Friday, June 26News That Matters

Breaking News 2

उदयपुरका दुई युवकको भक्तपुरमा मृत्य

उदयपुरका दुई युवकको भक्तपुरमा मृत्य

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ८ उदयपुरका दुई युवकको भक्तरपुरमा मृत्यु भएको छ । शुक्रबार राती अचेत अवस्थामा भेटिए दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुवैजना बेहोस् अवस्थामा भेटिएका थिए । जसमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका–२ बस्ने ४० वर्षीय गणेश मगर र उदयपुरकै कटारी नगरपालिका–९ घर भएका ३५ वर्षीय सुरज तामाङ रहेका छन् । त्यस्तै घटनामा नाम थर र ठेगाना नखुलेका अर्का एक व्यक्तिको शव समेत खोला छेउमा भेटिएको छ । उदयपुरका दुई युवक बेग्ला बेग्लै ठाउँ र समयमा स्थानीयले फेला पारेका थिए । मगर शौचालयमा राति सवा २ः०० बजे अचेत अवस्थामा फेला परेका थिए । उनलाई श्रीमती र स्थानीयको सहयोगमा नजिकैको कोरियन अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेको थियो । भक्तपुर परिसरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार बिहान साढे ५ः०० बजे कटारीका ...
बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागन ८ । संखुवासभाको सभापोखरी गाउँपालिका–२ का १८ वर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान राती अन्दाजी साँढे २ बजेको समयमा ५२ वर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनाको खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाबको हत्यामा संग्लग्न रहेका सुमनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
एमसिसी संसद्मा पेस गर्ने सत्तारूढ गठबन्धनको सहमति

एमसिसी संसद्मा पेस गर्ने सत्तारूढ गठबन्धनको सहमति

Breaking News 2, समाचार
काठमाडौं, फागुन ८ । सत्तारूढ गठबन्धनका बीचमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० सम्बन्धी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सम्झौता टेबल गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । राजनीतिक दलहरुका बीचमा एमसिसी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहँदै आएको थियो । लामो छलफल र सकारात्मक प्रयासपछि गरिबी निवारण र भौतिक पूर्वाधारको विकासका लागि प्राप्त भएको सहयोगका सम्बन्धमा दलहरुबीच साझा मत बनेको हो । शुक्रबारको बैठकले आजसम्म यस विषयमा सहमति खोज्न दलहरु सहमत भएका थिए । लामो विवादका कारण आयोजना कार्यान्वयन हुने समयसमेत पर सर्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग क...
किसानलाई गोबर खरिदमा अनुदान

किसानलाई गोबर खरिदमा अनुदान

Breaking News 2, समाचार
काठमाडौं, फागुन ८ । जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले रु ५० लाख विनियोजन गरेको छ । नगर क्षेत्रमा एक टेलर मलको रु तीन हजारदेखि रु तीन हजार ५०० सम्म पर्ने गरेको छ । नगरपालिकाले एक टेलर मल खरिदमा रु एक हजार ५०० उपलब्ध गराउने भएको छ । एक बिघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन् । एक बिघा जग्गाका लागि गोबर मल खरिद गर्न किसानले रु छ हजार अनुदान रकम पाउने नगरप्रमुख नारायण वनले बताउनुभयो । नगरपालिकामा सूचीकृत भएका पशुपालन फार्मबाट किसानले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिलेसम्म १० वटा पशुपालन फार्म सूचीकृत भएका छन् । वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ...
निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पौडेल

निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पौडेल

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ८ नेपाल निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पुण्यप्रसाद पौडेल चुनिएका छन् । शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न ११ औँ अधिवेशनको बन्दशत्रले पौडेलको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्यसमिति सर्वसहमत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा जिवन थापा र वविता परियार छन् । त्यसैगरी सचिवमा सिताराम फुयँल, सहसचिवमा बालकृष्ण आचार्य र कोषाध्यक्षमा विजय गेलाल रहेका छन् । बन्दशत्रले गायत्रा राई, रमा कटुवाल, रेणुका राई, वसन्ती काफ्ले, सुनिता प्रधान, केशवप्रसाद साह, रमेश श्रेष्ठलाई सदस्यको जिम्वेवारी दिएको छ । त्यसैगरी सदस्यमा टिका विक, खेम ओझा, मोहनकुमार पौडेल, शुरेस पाण्डे, लिलबहादुर साही, भोजराज कोईराला, गोपाल निरौला र प्रभाश भण्डारी रहेका छन् । अधिवेशनले केन्द्रिय महाधिवेशन र प्रदेश अधिवेशनका लागि ६÷६ जना प्रतिनिधि छनौट गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष जसबहादुर कार्कीका ...
प्रजातन्त्र दिवसमा त्रियुगा उद्योग वाणिज्य संघको रक्तदान कार्यक्रम

