Thursday, June 25News That Matters

Breaking News 2

करणी मुद्धाका फरार प्रतिवादी उदपुरका राई भक्तपुरबाट पक्राउ

करणी मुद्धाका फरार प्रतिवादी उदपुरका राई भक्तपुरबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ उदउपुरमा करणी गरी फरार रहेका एक जना प्रदिवादी भक्तपुरबाट पक्राउ परको छ । जिल्लाको त्रियुगा नगरपालिका–१३ बस्ने सुब्बे भन्ने सुवास राई पक्राउ परेको हो । राईलाई भक्तपुर सुर्यबिनायक एरियामा बिगत १० बर्ष देखि लुकिछीपी बसीरहेको अबस्थामा उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको छ । २०६८।०३।०५ गतेका जिल्ला अदालत उदयपुरको फैसलाले जबरजस्ती करणी मुद्धामा ५ बर्ष कैद सजाय तोकिएको र पुनराबेदन अदालत राजबिराजको मिति २०६९।०२।०१ गतेको फैसलाले जिल्ला अदालतको फैसला सदर हुने ठहरी फैसला गरेको थियो । पक्राउ परेका राईलाई जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार कार्यालय गाईघाट पठाईस जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले बताउनुभयो ।...
पक्राउ पर्न थाले प्र्याङस्टार, आकाश सेडाईलाई पक्राउ गर्यो सिआईवीले

पक्राउ पर्न थाले प्र्याङस्टार, आकाश सेडाईलाई पक्राउ गर्यो सिआईवीले

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ४ नेपाली प्र्याङस्टर युट्युव च्यानलमा प्र्याङक भिडियो बनाएर अपलोड गर्दै आएका आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको छ । भर्खरै जिल्ला गृह मन्त्रालयले सार्वजानिक स्थलमा मानिसलाई अनावश्यक दुख दिने कार्यलाई सजग गराउँदै यस्तो गरेको पाईएमा कार्वाही हुने सूचना जारी गरेका थिए । विद्युतिय कारोवार ऐन २०६३ अन्तरगत कसुर गरेको आरोपमा सेडाईलाई पक्राउ गरिएको साईवर व्युरोले जनाए । उनलाई फागुन ३ गते अनुमति लिएर पक्राउ गरिएको व्यरोले एक विज्ञाप्ती मार्फत जनाए । प्र्याङको नाममा सर्वाजानिक स्थलमा मजाक, ख्यालठट्टा, शारिरक तथा मानसिक पिडा हैरानी दिक्दार समयको वर्वाद जस्ता समस्याको झन्झट गाराई सर्वसाधारणहरुलाई दुख दिने र सामाजिक संञ्जालमा भिडियो अपलोड गर्ने गरेको भन्दै सेडाईलाई पक्राउ गरिएको जनाईएको छ । सेडाईलाई थप ७ दिन म्याद थपी अनुसन्धान गरिरहेको छ ।...
महिला फुटबल लिगको पहिलो चरण चितवनमा

महिला फुटबल लिगको पहिलो चरण चितवनमा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, फागुन ४ राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो । लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० बीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गर्नुभएको छ । महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल यहाँ आयोजना गर्न लागिएको बताउनुभयो । सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुनेछ । लिगका ५६ मध्य...
मृगाैला पिडितलाई त्रिउवाकाे सहयाेग

मृगाैला पिडितलाई त्रिउवाकाे सहयाेग

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ४ । बाेक्सेका मृगाैला पिडितलाई त्रियुगा उद्याेग वाणिज्य संघ गाईघाटले आर्थिक सहयाेग  गरेकाे छ । संघले त्रियुगा नगरपालिका १० बाेक्सेका दसबै मृगाैला बिग्रिएका कृष्णबहादुर मगरलाई आज सहयाेग गरेकाे हाे । संघले १७ हजार १५ रुपैया प्रदान गरेकाे हाे । संघका अध्यक्ष रमेश रसाईलीकाे नेतृत्वमा मगरकाे गाउँमै पुगेर संघकाे पदाधिकारी तथा सदस्यटाेलीले मगरकाे आफन्तलाई सहयाृग रकम प्रदान गरेकाे हाे । मगर उपचारकाे क्रममा काठमाडाै रहेका छन् ।...
अन्तर्वार्ताः ‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

