Saturday, June 27News That Matters

Breaking News 2

सुनको सिक्री लुटेको अभियोगमा एक युवक पक्राउ

सुनको सिक्री लुटेको अभियोगमा एक युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २३ गते । सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित पक्राउ हो । तामाङले काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।...
त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई करदाता शिक्षा तथा लेखा तालिम

त्रियुगा उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुलाई करदाता शिक्षा तथा लेखा तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २३ त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले ५० जना सुनचाँदी व्यवसायी संघका व्यापारी तथा व्यवसायीहरुलाई करदाता शिक्षा तथा व्यवसायीक लेखा तालिम दिइरहेको छ । मंगलबार देखी सुरु भएको उक्त तालिम १० दिन सम्म संञ्चालन हुने संघका अध्यक्ष रमेश रसाईलीले जनाए । व्यपारीहरुमा कर शिक्षा र व्यवसायीक आर्थिक लेखा जोखा सम्बन्धि सम्पूर्ण ज्ञान नहुँदा धेरै विलहरु विजक हुने भन्दै यसै समस्याको समधान स्वरुप तालिमको आयोजना गरिएको अध्यक्ष रसाईलीको भनाई छ । यसरी सम्पूर्ण आर्थिक लेखाबारे ज्ञान नहुँदा सरल तरिकाले कर बुझाउन नसकिने जस्ता झन्जटहरु प्रत्यक्ष रुपमा देखा परिरहेको अध्यक्ष रसाईलीको भनाई छ । रसाईलीका अनुसार व्यापार व्यवसायीहरु प्रत्यक्ष आर्थिक कारोवार सित सम्बन्ध रही रहने हुँदा कर सम्बन्धि सहज बुझाई र सिस्टमेटिक आर्थिक लेखा परिक्षणको आवश्यक रहेको जनाइएको छ । उनले व्यवसायीको हिसाव किता...
जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

Breaking News 2, समाचार
काठमाडौँ, चैत २३ गते । जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो । जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते ज...
नोबेलमा कार्यरत डा.यादवको हत्या भएको आशंका : ३ दिनभित्र दोषीलाई कारवाही गर्न माग गर्दै सप्तरीमा प्रदर्शन

नोबेलमा कार्यरत डा.यादवको हत्या भएको आशंका : ३ दिनभित्र दोषीलाई कारवाही गर्न माग गर्दै सप्तरीमा प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २३ गते । बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सप्तरीमा विरोध प्रदर्शन भएको छ । मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले सदमुकाम राजविराजमा प्रदर्शन गरका छन् । प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कार्वाही गर, घटनाको सम्बन्धमा न्यायीक छानविन गर, हत्यारलाई संरक्षण गर्न पाइदैन, गुन्डागर्दी बन्द गर, नोबेल अस्पताल मुर्दावाद, गृहमन्त्री मृर्दावाद लगायतका नारा लगाएका थिए । बिरोध प्रदर्शनपछि मृतकका आफन्तले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मोरङका प्रमुख जिल्ला अधिकारीलाई हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र पठाएका छन् । सप्तरीको विष्णुपुर गाउँपालका– १ खुरुहुरिया घर भई विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विजय १८ चैतको राति आफ्नै डेराबाहिर मृत अवस्थामा फेला परेका थिए...
झाँक्री पार्क प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

झाँक्री पार्क प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत २३ धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको आइतवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले बन झाँक्रीको स्तम्भलाई ओढाइएको पर्दा उघारेर पार्क उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रवद्र्धनका लागि पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राईले बहुबर्षीय परियोजनाबाट पार्क बनेको भन्दै अब यसले पर्यटकहरुलाई आकर्षित गर्ने धारणा राखे । महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय सिमितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधिको तर्फबाट अग्नीप्रशाद पौडेल, महालक्ष्मीका उप–प्रमुख म...
कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन ः अध्यक्ष बालकृष्ण बस्नेत

कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन ः अध्यक्ष बालकृष्ण बस्नेत

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २३ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो । अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । “हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।” पे्रस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूम...
माओवादी केन्द्रको त्रियुगा नगर विस्तारित बैंठक सम्पन्न

माओवादी केन्द्रको त्रियुगा नगर विस्तारित बैंठक सम्पन्न

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २२ । नेकपा माओवादी केन्द्रको त्रियुगा नगर कमिटिको विस्तारित बैंठक आज सम्पन्न भयो । गाइघाटस्थित टाउन हल होटलमा सम्पन्न बैंठकमा पालिकाको १६ वटै वडाका वडा कमिटिहरुले पार्टीको वस्तुस्थिति र स्थानीय चुनावी अवस्था बारे रिपोटिङ गरेका थिए । संघीय सांसद एवम् केन्द्रिय नेता सुरेशकुमार राईको प्रमुख आतिथ्यमा भएको बैंठकले वडा कमिटिहरुलाई स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशनात्मक निर्णय गरेको जनाइएको छ । माओवादी केन्द्रीय सदस्य मणी खम्बु, वाईसिएल इन्चार्ज दिपक किराँतीसमेतको आतिथ्य रहेको बैंठकमा चुनाव केन्द्रीत छलफल, बहस भयो । प्रमुख अतिथि नेता राईले गठबन्धन गर्ने पार्टीको निर्णय बमोजिम लाग्न निर्देशन दिएका छन् । नगर अध्यक्ष गिता खड्का कार्कीको अध्यक्षतामा बैंठक भएको थियो ।...
१३ बर्षिया छात्रा ब*ल*त्का*र गर्ने शिक्षकलाई इन्डोनेसियामा मृ*त्यु*द*ण्ड*को सजाय

१३ बर्षिया छात्रा ब*ल*त्का*र गर्ने शिक्षकलाई इन्डोनेसियामा मृ*त्यु*द*ण्ड*को सजाय

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २२ इन्डोनेसियामा एक शिक्षकलाई मृ*त्यु*द*ण्ड*को सजाय आदालतले सुनाएको छ । १३ बर्षिया छाज्ञालाई ब*ल*त्का*रगरेको आरोप अदालतले ति शिक्षकलाई मृ*त्यु*द*ण्ड*को फैसाला सुनाएको हो । बाडुङ्गमास्थित अदालतले गत फेब्रुअरीमा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर अपराधको चर्को विरोध गर्दै ती शिक्षकलाई सोमबार मृ*त्यु*द*ण्ड*को सजाय सुनाएको हो । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई ब*ल*त्का*र गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको छ। इन्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीहरुले मृ*त्यु*द*ण्ड*को सजायको मागको समर्थन गरेका थिए । तर मानवअधिकार आयोगले भने मृ*त्यु*द*ण्ड*को सजाय उचित नहुने बताएको थियो। पीडित पक्षले अदालतको कदमको विरोध गर्दै मृ*त्यु*द*ण्ड*को माग गर्द...
बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

Breaking News 2, समाचार
काठमाडौँ, चैत २१ गते । भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो । मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ । ठक्कर दिने बसका चालक फरार रहेका छन् । प्रहरीले चालकको खोजी गरिरहेको छ । रासस...
माछा मार्न गएका युवक बेपत्ता

माछा मार्न गएका युवक बेपत्ता

Breaking News 2, समाचार
काठमाडौँ, चैत २१ गते । माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका–२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताउनुभयो । रासस...