Sunday, June 28News That Matters

Breaking News 2

मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु

मोटरसाइकल दुर्घटनाहुँदा चालकको मृत्यु

Breaking News 2, Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २५ रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । (रासस)...
प्रतिगमनका कारण गठबन्धन : लक्ष्मी परियार

प्रतिगमनका कारण गठबन्धन : लक्ष्मी परियार

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २४ नेपाली काग्रेसको केन्द्रिय सदस्य लक्ष्मी परियारले केपी ओलीले देशमा प्रतिगमन ल्याउन खोजेकोले गठबन्धन बनेको बताउनु भएको छ । आज रोतामाई गाउँपालिकाको भुट्टारमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै परियारले प्रतिगमन लाई परास्त गर्न गठबन्धन आबस्यक भएको भन्नुभयो । उहाँले भन्नुभयो “केपी ओलले जनमतको दुरुपयोग गरी देशलाई प्रतिगमन तर्फ लग्दै परिवर्तन उल्टाउन लागेका थिए । “केपी ओलीको प्रवित्तृलाई परास्त गर्न गठबन्धन आबश्यक पर्यो ।” केन्द्रिय सदस्य परियारले आफ्नो संम्बोधन अधिकांश समय केपी ओली र उनको सरकारले गरेको गलत कामको बिषयमा खर्च गर्नुभएको थियो ।...
उदयपुरमा दलहरु आक्रमक प्रचार–प्रसारमा

उदयपुरमा दलहरु आक्रमक प्रचार–प्रसारमा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । स्थानीय तहको निर्वाचनका लागि मतदानको दिन नजिकिदै जादाँ जिल्लामा राजनीतिक दलको प्रचार–प्रसार आक्रमक बन्दै गएको छ । मतदातालाई आफ्नो पक्षमा पार्न पनि दलहरुले घरदैलो कार्यक्रम , कोणसभादेखि सवारीसाधन मा ठूलो आवाजमा गित बजाउदै मत माग्न थालेका छन् । अर्को दलको भन्दा ठूलो र्याली गर्ने, ठूला–ठूला व्यानर टाङ्नेदेखि घर–घरमा झण्डा राखेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । जिल्ला स्थित सबै उम्मेदवार ले चुनाबमा आफ्नो बिजय हुने भन्दै प्रचारप्रसार मा ठुलै रकम खर्च गरिरहेको देखिन्छ ।प्रचारप्रसार भन्दै गाडी , मोटरसाइकल र्याली गर्ने, मतदाताको घरमा जुलुश सहित गएर आफूलाइ अरु उम्मेदवारको भन्दा बढी जनताले समर्थन गरेको देखाउन खोजेका छन । मतदातालाई प्रभाव पार्न उम्मेदवारले प्रतिवद्धता एवम घोषणापत्र मार्फत समृद्धि, रोजगारी लगायतका एजेण्डालाई प्रमुखताका साथ अगाडी सारेर घर–घरमा पुगिरहे...
विक्री भएर फर्काइएको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

विक्री भएर फर्काइएको कमल पोखरीमा ५० वर्षपछि कमलको फूल

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २४ ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ ।व्यक्तिका नाममा दर्ता भई पटकपटक किनबेच भएको ऐतिहासिक यो पोखरीले आफ्नो स्वरुप लेला भन्ने कल्पना पनि नगरेका यहाँका बासिन्दा यतिखेर खुसी छन् । आफ्नै टोलको यस पोखरीमा झण्डै ५० वर्षपछि कमलको फूल फुलेको देख्दा मनै फुरुङ्ग भएको स्थानीयवासी शकुन्तला श्रेष्ठ बताउनुहुन्छ । आज बिहान पोखरीको बारमा समातेर कमलको फूल हेर्दै गर्नुभएको उहाँ दबदबे चौरमा परिणत भएको यो पोखरी फेरि सुन्दर होला, यसरी कमलको फूल फुल्ला, डुङ्गा चढ्न पाइएला भनेर कल्पना पनि गरेको थिइन तर अहिले पोखरीले पुनर्जीवन पाएर फूल फुलेको देख्दा खुसी लागेको छ । “गरे के सकिदैन रैछ ररु, ...
२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्यो विद्यार्थीलाई कारबाही

