Saturday, June 27News That Matters

Breaking News 2

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्ला : आज विजय दिवस मनाइँदै

अङ्ग्रेजलाई पराजित गरेको एतिहासिक जितगढी किल्ला : आज विजय दिवस मनाइँदै

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ७ नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै आज जितगढी किल्लामा विजय दिवस मनाइएको छ । बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित तत्कालीन अङ्ग्रेजी फौजलाई परास्त गरेको थियो । विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई हराएको थियो । विजय उत्सव दिवसका अवसरमा जितगढीमा आयोजित कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरिनुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराम सुवेदीले राष्ट्रिय एकता, अखण्डता र स्वाभिमानको रक्षा गर्ने सङ्कल्पको रुपमा यो दिनलाई स्मरण गर्नुपर्ने बताउनुभयो । “हाम्रा सन्ततिको जीवनमा समृद्धि र खुसी ल्याउने सङ्कल्पका रुपमा यसको संरक्षण र विकासका कामलाई अगाडि बढाएका छौँ”, उहाँले भ...
बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

बजेट अभावमा बन्न सकेन किसान समुदायको सङ्ग्रहालय

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ७ राजनीतिप्रति खासै चासो नराख्ने किसान जाति चुनाव नजिकिँदै जाँदा चनाखो हुँदै आफ्नो माग राख्न सक्ने भएका छन् । मुलुकमै झापाको मेचीनगर नगरपालिका क्षेत्रमा मात्र छरिएर रहेको उक्त समुदायले यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भोट माग्न आउने दलहरूलाई आफ्नो माग पूरा गर्ने शर्तमा मात्र मतदान गर्ने सामूहिक धारणा बनाएका छन् । विगतमा गाउँमा बाटो बनाइदिने, किसान जातिको पहिचानलाई जीवित राख्न सङ्ग्रहालय बनाइदिने, रोजगारी दिने शर्तमा भोट पाएका जनप्रतिनिधि एकपटक पनि उनीहरुको अवस्था बुझ्न गाउँ नआएपछि यसपटक समुदायका अगुवाहरू बसेर यस्तो धारणा बनाएका हुन् । स्थानीय जोगी किसानले भन्नुभयो, “हाम्रो सङ्ग्रालय जसले बनाइदिन्छ उसलाई मात्र भोट दिन्छौँ ।” किसान समुदायले मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीमा जातीय पहिचान, संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय बनाउन सुरु ग...
भरतपुर माओबादी र पोखरा समाजबादी लाई

भरतपुर माओबादी र पोखरा समाजबादी लाई

Breaking News 2
पूर्णपुष्टि, बैशाख ६ आज बसेको सत्ता गठबन्धनको बैठकले महानगरको भागबन्डा मिलाएको छ । सहमती अनुसार चितवनको भरतपुर महानगर पालिका माओवादीले पाएको छ । कास्की को पोखरा महानगर पालिका एकीकृत समाज बादीको भागमा परेको छ भने पर्साको बिरगंज महानगर पालिका जनता समाजबादी पार्टीको भागमा परेको छ । यस्तै तीन वटा महानगर काठमाडौ , ललितपुर र बिराटनगर नेपाली काङ्ग्रेसको भागमा परेको छ । महानगरको बाडफाट नमिल्दा गठबन्धन नै भत्किने हो कि भन्ने आशङ्का थियो । तर आजको निर्णय सगै गठबन्धन झन बलियो भएर जाने देखिन्छ । तर गठबन्धन प्रती पार्टीका कार्यक्रता कति इमान्दार हुन्छन त्यसले जितलाइ त्यस्ले जित हारलाइ तय गर्ने देखिन्छ ।...
राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ । रोशन अधिकारी क्षेत्रीको अध्यक्षतामा राप्रपा उदयपुर–काठमाडौं सम्पर्क समिति गठन भएको छ । भु.पु. मन्त्री एवम् राप्रपाका बरिष्ठ नेता हरीबहादुर बस्नेतको संरक्षकत्वमा समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा तारा बस्नेत, उपाध्यक्ष राजन गिरी, सचिव चन्द्रप्रसाद भट्टराई, सहसचिव सरस्वती थापा, कोषाध्यक्ष तारा झा र सहकोषाध्यक्ष विष्णुकुमार अधिकारी रहेका छन् । सदस्यहरुमा रामकुमार राई, विमल पौडेल, दिलबहादुर तामाङ, निगम अधिकारी, महेन्द्र ओझा, देविलाल गिरी, लोकेन्द्र खत्री, गजेन्द्र कार्की, देवराज आचार्य, मन्दीप राई, इ सुशि चौधरी केतमाउा कार्की रहेका छन् । सल्लाहकार समितिमा डा. भरत राउत, समृधी राणा बस्नेत, हरिबहादुर राउत, मानव विष्ट र देव पोखरेल रहेका छन् ।...
रामपुर अस्पताल एक चिकित्सकको भरमा

