पूर्णपुष्टि, गाईघाट/ माघ २ गते ।
उदयपुरको गाईघाटमा किरात समुदायहरुले यल संवत २०८६ मनाएको छ । बिहिबार गाईघाट स्थित मेन चोकमा यल संवत २०८५ को अवसरमा दिप प्रज्वलन गरिएको हो । किरात राजा यलम्वरको सम्झनामा हरेक बर्ष माघ १ गतेको दिन यो संवत मनाईन्छ । किरात राई यायोख्खा त्रियुगा नगर समिति र ११, १२ र १३ नं वडाको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । उक्त संवतलाई किरात राई समुदायहरुले हरेक बर्ष मनाउँदै आएको छ । किरात समुदायको मौलिक र रैथाने संवतको रुमा गर्भका साथ यस संवतलाई मनाईन्छ । यो संवतलाई सरकारले व्यवास्था गरेको कारण ओझेलमा परेको भन्दै मौलिक संवतलाई सम्मान र प्रयोगमा ल्याउनु पर्ने माग छ । किराती अगुवाहरुको अनुसार महेश पाल वंशको अन्तिम राजा भुवन सिंहलाई पराजय गरी राजा यलम्वरले त्योबेलाको यालाखोमा अर्थात काठमाण्डौँमा राज्य सुरु गरेको संवत लाई नै यल संवत भनिन्छ ।
...
पूर्णपुष्टि/उदयपुर, माघ १ ।
उदयपुरको त्रियुगा नगरपालिका १६ सिरुवानीमा आज एक घरमा आगलागी हुँदा१२ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय रामबहादुर विकको घरमा आगलागी हुँदा उक्त क्षती भएको हो ।
घरको चुल्होबाट एक्कासी सल्केको आगोले ढुंगा, माटो र काठले निर्मित टिनको छानो भएको घर जलेको छ । घरभित्रको लत्ताकपडा, भाँडाकुडा, अन्नपातसंगै नगद एकला र आधातोला सुन जलेर नष्ट भएको पिडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार करिब अन्दाजी लाखको क्षती भएको हो ।
घरसंगै बाख्राको खोर र खोरमा रहेका ३५ वटा बाख्रासमेत जलेर क्षती भएको जनाइएको छ । स्थानीय र प्रहरीलाई आगो नियन्त्रण गर्न लामो समय लागेको थियो । आगलागीबाट मानवीय क्षती भने हुन पाएन । आगलागी थाहा पाएर बेलैमा भाग्न पाएकाले कोही घाइते र मानवीय क्षती नभएको हो । घर आगलागी...
पूर्णपुष्टि/उदयपुर, पुस २८ ।
उदयपुरको बेलका नगरपालिका–२ मा एकसाता यता जंगली हात्तीले एकजनालाई घाइते पारेको छ भने १५ घरधुरीमा क्षती पुर्याएको छ । साथै अन्नपात र बालीनाली नष्ट गरी आठ लाख छ हजार पाँचसय बराबरको क्षती पुर्याएको छ ।
सो वडाको गिध्देरीटोलकी ७७ वर्षिया बृद्धा फुलमाया तामाङलाई राती सुतिरहेको बेला हात्तीको सुडले तानेर फाल्दा घाइते भएकी हुन् । उनी बेलका नगर अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । छोरी संगिता तामाङसंगै बस्तै आएकी उनलाई हात्तीले घर भत्काएर सुती रहेको कोठाबाट बाहिर फालेको थियो । घर भत्किदा छोरी संगिता तामाङको १० हजार बराबरको क्षती भएको छ ।
त्यस्तैगरी शान्तिनगर, सुन्दरटोल, बानडाँडाका बासिन्दाहरुको घर, गोठ भत्काएर भण्डार गरिएको खाद्यान्न खानुका साथै खेतबारीको बाली नष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय गेतुकुमार राईको कृषि तथा पशुफर्म...
https://youtu.be/mBDb4a9C9Wk
२८ पुस, २०८२ । उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित कोभिड अस्पताल भवनमा एकैसाथ पाँचसय भन्दा बढि बृद्धबृद्धाहरुको आँखाको शल्याक्रिया आजबाट हुदैछ । मोतियाविन्दु उपचारमा विशेष दक्षता हाँसिल गरेका र आँखा उपचारमा रुइतेक्टोमी पद्धतीको विकास गरेका सन्दुक रुइतको विशेष निगरानीमा शल्याक्रिया हुने भएको हो । सल्याक्रिया शिविर तीनदिन रहनेछ ।
चौनपाका मेयर कालुमान लामाका अनुसार आजसम्म ५३७ जना मोतियाविन्दु सल्याक्रियाका लागि छनौट भएका छन् भने भोलीसम्ममा अरु थप हुनसक्नेछन् । निःशुल्करुपमा शल्याक्रिया सुविधा पाउने उनीहरुको पुनः परिक्षणसमेत यहि राखिने छ । यसक्रममा विभिन्न पालिकाका चार हजार भन्दा बढिले आँखा परिक्षण तथा उपचार सेवा पाएका छन् ।
खर्चको अभावमा आँखा उपचारबाट बञ्चित बृद्धबृद्धाहरुलाई ध्यानमा राख्दै चौदण्डीगढीले छिमेकी पालिकासमेतलाई समेटेर कोभिड अस्पताल बेल...
