उदयपुर, १० माघ २०८२ ।
<span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ।
<span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् ।
<span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए ।
निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए।
यसअघि...
९ माघ, २०८२ । उदयपुर
संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए ।
दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ ।
दुई स्वतन्त्र चुनावी मैदानमा कायम
उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा ए...
पूर्णपुष्टि/उदयपुर, माघ ८ ।
उदयपुरकाे बसाहामा सञ्चालन हुने ११ ओैं नारदमुनी थुलुङ स्मृती गाेल्डकप फुटबल प्रतियाेगिताकाे खेल तालिका आयाेजकले सार्वजनिक गरेकाे छ ।
आगामी माघ १५ देखि सञ्चालज हुने गाेल्डकपकाे खेल तालिका अनुसार आठ वटा टिमले भाग लिनेछन् । जसमा पहिलाे दिनकाे खेल आयाेजक बसाहा क्लव र याेङ् ब्रदर्स क्लव ईटहरी सुनसरीबीच हुनेछ । दाेस्राेदिन सहलेस युवा केलव सिरहा र दमक फुटबल एकेडेमी झापाबीच हुनेछ ।
तेस्राेदिन न्यु त्रियुगा स्पाेर्टस् क्लव सप्तरी र नेपाल खेलकुद क्लव राैतहटबीच हुनेछ भने चाैथाेदिन एपिएफ क्लव काठमाडाै र एलएक्स सिटि फुटबल क्लव माेरङबीच हुनेछ । नकआउट बिधिमा खेलाइदा १८ गतेसम्ममा पहिलाेचरणकाे खेल सकिएर सेमिफाईनल प्रवेश हुनेछ । १९ र २० गते सेमिफाईनल भई २२ गते फाईनल हुनेछ ।
आयाेजक बसाहा क्लवले प्रजान्त्रिक सेनानी, ऐतिहासिक ब्यक्तित्व स्व. नारदमुनी थुलुङकाे स्मृतीमा खेलाएकाेले...
उदयपुर, माघ ७ ।
पूर्वीकाे पर्यटन प्रबर्धनमा याेगदान गरेकाे भन्दै उदयपुर कान्तिपुर सम्बाददाता तथा पूर्णपुष्टि मिडिया सञ्चालक/सम्पादक भाेटराज राईसहित तीनजनालाई बेलका हाेटल ब्यवसायी संघले आज सम्मान गरेकाे छ ।
संघले पत्रकार राई र सरकार मार्फत मान्यता प्राप्त उदयपुरकाे पहिलाे दुई ब्यवसायिक (टेन्डम) प्याराग्लाईडिङ पाईलटहरु धनकुमार राई, नवराज राईलाई सम्मान गरेकाे हाे । दुबै प्याराग्लाईडिङ पाईलटहरु बेलका नगरपालिका -८ निवासी युवाहरु हुन् । संघका अध्यक्ष रमन भट्टराईले दाेसल्ला, कदरपत्रले सम्मान गरे ।
उनीहरुले बेलकाकाे बाेप्ताङमै सिकेर त्यहिबाट उडानसम्मकाे ब्यवसायिक अनुमती प्राप्त गरेका हुन् । उनीहरुले पाेखराका ब्यवसायिक प्याराग्लाईडिङ प्रशिक्षक सुरेन गुरुङले बेलकामा सञ्चालन गरेकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरुङकाे याेगदानकाेसमेत प्रशंसा ग...
