Saturday, June 27News That Matters

Breaking News 2

उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

उदयपुरका जनप्रतिनिधीहरु धमाधम राजिनामा दिँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ९ पुन जनप्रतिनिधिमा निर्वाचित हुने आशमा त्रियुगा नगरपालिकाका जनप्रतिनिधीले राजिनामा दिन थालेका छन् । आज बैशाख ०९ गते सम्म ३१ जना प्रतिनिधीले राजिनामा दिईसकेका छन् । वडा नं.२ का वडाध्यक्ष भमान सिंह बस्नेत , ५ का केदार थापा (उदव), १३ की पशुपति चौधरी लगाएत बडा अध्यक्षले राजिनामा दिएका छन् । यस्तै वडा सदस्यहरु जयराम पञ्जीयार, कृष्ण बुढाथोकी, तारा सार्की, मान व. मगर, तनुकलाल चौधरी लगायतले समेत राजिनामा दिएका छन् । धेरै जनप्रतिनिधीको नाममा वेरुजु रहेकाले नगरपालिकाले भोली शनिबार पनि कार्यालय सञ्चालन गरी वरुजु हुने र राजिनामा लिने काम गर्ने त्रियुगाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले बताएका छन् । यो नगरका प्रमुख बलदेव चौधरी र उपमेयर देवि कुमारी चौधरी समेत पुन उठ्ने भएकोले राजिनामा दिने तयारीमा छन् ।...
उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन : खोप लाईने

उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन : खोप लाईने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ९ गते । उदयपुरमा टाईफाई विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई पुन खोप लाईने भएको छ । १५ महिना देखि १५ वर्षमुनी सम्मका बालबालिकालाई पुन : टाईफाई विरुद्धको खोप लगाइने भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यस अघि टाईफाई विरुद्धको खोप सञ्चालन हुँदा केही बालबालिकाहरु छुट भएको भन्ने बुझिएकोले पुन सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उदयपुर अस्पतालमा वैशाख ११ गते देखि १३ गते सम्म पुन : खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमुख वृत कुमार दासले जानकारी दिनुभयो ।...
चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

चौदण्डीगढीमा पनि गठबन्धन नगर्ने कांग्रेसको निर्णय

Breaking News 2, राजनीति, समाचार
पूर्णपुुष्टि, वैशाख ९ गते । चौदण्डीगढी नगरपालिकामा पनि काङ्ग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको गठबन्धन उदयपुरको निर्णय अनुसार काङ्ग्रेस एक्लै चुनावमा भागलिने निर्णय गरेको हो । काङ्ग्रेस बाहेक गठबन्धनका अन्य पार्टी माओवादी केन्द्र, नेकपा एस र जनतासमाजवादी पार्टीले भने गठबन्धन गर्ने भएको छ । हिजो मात्रै बसेको गठबन्धनको बैठकले त्रियुगा नगरपालिका र ताप्ली गाउँपालिकाको निर्णय बारे टुङगो लगाएको थियो । जसमा त्रियुगामा पनि काङ्ग्रेस एक्लै लड्ने निर्णय भएको थियो । यता ताप्लीमा भने जसपा एक्लै लड्ने भएको छ ।...
उदयपुरको कटारीबाट महिला बेचविखनमा संलग्न थापा ३२ वर्षपछि पक्राउ

उदयपुरको कटारीबाट महिला बेचविखनमा संलग्न थापा ३२ वर्षपछि पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ९ महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो । थापालाई उदयपुरको कटारी नगरपालिका–३ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । पक्राउ परेका थापालाई जीउ मास्ने र बेच्ने कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्सामा बुझाइएको छ ।...
भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो

भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ८ सिन्धुपाल्चोकमा एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेत छन्। सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु भएको छ। बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका(६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षण समेर घर फर्किएका थिए। तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।...
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेट

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख ८ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टचार भेटवार्ता भएको छ । स्वास्थ्य मन्त्रालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री खतिवडाले नेपालले जनस्वास्थ्य क्षेत्रमा केही ठोस उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले मातृ तथा बाल मृत्यु न्यूनीकरणमा प्राप्त भएको उपलब्धि उल्लेखनीय रहेको बताउनुभयो । ट्रकोमा निवारण तथा कालाजार उन्मूलनका लागि नेपालले चालेका निर्णायक कदमका सम्बन्धमा डब्लुएचओको सहयोग सराहनीय रहेको उहाँको भनाइ रहेको थियो । सरकारले सन् २०३० सम्ममा राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमध्येको लक्ष्य नं ३ ‘जनताको सुस्वास्थ र तन्दुरुस्ती’सम्बन्धी प्रतिबद्धता पूरा गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । “कोभिड–१९ को महामारीमा विश्वभरका मान...
९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख ८ गते । नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका–७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले नौ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।...
उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुरमा मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ८ गते । उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना भएको हो । मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएतबाट कार्यालय स्थापना गरिएको छ । मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ । यही कार्यालयले त्रियुगा नगरपालिकाको चुनाव समेत गराउने छ । जिल्लाका बाँकी सात पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय आजै  स्थापना हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जानकारी दिएको छ ।...
मोटरसाईकल दुर्घटनाहुँदा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनाहुँदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ८ सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी रहेका छन् । बुधवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको हो । ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा साँढे ९ बजे नहरमा खसेको मोटरसाईकल सहित चालक रामधुनी नगरपालिका–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी मृत अवस्थामा फेला परेका हुन् । मृत फेला परेका चौधरीको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी धरानको बि.पी.कोईरालका स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ। &nb...
उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

उदयपुरमा पत्रकारसँग निर्बाचन आचारसंहिता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख ७ उदयपुरको गाइघाटमा पत्रकारलाई निर्बाचन आचारसंहिता सम्बन्धि जानकारी दिइएको छ । निर्बाचन कार्यलय उदयपुरद्दारा आयोजना गरिएको उक्त कार्यक्रममा ३० भन्दा बढी पत्रकारको उपस्थिति रहेको थियो । कर्मचारी मिलनकेन्द्रको सभाहल बोक्सेमा भएको कार्यक्रमको अध्यक्षता मुख्य निर्बाचन अधिकृत दिपक खनालले गरेका थिए । सो कार्यक्रम मा मुख्य निर्वाचन अधिकृत खनालले निर्बाचन लाई स्वच्छ र निश्पक्ष बनाउन पत्रकारीता क्षेत्रको भुमिका हुने उल्लेख गर्दै निर्बाचन मर्यादित बनाउन सहयोग गर्न अनुरोध गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिरेन्द्र यादब लगायत जिल्लाका सबै सुरक्षा प्रमुख को उपास्थिती मा भएको कार्यक्रम मा आचारसंहितालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बिसयमा समेत छलफल भएको थियो। यस्तै भोलि बैशाख ८ गते उदयपुरका सबै पालिकामा निर्बाचन अधिकृतको कार्यलय स्थापना हुँदै छ भने त्रीयुगा नगरको हकमा भने म...