Thursday, September 17News That Matters

Breaking News 3

मोहम्मद सलाहको ह्याट्रिकमा युनाईटेड माथि गोलको बर्षा

मोहम्मद सलाहको ह्याट्रिकमा युनाईटेड माथि गोलको बर्षा

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक ८ लिभरपुलले गोलको बर्षा गर्दा म्यानचेस्टर युनाईटेडले हार बेहोर्नु परेको छ । आईतबार राती भएको खेलमा मोहम्मद सलाहको ह्याट्रिकमा लिभरपुलले ५–० ले युनाईटेड माथि फराकिलो जित हात पारेको छ । खेलको सुरुवातमा नाबी किएटाले लिभरपुलाई आग्रता दिलाएको थियो । खेलको १३ औँ मिनेटमा डिओगो जोटाले लिभरपुलको अग्रता दोब्बर बनाए । पहिलो हाफको ३८ औं मिनेटमा र ईन्जुरी टाईममा सलाहले गोल गर्दै पहिलो हाफमा ४–० को आग्रता बनाएको थियो । ५० औं मिनेटमा सलाहले ह्याट्रिक पुरा गदैं लिभरपुलाई ५–० को आग्रता दिलाएको हो । दोस्रो हाफमा मैदान छिरेको १५ मिनेटमा नै पाउल पोग्वाले किएटा माथि फल गर्दा रातो कार्ड पाएर बाहिर निस्केका थिए । त्यस पछि १० खेलाडीमा सिमित युनाईटेडले जवाफी गोल फर्काउन सकेन ।...
पाँचथरमा बस दुर्घटना, ५४ जना घाइते

पाँचथरमा बस दुर्घटना, ५४ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ८ पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका हुन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था गम्भिर रहेको छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालहरूमा रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।...
ठगि गरेको आरोपमा १ जना पक्राउ

ठगि गरेको आरोपमा १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ झापाको दमक नगरपालिका–१६ घर भई हाल ईटहरी उप–महानगरपालिका–८ मा बसोबास गर्ने ४३ बर्षीय भक्त बहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले ईटहरी–६ की ६१ बर्षीया एकल महिलालाई महिलाको श्रीमानको नाममा रहेको करिव दुई करोड छत्तिस लाख अन्ठानब्बे हजार रुपैया बराबरको घर जग्गा पास गराई दिन्छू भनी अर्के ब्यक्तिको नाममा पास गराई रकम ठगी गरेको भन्ने जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ठगी मुद्धा अन्तरगत कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।...
प्रदेश १ मा विश्वासको मतदानै नगरी प्रदेशसभा ८ दिन स्थगित

प्रदेश १ मा विश्वासको मतदानै नगरी प्रदेशसभा ८ दिन स्थगित

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ प्रदेश १ मा विश्वासको मतमाथि मतदानै नगरी प्रदेशसभा ८ दिनको लागि स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक कार्तिक १५ गतेसम्म स्थगित भएको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ । मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई ...
कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ कुकुरको टोकाइबाट एकै दिन खोटाङमा १५ जना घाइते भएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारमा कुकुरले १५ जना घाइते भएका हुन् । कुकुरका टोकाइबाट घाइते भएका मध्ये दुई जनालाई थप उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. वैभव मल्लिकले बताउनुभयो । उहाँका अनुसार अरु १३ जना हप्ता दिनभित्र तीन डोजको एन्टी रेबिज खोप लगाउने गरी पहिलो खोप लगाएर फर्किएका छन् । कुकुरले दिक्तेलको रत्नपार्कबाट हाटडाँडासम्म कुद्दै टोक्दै गरेको घाइतेले बताएका छन् ।...
एमालेमा विद्रोह आवश्यकता थियो र फेरि हुन्छ : नेता चौधरी

एमालेमा विद्रोह आवश्यकता थियो र फेरि हुन्छ : नेता चौधरी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक ७ नेकपा एमालेमा विद्रो आवश्यकता थियो र विद्रोहको विउ रोपिएकोले अझै निरन्तर चलिरहने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट व्यूरो सदस्य, प्रदेश नं. १ का उपाध्यक्ष तथा जिल्ला इन्चार्ज बलदेव चौधरीले बताए । नेकपा एस त्रियुगा नगर कमिटीको सपथ ग्रहण तथा तथा चियापान कार्यक्रममा यस्तो बताएका हुन् । अरुले कम्युनिष्ट पार्टीको मर्ममा चोट पु¥याएको पार्टीलाई थिलथिलो र बदनाम गरेकाले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि हामीले बिद्रोह गरेका हौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी ओलीले कम्युनिष्ट आन्दोलन बिर्सजन तिर लागेपछि लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि न्यायपूर्ण बिद्रोह गरेका छौं । बिद्रोहलाई हामीले बाध्यता भन्दा पनि ऐतिहासिक आवश्यकता थियो । एकीकृत समाजबादी गठनको औचित्य पुष्टि गर्दै चौधरीले एमाले अध्यक्ष ओलीले नेपाली जनताले रगत बगाएर ल्याएको परिवर्तन...
झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ झापाको पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ३५२० नम्बरकोे ट्रकले विपरीत दिशातर्फ गइरहेको मे ५प ८४७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो । अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनालको सो दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पु¥याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।...
खोलाले बगाएर वृद्ध बेपता

खोलाले बगाएर वृद्ध बेपता

Breaking News 3, समाचार
पूणर्पुष्टि, कार्तिक ७ धनकुटा चौबिसे गाऊपालकिा ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाई बेपत्ता बनाएको छ । आज बहिान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वेपत्ता भएको भन्ने जानकारी पाए लगतै अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरीको टोली र स्थानयिबासीहरुको सहयोगमा खोजतलास भईरहेको छ । सो स्थान अस्थाई प्रहरी बिट मौनबुधुक धनकुटाबाट अन्दाजी १७ किलोमिटर उत्तर रहेको छ ।...
तास र नगद सहित ४ जुवाडे पक्राउ

तास र नगद सहित ४ जुवाडे पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ७ झापा शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिका का ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् । हिजो राती ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद रु.१ लाख ७३ हजार ५ सय सहित उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको छ ।...
गुल्मीमा पुजारी महिलाको शव फेला

गुल्मीमा पुजारी महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ६ चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्ने महिलाको शव चन्द्रकोट गाउँपालिकाको वडानम्बर–६ हरेवास्थित लघु विद्युतको ड्याममा डुबेको अवस्थामा फेला परेको छ । यही कात्तिक ४ गते बेलुकी हराएकी महिलाको शव स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुर बस्दै आएकी ६५ वर्षकी रत्नकला आचार्यको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डीएसपी ) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।बाग्लुङ जिल्ला घर भएकी ती महिला र उनका श्रीमान् चक्रेश्वर मन्दिरमा पूजाआजा गरी बस्दै आएको डीएसपी पाण्डेले बताए । खोला नजिकै मन्दिर रहेकाले वरपर गर्दा चिप्लिएर लडेर खोलाले बगाएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।...