Tuesday, June 2News That Matters

Breaking News 2

एमाले पार्टी त्यागेको भन्दै वडाअध्यक्ष अधिकारीलाई वडाको जिम्मेवारीमा रोक

एमाले पार्टी त्यागेको भन्दै वडाअध्यक्ष अधिकारीलाई वडाको जिम्मेवारीमा रोक

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, चौदण्डीगढी, मंसिर ६ गते । चौदण्डीगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशव अधिकारीलाई नगर प्रमुख कालुमान लामाले जिम्मेवारीमा रोक लगाएको छ । एमाले पार्टी बाट निर्वाचित अध्यक्ष अधिकारीले पार्टीको गलत निर्णयहरु विरुद्ध आवाज उठाएको र राजिनामा माग गरी पार्टी पारित्याग गरेको अधिकारीलाई नगरपालिकाले जिम्मेवारीबाट हटाएको हो । एमाले बाट निर्वाचित भएका अध्यक्ष अधिकारीले पार्टी प्रति कपोकल्पित कुराहरु गरेको पार्टीको साधारण सदस्य समेत नरहने गरी मागिएको राजिनामा स्वीकृत भएको भन्दै अबको समयमा नगरपालिकाको ७ नं वडाको अध्यक्षको रुपमा रहन नसकिने र काम कार्वाही संञ्चालन नगर्न भन्दै जानकारी गराएको छ । अध्यक्ष अधिकारीको ठाउँमा वडा सदस्य बलराम मगरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ । अधिकारीले पार्टीको निति र निर्णयहरु पछिल्ला समय खराब भएको भन्दै आलोचना गर्दै आएका थिए । पार्टीको पछिल्लो ...
मुकेश राईलाई उपचार सहयाेग जुट्दै, हाल स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगामा उपचार

मुकेश राईलाई उपचार सहयाेग जुट्दै, हाल स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगामा उपचार

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर ६ । उद्यमी एवम् सामाजिक अगुवा युवा खाेटाङ सुन्तलेका मुकेश राईलाई उपचारका लागि आर्थिक सहयाेग जुट्दै गएकाे छ । सहयाेग जुट्दै गएसंगै हाल उनकाे स्पाईनल ईन्जुरी पुनर्थापना केन्द्र साँगा (काभ्रे) मा उपचार भईरहेकाे छ । उनकाे स्वास्थ्यमा केही सुधारसंगै थप उपचारका लागि मङ्सिर ३ गतेदेखि साे हस्पिटल लगिएकाे परिवारले जनाएकाे छ । राईकी श्रीमती मेनुका पाेखरेलले विभिन्न ब्यक्तित्वहरुले उपचार सहयाेग दिईरहेका छन् । "मुकेश राईकाे उपचार सहयाेग ग्रुप" नामक फेसबुक ग्रुपमार्फत सहयाेग अभियान सक्रियरुपमा चलिरहेकाे छ । मस्तिष्क पक्षघात भई काेमामा परेका उनी ठुला अप्रेशन र लामाे उपचारपछि केही सुधार भएकाे हाे । तर उपचारबाट पारिवारिक आर्थिक अबस्था नाजुक भएपछि परिवारले सहयाेगका लागि अपिल गरेकाे हाे । "थप लामाे उपचार र खर्च अभाव परेकाले सहयाेग अपिल गरेका हाैं ।" उनकी श्रीमती मेनका पाेखरेलल...
साझा सेवा घरका चेस राई प्रदेशस्तरीय बक्तृत्वकलामा द्वितीय हुन सफल

साझा सेवा घरका चेस राई प्रदेशस्तरीय बक्तृत्वकलामा द्वितीय हुन सफल

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर ४ । साझा सेवा घर उदयपुर बालगृहका चेस राईले प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा दाेस्राे स्थान हाँसिल गरेका छन् । अन्तर्राष्ट्रिय बालअधिकार दिवसको अवसरमा लागु पदार्थको सेवनबाट बालबालिकामा पर्ने असर र निराकरणका उपायहरु विषयक बक्तृत्वकलामा दाेस्राे भएका हुन् । दाेस्राे स्थान हाँसिलसंगै प्रमाणपत्रसहित पाँचहजार नगद पुरस्कार प्राप्त गरेका छन् । उनी कक्षा ६ मा अध्ययनरत छात्र हुन् । काेशी प्रदेश सरकार, सामाजिक विकास मञ्त्रालय र सिविन नेपालकाे संयुक्त आयाेजनामा बालकल्याण गृहहरुकाबिच आज प्रतियाेगितामा भएकाे हाे । काेशी प्रदेश सामाजिक विकास मन्त्रि पाँचकर्ण राई, प्रदेश सचिव उद्धवप्रसाद रिजाल र सहायक सचिव दुर्गा भण्डारी बरालले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका हुन् । उनी पुरस्कृत हुनुलाई राम्राे उपलब्धिकाेरुपमा लिईएकाे सेवा घर सञ्चालक समितिकी प्रमुख गिता खड्का का...
जुवाजन्य गतिविधि राेकिएसंगै शान्तमय तावरणमा माैवासी मेला सम्पन्न