प्रजातन्त्र दिवसमा त्रियुगा उद्योग वाणिज्य संघको रक्तदान कार्यक्रम

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ७। राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा उद्योग वाणिज्य संघले शनिबार गाईघाटमा रक्तदान कार्यक्रम आयोजना गर्यो । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले २९ औं पटक रक्तदान गरे । जागिरको सिलसिलामा विभिन्न ठाउँमा २८ औं पटक रक्तदान गरिसकेका प्रनाउ गौतमले २९ औं पटक रक्तदान गरेका हुन् । शरिरबाट निश्चित समयमा खेर जाने रगत दान गरेमा त्यसले धेरैको ज्यान बचाउन सक्ने भएकाले रक्तदान पुन्यको काम रहेको भन्दै कार्यक्रमको आयोजना गरिएको थियो । जेसिस उदयपुर, उदयपुर साईक्लिङ संघ, घरेलु तथा साना उद्योग महासंघ, उदयपुर सुनचाँदी ब्यवसायी संघ, जीवन विज्ञान परिवार र नेपाल काण्ठ फर्निचर ब्यवसायी संघको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५० जना बढिले रक्तदान गरेको आयोजकले जनाएको छ । नेपाल प्रहरी सशस्त्र प्रह...
बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जना पक्राउ

बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ६ झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ परेका ९ जनाको हिजो दिउसो जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह न.पा.–२ का ३८ बर्षीय सुमन कुमार कार्की (योजनाकार), झापा कन्काई न.पा.–३ का ४१ बर्षीय भिष्म थापा, दमक न.पा.–९ कि ५० बर्षीया देवी बास्कोटा (गुरागाई), कान्काई न.पा.४ स्थित कोटीहोममा पुजारी काम गर्ने ५८ बर्षीय कुमार भन्ने यमदत्त सिटौला, सिवसताक्षी न.पा.–१ का ३२ बर्षीय सरुण लिम्वु भन्ने दिल कुमार सामेखाम, संखुवासभा खाँदवारी न.पा.–१० घर भई हाल सुन्दरहरैचा–६ मोरङ बस्ने २९ बर्षीय मनमोहन दहाल, झापा गौरिगञ्ज गा.पा.–३ का ३२ बर्षीय आन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह न.पा.–५ का ३३ बर्षीय प्रदीप थापा र...
नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

नेपालमै पहिलोपटक ‘छिमेकी चरा’ एपमार्फत चरा गणना हुने

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन ६ कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ । नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । “मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ”, उहाँले भन्नुभयो, “एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।” पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उहाँले बताउनुभयो । “त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिन...
सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन ५  कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ । “मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने काम श्रीमान्ले गर्नुहुन्छ”, झरनाले भन्नुभयो, “खर्चको सबै हरहिसाब पनि उहाँलाई बुझाउनुपर्छ, मैले सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु ।” झरनाजस्तै टीकापुर नगरपालिका–४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको एक कट्ठा मात्रै जमिन छ त्यो पनि उहाँकै नाममा छ । श्रीमान्ले कमाउने तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ । प्रेमरानीले सबै हरहिसाब श्रीमान्लाई दिनुहुन्छ तर उहाँका श्रीमान्ले भने ...
धरान भेडेटार सडक खण्डमा झोला भित्र मानिसको टाउको र खुट्टा फेला

धरान भेडेटार सडक खण्डमा झोला भित्र मानिसको टाउको र खुट्टा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ५ धरान(भेडेटार सडक खण्डमा झोला भित्र पहिचान नखुलेको पुरुषको जस्तो देखिने टाउको र खुट्टा फेला परेको छ । सडको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको प्रहरीले जनाएको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए ।पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको छ ।...