Thursday, August 27News That Matters

Breaking News 2

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

राष्ट्रिय भूमि अधिकार मञ्चको आयोजनामा र्याली सहित विश्व अहिंसात्मक दिवस उदयपुरमा पनि मनाईयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १६ उदयपुरको गाईघाटमा शनिवार भूमि अधिकार मञ्च उदयपुरको आयोजनामा विश्वअहिंसात्मक दिवस र्याली सहित मनाईएको छ । विश्वलाई शान्ति राख्न पहिले हिंसात्मक गतिविधि हुनुहुँदैन विश्व शान्ति भए आफ्नो देशनै शान्ति हुन्छ भन्दै र्याली सहित यो दिवस उदयपुरमा पनि मनाईएको हो । अहिंसावादी नेता माहात्मा गान्धीको जन्म उत्सवको अवसर पारी अहिंसात्मक विश्व निर्माणका लागि चेताना फैलाउँदै गाईघाट स्थित त्रियुगा बसपार्क देखि आँखा अस्पताल हुँदै बजार परिक्रमा गरी बरुवा बसपा सम्म र्याली कार्यक्रम र कोणसभा गरी कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय भूमि अधिकार मञ्च उदयपुरका अध्यक्ष सन्त बहादुर सुनुवारले बताए । कार्यक्रममा उपाध्यक्ष गोमा राई, जिल्ला सचिब राजेश बि क, संयोजक फुर्तीमान राई, कार्यलय सचिब सन्तोषी बि क र कटारी, चौदण्डीगढी ,त्रियुगा नगर मञ्चका अगुवा सदस्यहरूको सहभागी थियो ।...
नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

नेपाल सहित २७ ओटा देशको दशैँको टिका साईत सार्वजानिक कुन देशमा कति बजे ?

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १५ अन्तराष्ट्रिय पञ्चाङ निर्णय समितिले यो बर्षको दशैँको टिकाको उत्तम साईत सार्वजानिक गरेको छ । समितिले नेपाल सहित २७ ओटा देशको उत्तम टिका साईत सार्वजानिक गरेको हो । नेपालीहरुको माहान चाँडको रुपमा मनाईने दशैँ बिभिन्न देशमा रहेको नेपालीहरुले पनि आफु रहेको देश बाटै मनाउने गर्छन् । नेपालीहरुले दशैँलाई माहान चाँड र महत्वका साथ मनाउने गर्छ यसै शिलशिलामा यो बर्षको दशैँ नजिकिए सँगै पंञ्चाङ समितिले सुभ साईत सार्वजानिक गरेको जनाए छ । यो दशैँमा नेपालको लागि असोज २९ गते बिहानको १० बजेर २ मिनेटमा टिका लगाउने उत्तम साईत रहेको समितिले जनाएको छ । बिभिन्न रोजगार तथा पढाईको शिलशिलामा बिदेशमा रहेको लाखौँ नेपालीहरुले दशैँलाइ आफुबसोवास गरेकै देश बाट महत्वका साथ मनाउँदै आईरहेको भन्दै बिभिन्न देशको सुभ साईत सार्वजानिक गरेको समितिले बताए । समितिका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईका अनुसा...
पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज १४ । भेटघाट ब्याड्मिन्टन क्लवले चुहाडेमा आयाेजना गरेकाे जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियाेगिताकाे पहिलाे चरणकाे सबै खेल आज सकिएकाे छ । बी डिभिजन तर्फकाे पहिलाे चरणकाे सबै खेल सकिएकाे हाे । आयाेजकले भाेलि बी डिभिजनका साथै ए डिभिजनकाे सेमिफाईनलसम्मका खेलहरु सम्पन्न गर्ने र पर्सी फाईनल गर्ने जनाएकाे छ ।...
खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ रुकुम पश्चिममा दुई समूह बिच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानबाट दुवै समुह बाट एकएक जना घम्भिर घाईते भएको छ । घम्भीर घाईत दुवै समुहका बिरामीलाई बिहिबार एउटै हेलीबाट सुर्खेत लगिएको छ । बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनायो । फेरी त्यहि दिन करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । ‘सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको र त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए । घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्...
गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सुरु

गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १४ गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिमको बिहिबार उद्घाटन भएको छ । तालिमको उद्घाटन सँगै ४५ दिन सम्म हुने तालिम संञ्चालनमा आएको छ । “उद्योग र पूर्वधार समृद्धिको आधार” भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कर्यालय उदयपुरको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको आयोजनामा तालिम संञ्चालन हुने भएको छ ।सिपले आत्मनिर्भर बनाउनुका साथै रोजगारको विकास गर्ने भएकाले यस तालिमको आयोजना गरिएको घरेलु तथा साना उद्योग कर्यालय उदयपुरका प्रमुख पाक्रम खा ले बताए । उनले सिपलाई अझै धारिलो र पूर्ण बनाउन एड्भान्स सिलाई तालिमको आयोजना गरेको बताए । तालिम गाईघाटको जगत भवनमा हुने छ । तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले गरे ।  ...
उदयपुरमा कर छलीका अबैध सामान बरामद