अन्तर्वार्ताः ‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’

Breaking News 2, समाचार
काठमाडौँ, फागुन ३ सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले वैदेशिक व्यापार प्रवद्र्धन तथा सहजीकरण क्षेत्रमा गैरभन्सारजन्य अवरोध न्यूनीकरण एवं व्यापारिक कारोबारजन्य समय र लागत कर्म गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालको बन्दरगाह व्यवस्थापनलाई प्रभावकारी बनाउने र बन्दरगाहबाट प्रवाह हुने सेवालाई अनुमानयोग्य बनाउन उपयुक्त व्यवस्थापकीय तथा प्राविधिक उपायको अवलम्बनमा समिति क्रियाशील छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः राससः नेपाल इन्टरमोडल यातायत विकास समितिका मुख्य...
भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

भ्यालेन्टाइन्स डेमा सयौँको विवाह

Breaking News 2, समाचार, संसार
काठमाण्डौँ, फागुन ३ प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौँ प्रेमी–प्रेमीकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमबार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ । विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ बर्षिया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरुको भेटघाट पाँच बर्ष अगाडि भएको थियो । वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए । “मेरो परिवारका दुई दिदीले यस्तै कार्यक्रम मार्फत यसअघि नै विवाह गर्नु भएको हो, उहाँहरु अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरिका अपनाएँ,” विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने । धेरै जनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमै विवाह दर्ता प्रमाणपत्...
प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित युवक पक्राउ

प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फाल्गुन ३ मोरङको सुनवर्षी नगरपालिका–८ स्थितबाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी–१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन । हिजो राती पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ति टोलीले पैदल यात्री तामाङलाई संका लागि चेक जाँच गर्दा निजले प्लास्टिकमा पोको पारी शरिरमा लुकाई राखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको हो । पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।...
आगोले जलेर महिलाको मृत्यु

आगोले जलेर महिलाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३ धनकुटाको पाख्रिवास नगरपालिका–९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । हिजो बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
बोक्सेका दुबै मृगौला फेल भएका मगरलाई आर्थिक सहयोग

बोक्सेका दुबै मृगौला फेल भएका मगरलाई आर्थिक सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ । दुबै मृगौला फेल भएका उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका कृष्णबहादुर मगरलाई त्रियुगा मावि एसएलसि २०५१ ब्याजी ग्रुपले सोमबार आर्थिक सहयोग गरेको छ । ग्रुपले आर्थिक अबस्था अतिनाजुक रहेको बिरामी मगरलाई १० हजार ५१ रुपैयाँ नगद सहयोग प्रदान गरेको हो । ग्रुपको प्रतिनिधित्व गर्दै किसन राई, सागर नेपाल र राजकुमार शर्माले विरामी मगरका आफन्त रमेश भुजेललाई सहयोग रकम हस्तान्तरण गरे । मगरको दुबै मृगौला काम नलाग्ने भएपछि फेर्नु पर्ने भएको छ । उनलाई श्रीमतिले नै मृगौला दिने तयारी भएपछि त्यसको लागि मिल्ने नमिल्ने कुरा परिक्षण गर्न लागिएको जनाएको छ । उनको हाल काठमाडौमा उपचार चलिरहेको छ ।...
चक्कु प्रहारबाट श्रीमतीको हत्या

चक्कु प्रहारबाट श्रीमतीको हत्या

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २ झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चौक का ३४ वर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । आज बिहान साढे ५ बजे तामाङले मोबायल बिगारेको बिषयमा ३४ वर्षीय अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेको हो । चक्कु प्रहार गर्ने तामाङ सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ । मृतक लाश आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...