Thursday, September 17News That Matters

Breaking News 3

स्कुटी दुर्घटनामा चालकको ज्यान गयो

स्कुटी दुर्घटनामा चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ५ सुनसरीमा स्कुटी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । कोशी गाँउपालिका–८ भाण्टाबारी चोक स्थित पुर्व–पश्चिम राजमार्गमा वन टेस्ट स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा स्कुटी चालकको ज्यान गएको हो । झापा दमक नगरपालिका–१ की २६ वर्षीया सासा लिम्बुको सो दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हिजो राती साढे ११ बजे पूर्वबाट पश्चिम जादैं गरेको उक्त स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी लिम्बुको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान सँवा ३ बजे ज्यान गएको छ । सो दर्घटनामा स्कुटी पछाडी सवार रहेकी झापा बुद्दशान्ति गाउँपालिका–१ की २७ वर्षीया रेनु गुरुङ भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।...
कार दुर्घटनाबाट चालकको मृत्यु

कार दुर्घटनाबाट चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ५ सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थित भित्री सडक खण्डमा ON TEST कार आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् । हिजो बेलुका पौने ८ बजे कालाबञ्जर देखि चक्रघटी तर्फ आउँदै गरेको सो कार आफै अनियन्त्रित भई उक्त सडकको दाहिने तर्फ पैनीमा पल्टी दुर्घटना हुँदा गम्भिर घाईते भएका दाहालको तत्काल स्थानिय नगर अस्पताल चक्रघटीमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनास्थलमा अस्थाई प्रहरी पोष्ट बाङगेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ४ स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित एक जना युवक भक्तपुरबाट पक्राउ परेको छ । बाग्लुङको गल्कोट नगरपालिका–१० पाण्डवखानी घर भई कोटेश्वर बस्ने ३६ वर्षीया चित्रबहादुर पुनलाई नगद सहित प्रहरीले पक्राउ गरको हो । बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको थियो । त्यसपछि उनलाई महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले नियन्त्रणमा लिएर सोधपुच गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलेको डीएसपी दीपक गिरीले जानकारी बताताउनुभयो । पुनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पठाइएको डीएसपी गिरीले बताउनुभयो ।...
करेन्ट लागेर एकै परिवारका ४ जना घाइते

करेन्ट लागेर एकै परिवारका ४ जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ४ करेन्ट लागेर सप्तरीमा एकै परिवारका ४ जना गम्भिर घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका–६ मा विहिबार बिहान करेन्ट लाग्दा एकै परिवारका ४ जना गम्भिर घाइते भएका हुन् । आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया श्रीमती संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
बाढीले बगाएर एक युवक बेपत्ता

बाढीले बगाएर एक युवक बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ४ लगातार परेको वर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता भएको छ । हनुमानगर कंकालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डल सोही नगरपालिका–१४ स्थित जीता खोलाले बगाउँदा बेपत्ता भएका हो । स्थानीय सञ्जीवकुमार मण्डलसँगै तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जीता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएका प्रहरीले जनाएको छ । सञ्जीव पौडी खेलेर बाहिर निस्किएपनि लालुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बेपत्ता भएकाको खोजी भइरहेको जानकारी दिनुभएको छ ।...
उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षतीको बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक पुरुष फक्राउ

उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षतीको बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक पुरुष फक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ३ उदयपुरमा प्रहरीलाई झुक्याएर सवारी क्षती बीमा दाबी गर्न रिपोर्ट लिन आएका एक जना पुरुष पक्राउ परेको छ । धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३१ वर्षीय श्याम कुमार साहलाई गल मिति देखाएर बीमा दाबी गर्ने उद्देश्यले प्रहरी रिपोर्ट लिन आएको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । उनले घटना भएको २ दिन पछिको विवरण बनाई बीमा दाबीका लागि प्रमाणिकरण रिपोर्ट प्रहरी संग लिन आएको खुलेको छ । साहले बीमा दाबी गर्ने उद्देश्यले साउन १४ गतेको घटनालाई १६ गतेको घटना बनाई प्रहरी संग प्रमाणिकरण रिपोर्ट लिन आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले बताउनुभयो । उक्त घटना बारे प्रहरीले घटनास्थलमा पुगी अवलोकन तथा सो सम्बन्धको अन्य कुराहरुको अध्ययन , अनुसन्धान गर्दा १६ गतेको नभई १४ गतेको भएको पाईएको प्रहरीको भनाई छ ।पक्राउ परेका साहलाई...
भारी वर्षाले विराटनगरका १९ वडा जलमग्न, विमानस्थलमा खोला पस्दा उडान रद्द

भारी वर्षाले विराटनगरका १९ वडा जलमग्न, विमानस्थलमा खोला पस्दा उडान रद्द

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ३ लगातार परेको भारी वर्षाका कारण आएको बाढीले विराटनगर महानगरपालिकाका १९ वटा वडा जलमग्न भएको छ । केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् । विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न भएको हो । १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो । मोरङमा केसलीया, सिंघीया, चिसाङ, बक्राहा र नुनसरी खोलामा आएको बाढी बस्तीमा पसेको थियो । बाढीबाट प्रभावित १५ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताउनुभयो । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो । उनका अनुसार बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ । विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २ बिर्तामोड नगरपालिका ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् । हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।...
मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २ ईटहरी उपमहानगरपालिका १६ जालपा पेट्रोल पम्प स्थित पुर्ब–पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदार रहेका छन् । हिजो राती पौने १० बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको ईलाका हो । मोटरसाईकलमा पछाडी सवार रहेका रामधुनीकै २२ बर्षीय नबिन सरदार र १८ बर्षीय अबिसेक सरदार समेत घाईते भई उपचार भईरहेको छ । उक्त मोटरसाईकलमा ३ जना सवार रहेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ...
मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक २१ संखुवासभा चिचिला गाँउपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलबिद्धुत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको WB 11TC 0296 नम्बरको मिल्लर गाडी गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० बर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ । घटनाको सम्बन्धमा अस्थाई प्रहरी बेस पुखुवाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।  ...