जुवाजन्य गतिविधि राेकिएसंगै शान्तमय तावरणमा माैवासी मेला सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, मंसिर ४ । उदयपुरकाे माैवासी मेला गएराती शान्तमय वातावरणमा सम्पन्न भएकाे छ । उदयपुरगढी गाउँपालिका-५ माैवासी स्थित धार्मिक मेलाकाे जुवाजन्य गतिविधिहरु स्थानीय प्रशासनले राेकेपछि शान्तमयरुपमा सम्पन्न भएकाे हाे । स्थानीयहरुका अनुसार गएराती त्यहाँ कुनै जुवाजन्य गतिविधि भएन । जुवा खेल्न बनाईएका टहराहरु सबै भत्काईएका छन् । जाेडिएका बिजुली लाईन काटिएका छन् । प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीकाे थप बल मेलामा खटिएकाे थियाे । प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले धार्मिक मेलालाई धार्मिक मेलाकै रुपमा सम्पन्न गराउन सशस्त्र प्रहरीसमेत खटाउनुका साथै नेपाल प्रहरीकाे थप बल खटाईएकाे बताउनुभयाे । गाउँका बासिन्दाहरुलाई दवावमा राखेर जुवा सञ्चालन गर्ने गरिएकाेमा स्थानीय प्रशासनले राेकिदिए पछि स्थानीय खुसी छन् । "जुवाले कतिपय श्रीमान-श्रीमतीबीच घरायसी झगडा हुने, घरकाे जायजेथा र छा...
उदयपुरकाे माैवासी मेलामा रातभर जुवा सञ्चालन

उदयपुरकाे माैवासी मेलामा रातभर जुवा सञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि उदययुर, मंसिर ३ । उदयपुरकाे उदयपुरगढी गाउँपालिका-५ माैवासीमा गएराती रातभर जुवा सञ्चालन गरि लाखाै रुपैया हार्ने र मार्ने काम भएकाे छ । धार्मिक मेलाकाे नाममा आयाेजकले जुवा मेला सञ्चालन गरेकाे हाे । मेलास्थल नजिकै करिव दुईसय मिटर दुरीकाे खेतमा टेन्ट नै बनाएर जुवामेला जमाएकाे स्थानीयले बताएका छन् । उदयपुरमात्र नभई सप्तरी, सिरहाकासमेत जुवा खेलाडिहरुकाे उपस्थितिमा जुवा सञ्चालन भएकाे र रातभर जसाे पैसा हार्ने र मार्ने चलेकाे सुचनास्राेतले जनाएकाे छ । मङ्सिरकाे बालाचतुर्दशीमा बर्षदिनमा एकपटक सतविउ-पलविउ  छर्न मेला लाग्ने गर्दछ । शिवमन्दिर रहेकाे उक्त ठाउँमा शिवकाे आरधना गर्दा मनाेकामना पूरा हुने जनविश्वास छ ।तर दुईदिनसम्म सञ्चालन हुने धार्मिक मेलालाई जाँडरक्सी र जुवामेला बनाईएकाे हाे । मेला ब्यवस्थापन समितिका अध्यक्ष हरिकेशर राईले राती मेलामा आफू नबसेकाे र जुवा सञ्चालन नभएकाे बताए ।...
बलात्कार आरोपमा लिम्चुङबुङका ५८ बर्षिय पुरुष पक्राउ

बलात्कार आरोपमा लिम्चुङबुङका ५८ बर्षिय पुरुष पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, लिम्चुङबुङ, मंसिर ३ गते । उदयपुरको लिम्चुङबुङबाट एक पुरुषलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । महिलालाई बलात्कार गरेको आरोपमा लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेस्थित बुत्कु बस्ने ५८ वर्षीय ज्ञानबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । राईले स्थानीय महिलालाई जबरजस्ती गर्न खोजेको उजुरी पश्चात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) केदरमान दोङले बताए । डीएसपी दोङका अनुसार उनलाई मंगलबार पक्राउ गरिएको हो । उनलाई पीडित महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङले पक्राउ गरेको हो । पक्राउपछि अहिले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा लगिएको प्रहरीले जनाएको छ ।  ...
१४ जिल्ला मध्यकै उत्कृष्ट बन्यो उदयपुर अस्पताल

