Monday, August 3News That Matters

Breaking News 3

खोटाङ्गमा पाचँ जुवाडे पक्राउ

खोटाङ्गमा पाचँ जुवाडे पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ९ खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट तास, नगद सहित ५ जना जुवाडे पक्राउ गरिएको छ । पक्राउ पर्नेमा खोटाङ साकेला गाऊपालिका ५ का २७ बर्षीय हिराधन राई, साकेला गाऊपालिका २ का २२ बर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षीय बसन्त राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ का ३८ बर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका ११ का २४ बर्षीय खोम बहादुर मगर रहेका छन् । आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अबस्थामा १ बुङ तास, नगद रु.७१ हजार २० रुपैया सहित पक्राउ गरिएको हो । पक्राउ परेका पाचै जनालाई कानुन बोमिजक कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।...
गाँजा सहित एक जना पक्राउ

गाँजा सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ९ सुनसरी धरान उपमहानगरपालिका १३ सूर्यमार्ग स्थितबाट गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा साँघुरीगढी गाऊपालिका घर भई हाल सोही स्थानमा कोठा भाडामा बस्ने २७ बर्षीय किरण भन्ने हेमन्त राई रहेका छन् । हिजो राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।...
ट्याक्टरको ठक्कटरबाट वृद्धाको मृत्यु

ट्याक्टरको ठक्कटरबाट वृद्धाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ९ सुनसरी रामधुनी नगरपालिका ६ बकलौरी भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० बर्षीया नेहरी सदा रहेकी छन् । हिजो दिउसो २ बजे प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा पछाडीको डालाले लागी गम्भिर घाईते भएकी सदाको ईटहरी एपेक्स अस्पतालमा उपचार गराई थप उपचारको लागी धरान घोपा पुर्याउन साथ मृत्यु भएको थियो । ट्याक्टर र चालक सोही स्थानका ३२ बर्षीय आशिष बि.क. लाई नियनत्रणमा लिई थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।...
फरार प्रतिबादी महिला पक्राउ

फरार प्रतिबादी महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ८ फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई सोमबार प्रहरीले पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाईएको छ । वैकिंग कसुर मुद्धामा सम्मानित मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमसः १ महिना कैद तथा रु.५,००,००० जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय,R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका साहलाई सम्मानित सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।...
उदयपुरमा ५३ किलो गाँजा सहित एक युवक पक्राउ

उदयपुरमा ५३ किलो गाँजा सहित एक युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ८ उदयपुरको कटारी नगरपालिका–६ भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । सोमबार बिहान साढे ३ बजे जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियारलाई थप अनुसन्धान गरेर आवश्यक कारवाही अगाडी बढाईने प्रहरीले जनाएको छ ।...
मोहम्मद सलाहको ह्याट्रिकमा युनाईटेड माथि गोलको बर्षा

मोहम्मद सलाहको ह्याट्रिकमा युनाईटेड माथि गोलको बर्षा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ८ लिभरपुलले गोलको बर्षा गर्दा म्यानचेस्टर युनाईटेडले हार बेहोर्नु परेको छ । आईतबार राती भएको खेलमा मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले ५–० ले युनाईटेड माथि फराकिलो जित हात पारेको छ । खेलको सुरुवातमा नाबी किएटाले लिभरपुलाई आग्रता दिलाएको थियो । खेलको १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको ३८ औं मिनेटमा र ईन्जुरी टाईममा सलाहले गोल गर्दै पहिलो हाफमा ४–० को आग्रता बनाएको थियो । ५० औं मिनेटमा सलाहले ह्याट्रिक पुरा गदैं लिभरपुलाई ५–० को आग्रता दिलाएको हो । दोस्रो हाफमा मैदान छिरेको १५ मिनेटमा नै पाउल पोग्वाले किएटा माथि फल गर्दा रातो कार्ड पाएर बाहिर निस्केका थिए । त्यस पछि १० खेलाडीमा सिमित युनाईटेडले जवाफी गोल फर्काउन सकेन ।...
पाँचथरमा बस दुर्घटना, ५४ जना घाइते

पाँचथरमा बस दुर्घटना, ५४ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ८ पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका हुन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था गम्भिर रहेको छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
ठगि गरेको आरोपमा १ जना पक्राउ

ठगि गरेको आरोपमा १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।...
प्रदेश १ मा विश्वासको मतदानै नगरी प्रदेशसभा ८ दिन स्थगित

प्रदेश १ मा विश्वासको मतदानै नगरी प्रदेशसभा ८ दिन स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ प्रदेश १ मा विश्वासको मतमाथि मतदानै नगरी प्रदेशसभा ८ दिनको लागि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक कार्तिक १५ गतेसम्म स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई ...
कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ कुकुरको टोकाइबाट एकै दिन खोटाङमा १५ जना घाइते भएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जना घाइते भएका हुन् । कुकुरका टोकाइबाट घाइते भएका मध्ये दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो । उहाँका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् । कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।...