२ वर्षसम्म उम्मेदवार बन्न नपाउने गरी आयोगले गर्यो विद्यार्थीलाई कारबाही

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख २४ गते । लोक सेवा आयोगको परीक्षा दिन गएका एक जना विद्यार्थीलाई दुई वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गरेको छ । कर्णाली प्रदेशको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले दैलेख आठबीस नगरपालिका–९ का लोकराज सिंजापतिलाईे परीक्षामा दुई वर्षसम्म सहभागी हुन बञ्चित गरेको हो । १७ वैशाखमा सञ्चालन भएको खुला÷समावेशी प्रशासन सेवा सहायकस्तर पाँचौ तहको एकीकृत वस्तुगत लिखित परीक्षामा सिंजापतिले परीक्षाको मर्यादित विपरीत काम गरेको प्रदेश लोक सेवा आयोग वीरेन्द्रनगर सुर्खेतले जारी गरेको सूचनामा उल्लेख छ । आयोगका अनुसार आफूलाई प्राप्त प्रश्नपत्रको फोटो खिची सिंजापतिले मोबाइलमार्फत सोही दिन सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । २२ वैशाखमा बसेको आयोगको बैठकले सिंजापतिलाई आगामी २ वर्षसम्म सञ्चालन हुने सबै तहको परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको प्रवक्ता बु...
युनिभर्सिटी आर्ट ग्यालरीमा रहेको नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

युनिभर्सिटी आर्ट ग्यालरीमा रहेको नवौँ शताब्दीको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २४ संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र येल युनिभर्सिटी आर्ट ग्यालरीबीच शुक्रबार हस्ताक्षर भएको महावाणिज्य दूतावासले जनाएको छ । विसं २०३२ मा भक्तपुरको गोलमाडीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट उक्त मूर्ति हराएको थियो । सात वर्षअघि येल युनिभर्सिटी आर्ट ग्यालरीलाई एक जना दाताले उक्त मूर्ति प्रदान गरेका थिए । उक्त मूर्ति नेपालको भए÷नभएको सम्बन्धमा ग्यालरी र नेपालको पुरातत्व विभागले बेग्ला–बेग्लै अनुसन्धान गरेका थिए । न्यूयोर्कस्थित महावाणिज्य दूतावासले आर्ट ग्यालरी र पुरातत्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता गर्नेछ । (रास...
इटहरीमा साइकल चढेर भोट माग्दै : मेयर उम्मेदवार पौडेल

इटहरीमा साइकल चढेर भोट माग्दै : मेयर उम्मेदवार पौडेल

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २३ गते । इटहरी उपमहानगरपालिकामा गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएकका हेमकर्ण पौडेल साइकल चढेर चुनावी प्रचारमा रहेका छन् । गठबन्धनका उम्मेदवारसहित पौडेल घर दैलो कार्यक्रममा साइकल चढेर हिनेका हुन् इटहरीको मेयरको कडा प्रतिस्प्रर्धीको रूपमा हेरिएका पौडेलले विभिन्न माध्यमबाट चुनावी प्रचार प्रसार गरिरहेका छन् । उनले इटहरी १० आँपझोकी चोकमा फरक तरिकाले चुनावी प्रचार गरेका छन् । जनताको भावनासँग जोडिएको साइकलमा सवार गरेर उनी घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । जनताको भावनाको प्रतिनिधित्व हुने भएकाले साइकलमा सवार गरेको पौडेलले बताएका छन् । उनले भने” साइकल हाम्रो ग्रमिण भेगको प्रमुख सवारी साधन हो, विकासका आधारभूत कुराहरू प्राप्त नभएको स्थानमा आउदा साइकलमा आउनु राम्रो हुन्छ भन्ने लागेर आएको हो ।” त्यसै गरी इटहरीमा बर्षाैँ देखि रहेका समस्यालाई समाधान गर्ने प्रतिबद्ध गरेको समेत ...
वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २३ सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, “घण्टाघरको सुई कहिले घुम्छ ” प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् । वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहो¥याउने गरेका छन् । वीरे...
गोली र सालकको खपटासहित एक जना पक्राउ

गोली र सालकको खपटासहित एक जना पक्राउ

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २३ काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसरले जनाएको छ । (रासस)...
मतदान अधिकृतलाई तालिम

मतदान अधिकृतलाई तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २३ रुकुमपूर्वमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसार सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको हलमा तालिम सञ्चालन भइरहेको छ । तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको लवटले बताउनुभयो । मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको हो । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने...