Monday, July 13News That Matters

Breaking News 2

नारदमुनि गोल्डकप सुरु, सुनसरीको जित सुरु

नारदमुनि गोल्डकप सुरु, सुनसरीको जित सुरु

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि / उदयपुर, माथ १५ । नारदमुनि थुलुङ गोल्डकपको एघारौँ संस्करण आजबाट उदयपुरमा सुरु भएको छ। वसाहाको नारदमुनि रङ्गशालामा  सञ्चालित गोल्डकपको उद्घाटन चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले गरेका छन्। गोल्डकपको उद्घाटन खेलमा द योङ ब्रदर्श क्लव इटहरीले आयोजक बसाहा क्लवलाई   को विरुद्ध     गोलले पराजित गर्दै जीतको सुरुवाती गरेको छ। खेलको २७ औ मिनेटमा द योङ ब्रदर्श का जर्सी नं १० का विदेशी खेलाडी फोफोनाले पहिलो गोल गरे । आयोजक बसाहा क्लबको तर्फबाट पटक -पटकको अवसर गोलमा परिणत हुन नसकेपछि शून्यमै चित्त बुझाउनुपर्यो। भोलीको खेल सहलेस युवा क्लव सिरहा र दमक फुटबल एकेडेमी झापा बीच हुनेछ । आगामी २२ गते फाइनल हुने गोल्डकप ऐतिहासिक व्यक्तित्व प्रजातान्त्रिक योद्धा स्वर्गीय नारदमणि थुलुङको स्मृतिमा आयोजना हुँदै आएको छ। ऐतिहासिक व्यक्तित्वको प्रतिष्ठासँग जोडिएको गोल्डकप उदयपुरको एक प्रतिष...

भारतमा खेल जित्ने खेलाडीहरुलाई चौदण्डीगढीकाे सम्मान

Breaking News 2, खेलकुद, भिडियो, समाचार
https://youtu.be/i0fJkTgp8k4 पूर्णपुष्टी/उदयपुर, माघ १२। भारतको कालिम्पोङमा आयोजित द थर्ड कालिम्पोङ इन्टरनेसनल च्याम्पियनसिप २०२५ मा नेपालको तर्फबाट सहभागी भई हुन्छस् केजी समूहको क्युरुङ्गी विधामा स्वर्ण पदक जितेर देश जिल्ला अनि  नगरपालिकाको नाम उच्च बनाउने खेलाडी सुहाना राईलाई गृहपालिका चौदण्डीगढी नगरपालिकामा सम्मान मिलेको छ । त्यस्तै सोही खेलको under 15 समूह मा  स्वर्ण पदक विजेता खेलाडी सन्दिप शाह, सोही खेलको अन्डर ३८ समूहमा रजत पदक विजेता खेलाडी बिपना राई र खेल प्रशिक्षक यशव राई ले पनि सम्मान पाएका छन्। उनीहरूलाई मेयर कालुमान लामा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायत बाट प्रमाणपत्र खाँदा सहित सम्मान मिलेको हो । शिक्षा युवा तथा खेलकुद शाखा चौदण्डीगढी नगरपालिका उदयपुरले आज खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको हो ।...
सामाजिक संञ्जालमा भ्रम फैलाएको भन्दै नेकपाका उम्मेदवार बलदेव चौधरीले गरे पत्रकार सम्मेलन

सामाजिक संञ्जालमा भ्रम फैलाएको भन्दै नेकपाका उम्मेदवार बलदेव चौधरीले गरे पत्रकार सम्मेलन

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, माघ १३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फ बाट उदयपुरको क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका बलदेव चौधरीले सामाजिक संञ्जालमा आफ्नो बारेमा भ्रम फैलाएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । मंगलबार त्रि.न.पा. १२ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै मोटिभेट न्युज र हाम्रो उदयपुरले फेसबुक रिललगायतका सामाजिक संञ्जाल बाट तथ्यहीन भ्रामक तथा मन गणन्ते सामग्री उत्पादन तथा सार्वजनिक गरी मतदाता भ्रमित गर्ने जनमतलाई प्रभावित पार्ने र आफ्नो उम्मेदवारी विरुद्ध गलत प्रचार गर्ने कार्य गरेको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार होे । यस्तो संवेदनशील समयमा जिम्मेवार नागरिक र सञ्चार माध्यमले सत्य, तथ्य र मर्यादित अभिव्यक्ति अपनाउनु पर्नेमा उल्टै भ्रम फैलाउने, तरित्रहत्या गर्ने र जनमतलाई गलत दिशामा लैजाने कार्य लो...
नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

नेपाली कम्युनिस्ट पार्टीद्वारा ७ जना निष्कासन

Breaking News 2, राजनीति, समाचार
उदयपुर, १० माघ २०८२ । <span;>नेपाली कम्युनिस्ट पार्टीले निर्णय विपरीत उम्मेदवारी दिएको भन्दै सात जनालाई आज कारबाही गरेको छ। <span;>कारबाही गरिएकोमा पार्टीका पुराना र ठूला नेताहरूसमेत छन् । <span;>कारबाही पर्नेमा प्रस्तावक समर्थकसमेत रहेका छन् । उनीहरू चार जिल्लाका हुन्। सिन्धुलीका दुईजना, दाङका एकजना, उदयपुरका एकजना र सिराहाका तीनजना रहेका छन् । सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल रहेका छन् । उनीहरू दुवै केन्द्रीय सदस्य हुन् । सिन्धुलीको क्षेत्र नम्बर २ बाट दाहालले उम्मेदवारी दिएका थिए भने गजुरेल प्रस्तावक बसेको थिए । निष्कासित हुने अन्यमा उदयपुरका मेजर राई, दाङका कुलप्रसाद केसी र सिरहाका धर्मनाथ शाह, राजकुमारी शाह र जीवछ शाह रहेका छन् । स्थानीय तहमा लिम्चुङबुङ गाउँपालिकाबाट दुईपटक निर्वाचन जितेका मेजर राईले उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। यसअघि...
उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्,  दुई स्वतन्त्र कायमै

उदयपुरका दुई निर्वाचन क्षेत्रका ३१ जना उम्मेदवार कसैले पनि मनोनयन फिर्ता गरेनन्, दुई स्वतन्त्र कायमै

Breaking News 2, राजनीति, समाचार
९ माघ, २०८२ । उदयपुर संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गरेका उदयपुरका उम्मेदवारहरु कसैले पनि फिर्ता लिएनन् । निर्वाचन अयोागले उम्मेदवारहरुलाई आज दिउसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय तालिका दिइएको थियो । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्ययले दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा कसैले पनि उम्मेदवारी फिर्ता नगरेको जानकार दिए । क्षेत्र नं. १ मा एक स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएका थिए भने २ मा एक स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका थिए । दुबै निर्वाचन अधिकृतको कार्यालयहरुले दिउसो १ बजे निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवार अन्तिम नामावली प्रकाशित गरी कसै उम्मेदवारले मनोनयन फिर्ता नगरेको जानकारी सार्वजनिक गरेको छ । दुई स्वतन्त्र चुनावी मैदानमा कायम उदयपुरको दुई निर्वाचन क्षेत्रमा दुईजना स्वतन्त्र उम्मेदवार देखिएका छन् । दुई निर्वाचन क्षेत्रमा ए...
नारदमुनी थुलुङ स्मृती गाेल्डकपकाे खेलतालिका पहिलाेखेल माघ १५ , फाईनल २२ गते

