिका कार्की र नायक आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन् । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए । पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।  ...
जंगली हात्तीको आक्रमणमा परि महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणमा परि महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ५ सुनसरी बराहक्षेत्र नगरपालिका ११ खत्वे टोल की ६५ बर्षीया ममनी देवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । हिजो दिउसो २ बजे सोही स्थानको रामनाथ पाठकको पोखरी छेउमा घास काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आई उनिलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको भन्ने जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...