Saturday, July 4News That Matters

Breaking News 2

एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

एकीकृत समाजवादीका नेता वलदेव चौधरीलाई मातृ शोक

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २९ कार्तिक । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव तथा त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीको ममतामय माता घुरन वती चौधरीको ८३ बर्षको उमेरमा बिराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । चौधरीलाई निमोनिया र दमको बिरामी रहेको परिवारले जनाएको छ । गएराति ८ बजे उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।...
त्रियुगा १२ उपनिर्वाचन : एकीकृत समाजवादीले पनि तोक्यो उम्मेदवार

त्रियुगा १२ उपनिर्वाचन : एकीकृत समाजवादीले पनि तोक्यो उम्मेदवार

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । त्रियुगा नगरपालिका १२ नं वडामा वडा अध्यक्षका लागि नेकपा एसले पनि उम्मेदवारी घोषणा गरेको छ । नेकपा एसले वडा अध्यक्षका लागि पार्टी त्रियुगा नगर कमिटीका सदस्य निर्मला चौधरीलाई उम्मेदवारी घोषणा गरेको हो । पाटीका केन्द्रीय सचिव बलदेव चौधरीको उपस्थितिमा उम्मेदवारी घोषणा गरिएको छ । उदयपुरमा त्रियुगा १२ र बेलका ९ गरी दुई ठाउँमा उपनिर्वाचनको तयारी भैरहेको छ । मंसिर २ गते मनोनयन दर्ताको काम रहेको छ भने १६ गते उपनिर्वाचन हुँदैछ । त्रियुगा १२ र बेलका ९ का दुवै वडा अध्यक्षको दुर्घटनामा मृत्यु भएका थिए । जस कारण दुवै वडामा अध्यक्ष पद रिक्त छ ।...
उदयपुर उपनिर्वाचन : रास्वपाबाट धुर्व र तेजमानको उम्मेदवारी

उदयपुर उपनिर्वाचन : रास्वपाबाट धुर्व र तेजमानको उम्मेदवारी

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा आउँदो मंसिर १६ गते हुने वडा अध्यक्ष पदको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धुर्व प्रसाद पोखरेल र तेजमान विकलाई उम्मेदवारी बनाएको छ । व्यवसायी समेत रहेको पोखरेल त्रियुगा नगरपालिका वडा नं १२ का लागि उम्मेदावर हुन भने बिक बेलका ९ का लागि उम्मेदवार हुन् । आउँदो उपनिर्वाचनका लागि वडा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न उम्मेदावरी घोषणा गरेको हो । कांग्रेस, एमाले र माओवादीले पहिल्यै उम्मेदार टुँगाई सकेको छ । रास्वपा सँगै १२ नं वडाका उपनिर्वाचनमा ४ दलले उम्मेदवा तयार पारि सकेको छ । अन्य दलहरुले पनि उम्मेदवार उठाउने तयारी गरिरहेको छ । मनोनयन दर्ता मंसिर २ गते हुने भएको छ ।...
उदयपुर उपनिर्वाचन : प्रमुख तिन दलको उम्मेदवार तयार

उदयपुर उपनिर्वाचन : प्रमुख तिन दलको उम्मेदवार तयार

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २८ कार्तिक । उदयपुरमा हुने उपनिर्वाचनका लागि तिन ठुला दलले उम्मेदवार तयार गरेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकापा माओवादीले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तयार गरेको हो । उदयपुरमा त्रियुगाको वडा नं १२ र बेलका नगरपालिकाको वडा नं ९ मा उपनिर्वाचन हुँदैछ । यी दुवै वडाका वडाअध्यक्षको दुर्घटनामा मृत्यु भएपछि अध्यक्ष पद रिक्त अवस्थामा थियो । त्रियुगाको १२ मा नेपाली कांग्रेसको तर्फबाट सञ्जीव काफ्ले उम्मेदवार बनेको छ भने एमालेबाट लक्ष्मी नारायण चौधरी र माओवादी बाट नविन राईलाई उम्मेदवार बनाईएको छ । यस्तै बेलका नगरको ९ नं वडामा कांग्रेसबाट नवराज बस्नेत, एमालेबाट मोहन खड्का र माओवादीबाट भरत घिमिरे उम्मेदवार छन् । यस बाहेक अन्य पार्टीहरुले भने उम्मेदवार टुँगाएको अवस्था छैन् । तिन ठुला दलले भने दुई ओटा वडाका लागि ६ जना उम्मेदवार तयार पारिसकेको अवस्था छ ।...
मानव तस्करी आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करी आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २५ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोपमा विराटनगरस्थित निवासबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएका अधिकारीलाई दिउँसो एक बजे हवाईजहाजमार्फत काठमाडौं पठाउने तयारी रहेको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पुष्टि गरे । मन्त्रिपरिषदको स्वीकृतिबिना जापान गएका अधिकारीसँगै अन्य तीन जना पनि गएका थिए । जापानको अध्यागमनले उनीहरूलाई विमानस्थलबाटै फर्काइदिएको थियो । यस घटनापछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए भने एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको छ ।...
मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारी बयान दिन काठमाडौं जाँदै