रामपुर अस्पताल एक चिकित्सकको भरमा

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ६ रामपुर अस्पतालमा बिरामीको चाप अहिले बढ्दो छ । गर्मीयाम भएकाले पनि यहाँ सेवा लिन आउनेको संख्या दिनानुदिन थपिदै गएका हुन् । पचास शय्याको अस्पताल एक चिकित्सकको भरमाभन्दा पत्यार नलाग्न पनि सक्छ । यतिबेला जनशक्ति अभावमा एक चिकित्सकको भरमा अस्पतालले सेवा दिइरहेको छ । यहाँ कार्यरत छ मेडिकल अधिकृत तहका चिकित्सकले एकै पटक अस्पतालको सेवाको जिम्मेवारी छाडेपछि निमिक्त मेडिकल सुपरिण्टेडेण्ट डा विजय परियारको भरमा उपचार सेवा जारी छ । “जनशक्ति अभावमा म एक्लै २४ सैँ घण्टा बिरामीको सेवामा खटिनु परेको छ, बिरामीको चाप बढ्दो छ, गर्मी समय भएकाले ज्वरो, झाडापखाला, श्वासप्रशास, दुर्घटना, गर्भवति महिला, फिजियोथेरापीलगायतका बिरामी बढी आउने गरेका छन्, दिनरात नभनिकन सेवामा तल्लिन छु” उहाँले भन्नुभयो । यहाँ एक हप्ताका अवधीमा मात्रै १५ झाडापखाला कै बिरामीलाई भर्ना गरेर राख्नु परेको छ । अस्...
गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख ६ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । “गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,” प्रधानमन्त्री देउवाले भन्नुभयो । सभापति देउवाले जबसम्म गाउँ र स्कूल तहमा नेविसङ्घ गठन हुन सक्दैन तबसम्म नेविसङ्घ बलियो हुन नसक्ने बताउनुभयो । “नेविसङ्घको सङ्गठन देशभरका कलेज र क्याम्पससम्म फैलिएक...
उदयपुरमा आज र भोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै

उदयपुरमा आज र भोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ६ गते । उदयपुरमा आज र भोली ५ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाकाको औषधी खुवाईदैँ छ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । ६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । जिल्लामा ३२ हजार ८ सय ६९ जना बालबालिकालाई औषधी खुवाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय निकायसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत उमेश लुईटेलले जानकारी दिए । जिल्लाको चार नगरपालिका र चार गाउँपालिका गरी आठवटै पालिकामा बालबालिकालाई औषधी खुवाईने छ । त्रियुगामा ८ हजार ४१ जना, कटारीमा ६ हजार २ सय ८०, चौदण्डीगढीमा ४ हजार ...
त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

त्रियुगा नगरमा काङ्ग्रेसबाट मेयर पदका लागि ६ जना सिफारिस

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । त्रियुगा नगरपालिकाको मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट ६ जना उमेदवार सिफारीस भएको छ । स्थानीय तहको चुनावमा वसन्त बस्नेत, प्रकाश खड्का ,सरोज बस्नेत, देबी चौधरी, भिमचन्द्र राई र राकेश खत्रीको नाम सिफारीस गरिएको हो । वैशाख ४ गते बसेको नगर समितिको बैठकले उनीहरु ६ जनालाई मेयर पदको लागि सिफारीस गरिएको नेपाली काङ्ग्रेस नगर सचिब केशव पौडेलले जानकारी दिए । नगरप्रमुखमा सिफारिस भएका मध्ये वसन्त बस्नेत ०७४ को चुनाबमा झिनो मतले मेयरमा पराजित भएका थिए । यस्तै, देबी चौधरी त्रियुगा नगरपालिकाको बहालवाला उप–प्रमुख हुन भने प्रकाश खड्का नेपाली काङ्ग्रेसको त्रियुगा नगरसभापती तथा १० न. वडाका वडाध्यक्ष हुन् । सरोज बस्नेत पुर्ब नगर सभापती हुन भने भिमचन्द्र राई जिल्ला उपसभापति हुन । राकेश खत्री नेबिसङ्घका पूर्ब केन्द्रीय सदस्य हुन् । जिल्लामा सत्तारुढ दलले चुनाबी तालमेल गरेर जाने तय...
४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

४६ जिल्लाका लागि ९५ लाख मतपत्र छापियो : निर्वाचन आयोग

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ६ गते । स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छापिइसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार नियमित पत्रकार सम्मेलन गर्दै ४६ जिल्लाका लागि मतपत्र तयार भएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र छपाइको काम सकिएको जानकारी दिदै ती जिल्लाका लागि ९५ लाख थान मतपत्र छापिइ सकिएको बताए । स्थानीय निर्वाचनको लागि आयोगले जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ । सुरुमा दुर्गमका जिल्लाका लागि र पछि सुगमका जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको छ । दुर्गमका लागि छापिएका मतपत्र सुरक्षासहित सुरुमा नै ढुवानी गर्नुपर्ने भएकाले सुरुमै छापिएको आयोगले जनाएको छ ।...
देशैभरका वालवालिकाहरुलाई आज बाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाँईदै

देशैभरका वालवालिकाहरुलाई आज बाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाँईदै

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ६ आज बाट वालवालिकाहरुलाई दोस्रो चरणको भिटामिन (ए) खुवाँईदैछ । देशैभरी रहेका ७७ ओटै जिल्लाका वालावालिकाहरुलाई उक्त भिटामिन खुवाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने माहाशाखाले जनाएको छ । स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन अन्तर्गत उक्त भिटामिन र जुकाको औषधी खुवाउन लागिएको हो । देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने मन्त्रालयको योजना छ । भिटामिन ‘ए’ खुवाउनको लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विक...