उदयपुरमा कर छलीका अबैध सामान बरामद

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ उदयपुरमा राजश्व छली गरेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका वडा नं. ६ लालपत्तामा बुधबार बिहान १० बजे काठमाण्डौँबाट गाईघाट तर्फ आउँदै गरेको बा २० च १३९ नम्बरको पिकअपलाई चेकजाँच गर्दा कुनै पनि बिल बिजक नभएको फलामबाट निर्मित डेकोरेसनको सामान करिब रु.१,८७,५०० बराबरको सामान प्रहरीले बरामद गरेको हो । अनुसन्धान पश्चात कारवाहीको लागि करदाता सेवा कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...
ब्राउन सुगर सहित दाजुभाई पक्राउ

ब्राउन सुगर सहित दाजुभाई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । मंगरबार बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरका साहसहित पाँचजना सुचना आयोगबाट सम्मानित

उदयपुरका साहसहित पाँचजना सुचना आयोगबाट सम्मानित

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ सुचनाको हकका लागि लामो समयदेखि लागी परेका उदयपुरका अजयकुमार साह राष्ट्रिय सूचना अयोगबाट मंगलबार पुरस्कारसहित सम्मानित छन् । साह लगायत पाँचजना सुचनाको हकका अभियान्ताहरुलाई आयोगले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्त्तर्राष्ट्रिय दिवसको अवसरमा सम्मान गरेको हो । सञ्चारकर्मी एवम् सामाजिक अभियान्तासमेत रहेका साह लगायत डा मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार (पर्सा)लाई आयोगले सम्मान गरेको हो । उनीहरुलाई आयोगको स्थापना दिवसको अवसरमा गत वैशाख २२ गते पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको थियो । उनीहरुलाई “विनय कसजू उत्कृष्ट राष्ट्रिय अभियन्ता पुरस्कार” प्रदान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अभियन्ताहरुलाई पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले...
नेपालकी सुन्दरी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने

नेपालकी सुन्दरी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १२ नेपालकी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने भएकी छिन् । अनु उदयपुरको गाईघाट स्थित थारुहट रंगशालामा हुन गईरहेको जितिया महोत्सवमा सहभागीका लागि आउने भएकी हुन् । कलकारीतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षमता बटुलीसकेकी उनी माहोत्सवको आकर्षक कलकारको रुपमा गाईघाट आउने छिन् । अनु चौधरी नेपाली सांगितिक क्षेत्रमा सफल र सालिन गायीकाको रुपमा परिचित छिन् ।उनीले नेपाली आधुनिक विद्याका गित गाएर सांगितिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी छिन् । अनुले उत्कृष्ट र आकर्षक प्रस्तुती दिइएर महोत्सवको उचाई बढाउने गरी गाईघाट ल्याउन लागेको आयोजक टिमले जनाएको छ । अनुले चौधरी भाषा र नेपाली भाषाका गितहरु गायर नेपाली सांगितिक क्षेत्रमा आफ्नो लाखौँ दर्शकहरुकोमन जितिसकेकी छिन् । गायीका चौधरी सँगै अन्य कलकारहरु नरेश जोगी, गायक प्रवलदिप विश्वास, थारु गायक आर.सि चौधरी, मिस नेपाल २०२१ की विजेता ल...
उदयपुरको बेलकामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुबै चालक घाईते

उदयपुरको बेलकामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुबै चालक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोक मार्गमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुबै चालक घाईते भएको छ । हिजो दिउँसो साँढे १ बजेको समयमा मे. ५ प. ३२५२ नम्बरको मोटरसाईकल र को. २८ प. २८३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुई मोटरसाईकल एक आपसमा ठोक्किदा मे. ५ प. ३२५२ नम्बरको चालक बेलका नगरपालिका–३ मा बस्ने ६५ बर्षीय खड्क नारायण श्रेष्ठ को बाँया खुट्टामा चोट लागी उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ । त्यस्तै को. २८ प. २८३६ नम्बरको मोटरसाईकल चालक बेलका नगपालिका–४ मा बस्ने ३३ बर्षीय राजेश बिष्ठ सामान्य घाईते भएकोले सामान्य उपचार गराई उनलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...