मानव तस्करी आरोपमा पूर्वमन्त्री अधिकारी बयान दिन काठमाडौं जाँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक २५ । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा बयान दिन आज काठमाडौं जाने भएका छन् । विराटनगरबाट दिउँसो १:५० बजेको उडानमार्फत उनी केन्द्रीय अपराध अनुसन्धान ब्युरो अन्तर्गतको मानव बेचबिखन ब्युरोमा स्वेच्छाले बयान दिन जान लागेका हुन् । अधिकारीमाथि गत कार्तिक १३ गते जापान जाने क्रममा तीन जना नेपालीलाई नक्कली कागजातसहित लगेको आरोप छ । यस घटनामा प्रहरीले खोटाङका दावा शेर्पा र जनक राई, रसुवाका कञ्चन देवकोटासहित नक्कली कागजात बनाउन सहयोग गर्ने धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर सुनुवार गरी ६ जनालाई पक्राउ गरिसकेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव केदारनाथ शर्मा तथा मन्त्रालयका कर्मचारीहरूले जापान नजान दिएको सुझावको अवज्ञा गरी अधिकारी जापान गएका थिए ।...
काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

काङ्ग्रेसद्वारा उदयपुर उपनिर्वाचनमा उम्मेद्वार छनौट

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
उदयपुर, कार्तिक २५ । नेपाली काङ्ग्रेसले उदयपुरको दुई वडा निर्वाचनमा उम्मेद्वार छनौट गरेको छ । आगामि मङ्सिर १६ गते उपनिर्वाचन हुने त्रियुगा नगरपालिका, वडा नं। १२ मा सञ्जिव काफ्ले र बेलमा नपा ( ९ मा नवराज बस्नेत छनौट भएका छन् । पार्टिको क्षेत्र नं। १, क्षेत्रिय कमिटिको कार्तिक २० गते बैठकबाट उम्मेद्वार छनौट निर्णय गरेको हो । दुबै वडाका निर्वाचित वडाध्यक्षहरुको निधन भएको हो । काफ्ले, विमारका कारण निधन भएका वडा नं। १२ वडाध्यक्ष चुडाराज काफ्लेका छोरो हुन् भने दुर्घटनामा निधन भएका बेनपा ९ का पदम खड्काको ठाउँमा नवराज उठ्दैछन् ।...
निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने जनाएको छ । उनले आफ्नै पार्टीको सहयोगमा एमालेको सरकार बनिरहेको हुँदा हाललाई राम्रो काम गरेर सरकार चलाउनको बिकल्प नरहेको जनाए । कोईरालाले सरकारले गरेको गलत गतिविधिलाई गलत भन्नु सक्नु पर्ने आमसभामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे । बिपिकोअनुयायी वा सिद्धान्तमा हिड्ने भए सरकार जो सुकैको होस गलतलाई गलत भन्न सक्नु पर्ने कोईरालाको अडान छ । उनले आफ्नो पाटी समेत सरकारमा भएको हुँदा सम्पूर्ण मन्त्री र नेताहरुलाई जनमुखी र नियमबद्ध काम गर्न अनुरोध गरे । यस अलवा सरकारलाई नियम विपरित काम गर्न छुट नभएको उनको भनाई छ । उनले सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन भएको समेत जनाए । उनले गलतलाई गलत भन्नका निमित्तै यो लडाई चलिरहेको जनाए...
नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने

नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने

Breaking News 1, Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, २४ कार्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोईराला आज गाईघाट आउने भएको छ । गाईघाट बजारको बिपि चोक स्थित निर्माण गरिएको बिपिको शालिक अनावरण सँगै बृहत आमसभालाई सम्बोधन गर्न कोईराला गाईघाट आउने भएको हो । नेपाली कांग्रेस वडा कार्य समिति त्रियुगा नगरपालिका ११ को आयोजनामा कोईरालाले शालिक निर्माण सँगै आमसभालाई सम्बोधन गर्न गाईघाट आउने भएको हो ।...
उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको बिदा

Breaking News 1, Breaking News 2, Breaking News 3, बिचार
पूर्णपुष्टि, २३ कार्तिक । गाईघाटमा उदाउँदो सुर्यलाई अर्घ दिएर छैठको विदाई गरिएको छ । शुक्रबार त्रिगायुगा नदी लगायतका विभिन्न नदिहरुमा भक्तजनहरुले उदाउँदो सुर्यलाई फलफुल, दुध, र जल चढाएर अर्घ दिईएको थियो ।  त्रियुगा नदीमा सबैभन्दा बढी भक्तजनहरूको उपस्थित रहेको थियो । ब्रतालु र भक्तालु बाहेक पनि छैठ अनुगमन गर्न त्रियुगा नदीमा हजारौं मानिसहरूको उपस्थित रहेको थियो । त्रियुगा छैठ पूजा त्रियुगा समितिका अध्यक्ष चन्दन शाहले सफलतापूर्वक छैठ पर्व सम्पन्न भएको जनाए । त्रियुगा बाहेक फारसेट खोला र बरुवा खोलाम समेत छैठको लागि भक्तालुहरूलाई ब्यबस्थापन गरिएको थियो । बिहिबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छैठ सुरुवात गरिएको थियो ।...