पूर्णपुष्टि, उदयपुर, पुष २८ गते ।
नेपाली कम्युनिष्ट पार्टी उदयपुरले भर्खरै मात्र आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी सहितको नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा पनि १८ जनाको नाम सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व एकीकृत समाजवादी पार्टीका युवाहरु भने असन्तुष्ट रहेको छ । पूर्व एकीकृत समाजवादीका युवाहरु र जेन्जीहरुको माग अनुसार युवाहरुलाई उम्मेदवारी सिफारिस नगरेको भन्दै समाजवादी निकट युवा संघ नेपालले आफै उम्मेदवारी सिफारिस गरेको हो । अध्यक्ष टिका राम राई र सचिव राजेश दनुवारको हस्ताक्षर पत्रमा उम्मेदवारको नाम सिफारिस गरेको हो । ५ जना युवा तथा जेन्जीहरुको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ राजेश दनुवारको नाम सिफारिस गरेको छ भने २ बाट जेन्जी युवा सुदिप राई र लक्की राईको नाम सिफारिस भएको छ भने समानुकपाति तर्फ क्षेत्र नं २ बाट टिकाराम...
पूर्णपुष्टि, गाईघाट, पुष २८ गते ।
उदयपुरको गाईघाट बरुवा बसपार्कमा ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२ हुने भएको छ । सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय परिषद् मेलाको मुख्य आयोजना रहेको छ भने नेपाल तामाङ् पत्रकार कोशी प्रदेश यसको सह आयोजक रहेको छ ।
मेलाले जातिय परिकार खानालाई प्रदर्शन, तामाङ समुदायको कला संकृतिको उजागर, समुदायमा संकृति चेतनाको अभिबृद्धि, मौलिक खानाले पर्यटन सँग जोड्ने मुख्य उदेश्य रहेको छ भने, उदयपुरमा रहेको समग्र तामाङ् समुदायको आर्थिक बिकास, सामाजिक तथा सांस्कृतिक बिकास यसको मुख्य लक्ष रहेको आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति र त्रियुगा नगरपालिकाले मेलको सहकार्यमा सहयोग गरेको छ भने अन्य जिल्लाका सबै पालिकाहरुले मेलामा सहयोग गरेको छ । मेलालाई नेपाल तामाङ घेदुङ संघिय परिषद् काठमाण्डौँले प्रबद्र्धक गरेको छ । मेला यहि माघ ३ देखी १० गते सम्म ...
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरका लागि क्षेत्र नं १ र क्षेत्र नं २ गरी १८ जनाको उम्मेदवारीमा नाम सिफारिस भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजानिक गरेको हो । पार्टीले क्षेत्र नं १ मा १० जना र क्षेत्र नं २ मा ८ जनाको नाम सिफारिस गरेको छ । जसमा धेरै भन्दा धेरै नयाँ अनुहार र युवाहरु रहेको छ । युवामा एविराज राई देखी मेजर कुमार राई सहितको नाम सिफारिस भएको छ । नेपाल कम्य्ुनिष्ट पार्टी कोशी प्रदेशले शुक्रबार उम्मेदवारहरुको नाम टुँगाई सार्वजानिक गरेको हो ।
यस्तो छ उम्मेदवारहरुको नाम लिस्ट...
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते ।
उदयपुर मिलिजुली समाजद्धारा कुवेदमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । २०२१ मा स्थापना भएको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यक्र गर्दै आएको अवस्थामा रक्तदान गरिएको हो । उक्त संस्थाले बिदेशमा अलपत्र परेका पिडित तथा महिलाहरुलाई उद्धार गर्दै आईरहेको छ ।
उक्त संस्था कुवेतमा वसेर नेपालीहरुका लागि सामाजिक संस्थाको रुपमा काम गर्दै आईरहेको संस्थाका अध्यक्ष मोहन लुईटेलले जनाएको छ । रक्तदान प्रदानले मानवीय सहयोग पुग्ने भन्दै कार्यक्रमको आयोजना गरिएको हो । उक्त संस्थामा युवक राई र उमेश पुडाशैनी संरक्षणको रुपमा रहेको छ भने सचिवमा रमेश सिलवाल रहेको छ ।...
पूर्णपुष्टि, गाईघाट, पुष २७ गते ।
उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले ६ जना फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो ।
https://youtu.be/s2kADReZGaw...