पूर्णपुष्टी/उदयपुर, माघ ५ गते ।
नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा रहेको भएपनि राज्यले सो अनुसारको मुल्याङ्कन र सहयोग नगरेको प्राध्यपक डाक्टर युवराज संग्रौलाले बताएका छन् ।
उदयपुरको नारदआदर्श क्याम्पस, बसाहामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. संग्रौलाले गाउँगाउँमा शिक्षाको ज्योती छरेर सामुदायिक क्याम्पसले उच्च शिक्षामा उच्चस्थानको भुमिका गरेको बताए । “हुनेखानेहरु शहर गएर उच्च शिक्षा हाँसिल गर्छन्, शहर जान नसक्नेहरुलाई सामुदायिक क्याम्पसले गाउँमै उच्च शिक्षा दिइरहेको छ ।” उनले भने । त्यसमा पनि छोरी बुहारीहरुलाई विशेष अवसर दिइरहेको उनले बताए ।
उनले सरकारले शिक्षामा लगानीको नाममा हुनेखाने, धनी सम्पन्नलाई नै पोसिरहेको आरोप उनको छ । अव त्यस्ता कुरा सहेर बस्न नहुने प्रतिवाद र विरोध गरेर अहिलेको ब्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे ।
शिक्षाको नाम...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
संघीय प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उदयपुर निर्वाचन क्षेत्र नं. २ का लागि सशक्त टिकट दावी गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पार्टीबाट टिकट प्राप्न नगरे पनि राजिनामा दिएका छन् । आउ दिउसो ४ बजे सामाजिक सञ्जालमा आएर अध्यक्ष राईले राजिनामा घोषणा गरेका हुन् । उनले दोस्रो पटक पनि स्थानीय तहको चुनाव जितेर अध्यक्ष दोहोर्याएका थिए ।
उनले पार्टीबाट टिकट नपाए पनि स्वतन्त्ररुपले भएपनि निर्वाचनमा उम्मेदवारको रुपमा उभिने संकेत गरेका छन् । उनले पदको लोभ भन्दा पनि जनता र ठाउँको विकासका लागि यो साहस गरेको बताएका छन् ।
“पालिका अध्यक्षको बाँकी कार्यकालका लागि लोभिने भन्दा भावि दिनमा जनताको विकास र समृद्धिको हुटहुटीले जनतामाझ चुनावमा जान राजिनामा दिएको हुँ ।” उनले भनेका छन् ।
राजिनामा पछि उनले दुईदुई पटक निर्वाचनमा जिताउने जनतालाई धन्यवाद ज्ञापन ग...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा उदयपुर क्षेत्र नम्बर १ बाट बिदुर बस्नेत र २ नम्बर क्षेत्रबाट रामकुमार राई उठाएकाे छ ।
बस्नेत पार्टीका पूर्वजिल्ला सभापति हुन भने राई गत प्रतिनिधिसभाकाे चुनावमा स्वतन्त्र उठेका उम्मेद्वार हुन् । क्षेत्रिय सभापति रहेका राई काङ्ग्रेसबाट बाघि उठेकाेमा उनलाई कारवाही पछि फुकुवा गरि टिकट दिईएकाे हाे ।...
पूर्णपुष्टि/उदयपुर, माघ ५ ।
नेकपा एमाले उदयपुरले आज दुई निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्यका लागि प्रत्यक्षतर्फका उम्मेदवार र एक समानुपातिकको बन्दसुचीमा नाम परेका उम्मेदवारलाई पार्टी कार्यालयमा स्वागत गरेको छ ।
निर्वाचन क्षेत्र १ का उम्मेदवार दुर्गाकुमार थापा (स्वस्ती) र निर्वाचन क्षेत्र २ का उम्मेदवार अम्बर रायमाझीलाई स्वागत गरेको हो । समानुपातिकतर्फकी कान्ता राईलाई पनि स्वागत गरेको हो । पार्टीका जिल्ला अध्यक्ष भागवत राउत र जिल्लास्थित सबै पार्टी तहका नेता कार्यकर्ताहरुले उम्मेदवारहरुलाई स्वागत गर्दै जीतको शुभकामना दिए ।
“पार्टीको तर्फबाट उम्मेदवारहरुलाई स्वागत र शुभकामना दियौं ।” अध्यक्ष राउतले भने । अध्यक्ष राउतका अनुसार उम्मेदवारहरुको स्वागतसंगै भोली हुने मनोनयनका लागि पार्टी तयार भएको छ । भोली दिउसो १ बजेपछिको समय मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसंग लिइएको जनाइएको ...