नारदमुनी थुलुङ स्मृती गाेल्डकपकाे खेलतालिका पहिलाेखेल माघ १५ , फाईनल २२ गते

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, माघ ८ । उदयपुरकाे बसाहामा सञ्चालन हुने ११ ओैं नारदमुनी थुलुङ स्मृती गाेल्डकप फुटबल प्रतियाेगिताकाे खेल तालिका आयाेजकले  सार्वजनिक गरेकाे छ । आगामी माघ १५ देखि सञ्चालज हुने गाेल्डकपकाे खेल तालिका अनुसार आठ वटा टिमले भाग लिनेछन् । जसमा पहिलाे दिनकाे खेल आयाेजक बसाहा क्लव र याेङ् ब्रदर्स क्लव ईटहरी सुनसरीबीच हुनेछ । दाेस्राेदिन सहलेस युवा केलव सिरहा र दमक फुटबल एकेडेमी झापाबीच हुनेछ । तेस्राेदिन न्यु त्रियुगा स्पाेर्टस् क्लव सप्तरी र नेपाल खेलकुद क्लव राैतहटबीच हुनेछ भने चाैथाेदिन एपिएफ क्लव काठमाडाै र एलएक्स सिटि फुटबल क्लव माेरङबीच हुनेछ । नकआउट बिधिमा खेलाइदा १८ गतेसम्ममा पहिलाेचरणकाे खेल सकिएर सेमिफाईनल प्रवेश हुनेछ । १९ र २० गते सेमिफाईनल भई २२ गते फाईनल हुनेछ । आयाेजक बसाहा क्लवले प्रजान्त्रिक सेनानी, ऐतिहासिक ब्यक्तित्व स्व. नारदमुनी थुलुङकाे स्मृतीमा खेलाएकाेले...
उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित

उदयपुरका दुई पहिलाे प्याराग्लाइडिङ पाईलट र एक पत्रकार सम्मानित

Breaking News 2, पर्यटन, समाचार
उदयपुर, माघ ७ । पूर्वीकाे पर्यटन प्रबर्धनमा याेगदान गरेकाे भन्दै उदयपुर कान्तिपुर सम्बाददाता तथा पूर्णपुष्टि मिडिया सञ्चालक/सम्पादक भाेटराज राईसहित तीनजनालाई बेलका हाेटल ब्यवसायी संघले आज सम्मान गरेकाे छ । संघले पत्रकार राई र सरकार मार्फत मान्यता प्राप्त उदयपुरकाे पहिलाे दुई ब्यवसायिक (टेन्डम) प्याराग्लाईडिङ पाईलटहरु धनकुमार राई, नवराज राईलाई सम्मान गरेकाे हाे । दुबै प्याराग्लाईडिङ पाईलटहरु बेलका नगरपालिका -८ निवासी युवाहरु हुन् । संघका अध्यक्ष रमन भट्टराईले दाेसल्ला, कदरपत्रले सम्मान गरे । उनीहरुले बेलकाकाे बाेप्ताङमै सिकेर त्यहिबाट उडानसम्मकाे ब्यवसायिक अनुमती प्राप्त गरेका हुन् । उनीहरुले पाेखराका ब्यवसायिक प्याराग्लाईडिङ प्रशिक्षक सुरेन गुरुङले बेलकामा सञ्चालन गरेकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरुङकाे याेगदानकाेसमेत प्रशंसा ग...
उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा : प्रा.डा. संग्रौला

उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा : प्रा.डा. संग्रौला

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टी/उदयपुर, माघ ५ गते । नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसको भुमिका उच्चस्थानमा रहेको भएपनि राज्यले सो अनुसारको मुल्याङ्कन र सहयोग नगरेको प्राध्यपक डाक्टर युवराज संग्रौलाले बताएका छन् । उदयपुरको नारदआदर्श क्याम्पस, बसाहामा आज आयोजित अन्तरक्रिया कार्यक्रममा प्रा.डा. संग्रौलाले गाउँगाउँमा शिक्षाको ज्योती छरेर सामुदायिक क्याम्पसले उच्च शिक्षामा उच्चस्थानको भुमिका गरेको बताए । “हुनेखानेहरु शहर गएर उच्च शिक्षा हाँसिल गर्छन्, शहर जान नसक्नेहरुलाई सामुदायिक क्याम्पसले गाउँमै उच्च शिक्षा दिइरहेको छ ।” उनले भने । त्यसमा पनि छोरी बुहारीहरुलाई विशेष अवसर दिइरहेको उनले बताए । उनले सरकारले शिक्षामा लगानीको नाममा हुनेखाने, धनी सम्पन्नलाई नै पोसिरहेको आरोप उनको छ । अव त्यस्ता कुरा सहेर बस्न नहुने प्रतिवाद र विरोध गरेर अहिलेको ब्यवस्थालाई नै परिवर्तन गर्नुपर्ने धारणा राखे । शिक्षाको नाम...