१४ जिल्ला मध्यकै उत्कृष्ट बन्यो उदयपुर अस्पताल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/ गाईघाट/उदयपुर मंसिर २ गते । उदयपुरको बोक्सेमा रहेको जिल्ला अस्पताल उदयपुर प्रदेशभरीकै उत्कृष्ट बनेको छ । उत्कृष्ट ठहरीएपछि स्पताललाई प्रदेश स्वास्थ्य मन्त्रालयले प्रशंसापत्र दिएको छ । आर्थिवर्ष ०८१÷८२ को सेवा प्रवाह कार्य संपादन मूल्याङ्कनमा १ सय पूर्णाङ्कमध्ये ८५।३८ अङ्क पाउँदै प्रदेशभरीको उत्कृष्ट अस्पतालमा दरिएको हो । उत्कृष्ट भएको कात्तिक २८ देखि ३० गतेसम्म आयोजित ‘प्रदेशस्तरीय वार्षिक एकीकृत समीक्षा कार्यक्रम’ समापन समारोहमा शनिबार स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मन्त्रालयका सचिव डा. यदुनाथ घिमिरेले अस्पतालका प्रतिनिधि डा. मुकेश झालाई प्रशंसापत्र प्रदान गरे । प्रदेश स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रशंसापत्र प्रदान गरेको हो । अस्पताल प्रशासन प्रमुख भगवती केसीले उदयपुर अस्पताल यसवर्ष दोस्रो पटक उत्कृष्ट ठहरिएको बताईन् । उनका अनुसार यसअघि आर्थिकवर्ष ०७९÷८० मा पनि ...
चाैदण्डिगढी ब्याड्मिन्टन प्रतियाेगिता सम्पन्न, विजयी टिमहरु पुरस्कृत

चाैदण्डिगढी ब्याड्मिन्टन प्रतियाेगिता सम्पन्न, विजयी टिमहरु पुरस्कृत

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ३० । तेस्रो चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताकाे पुरुष डबल्स (बि डिभिजन)तर्फकाे विजेता बेलका नगरपालिकाका नेपालधन राई र जैयन राईको जोडी भएकाे छ । आज भएकाे फाईनलमा बसहाका आदिप मगर र सौरभ राईको जोडीलाई २१–१७, २१–२३ र १६–२१ के सेटमा पराजित गर्दै बिजेता बनेकाे हो । उपाधीसंगै उनीहरुले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् । यस्तै उपविजेता भएका आदिप मगर र सौरभ राईको जोडीले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थानमा  दिपक किराँती र खडेन्द्र कुमार वल तथा गणेश विष्ट र काजीमान राईको जोडीले नगद ६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् । त्यस्तै वि डिभिजन जिल्ला स्त्तरीय महिला डवल्सको उपाधी निताशा रैका मगर र शिला राईको जोडीले प्राप्त गरेका छन् । उनीहरुले यशोद...
फागुन २१ मा चुनाव हैन संसद पुनस्र्थापना हुनु पर्छ : एमाले उदयपुर

फागुन २१ मा चुनाव हैन संसद पुनस्र्थापना हुनु पर्छ : एमाले उदयपुर

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट कार्तिक २९ गते । एमाले उदयपुरले संसद पुनस्र्थापनाको माग गर्दै शनिवार उदयपुरमा जनसभा गरेको छ । गाईघाटमा मोटरसाईकल र्याली सहित जिल्ला स्तरीय जनसभा आयोजना गरेको हो । एमाले जिल्ला अध्यक्ष भागवत राउतले सांसद्लाई फेरी फर्काउनु पर्ने माग गरे । र्याली पश्चात पिपलचोकमा आयोजित कोणसभामा बोल्दै राउतले फागुन २१ गते चुनाव नभई संसद्लाई पुनस्र्थापना गर्नु पर्ने बताएको हो । राउतले नेकपा एमाले नेपाली जनताको हक अधिकारको लागि ७५ बर्ष देखी लागि परिरहेको भन्दै नेपाली जनताको हक अधिकार बिरुद्ध लाग्ने कुनै पनि विरोधी सँग घोडा नटेक्ने चेतावनी दिए ।...
उदयपुर एमालेको जनसभा र्याली

उदयपुर एमालेको जनसभा र्याली

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि/ गाईघाट/कार्तिक २९ गते । एमाले उदयपुरले शनिवार जनसभा र्याली प्रदर्शन गरेको छ । गाईघाट बजारको पिपलचोक बाट र्याली सुरु गरी सोही स्थानमा आएर टुँगिएको छ । गाईघाट बजार परिक्रमा सँगै मोतिगडा, देउरी, जलजले चुहाडे, राजावास, बोक्से करमगाछी हुँदै पिपलचोकमै आएर र्याली टुँगिने छ । र्याली पश्चात कोण सभाको कार्यक्रम रहेको छ । कोणसभामा जिल्लाकै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...