Sunday, August 2News That Matters

Breaking News 3

गायिका अस्मिता अधिकारी बजाज मेलामा प्रस्तुती दिन आज गाईघाट आउने

गायिका अस्मिता अधिकारी बजाज मेलामा प्रस्तुती दिन आज गाईघाट आउने

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज २४ नेपालकी चर्चित गायीका अस्मिता अधिकारी आज गाईघाट आउने भएकी छिन् । उनि कालिका अटो बजाजले दशैँ अफरमा ल्याएको बजाज एक्सजेन्ज मेलामा आफ्नो प्रस्तुती दिन गाईघाट आउने छिन् । गाईघाटमा कालिका अटो लिंक बजाज सोरुमले यहि असोज २० देखि २५ गते सम्म बजाज माहामेलाको आयोजना गरिरहेको छ । यस मेलामा नेपालका चर्चित कलकारहरुले प्रस्तुती दिने आयोजकले जनाए । नेपालका लोकप्रिय कलकारहरु प्रकाश सपुत, निशान भट्राई, अस्मिता अधिकारी, रचना रिमाल लगायतका अन्य कलकारहरुले यस मेलामा प्रस्तुती दिने छन् । यस भन्दा पहिले रचना रिमालले प्रस्तुति दिन गाईघाट आएकी थिइन । तर बर्षाका कारण उनले दर्शक माझ आफ्नो प्रस्तुती राख्न पाईनन् । अर्को कार्यक्रम रहेकाले उनि तत्काल काठमाण्डौँ फर्किन । उनि काठमाण्डौँको कार्यक्रम पश्चात मेलाको अन्तिम दिन अर्थात २५ गते फेरी प्रस्तुती दिन गाईघाट आउनेछिन् । २२ गतेको कार...
लागूऔषध सहित होटल संचालक पक्राउ

लागूऔषध सहित होटल संचालक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २४ मोरङको बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटले संचालक जहदा गाऊपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् । हिजो दिउसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले होटलमा चेकजाँच गर्दा लागूऔषध DIALEX-DC १५ बोतल, नाईट्राभेट ४२ चक्की,  SPASMO-PROXYVON २४ चक्की, SPAS-TRANCON PLUS  ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको हो । लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २४ मोरङ केराबारी गाऊपालिका ७ डागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय बिशाल लिम्बु रहेका छन् । हिजो बिहान ८ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो । प्रक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...
पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २४ मोरङ सुनवर्षी नगरपालिका ९ डायनिया का श्याम प्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंहको पोखरीमा डुबी मृत्यु भएको छ । हिजो पौने १ बजे आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगाधुईरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाईते भएको बालकको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।...
चोेरीको मोटरसाइकलसहित ३ जना पक्राउ

चोेरीको मोटरसाइकलसहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेको तीनैजना विरुद्ध चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।...
दुई छोराको हत्या पश्चात आमाले पनि गरिन आत्महत्या

दुई छोराको हत्या पश्चात आमाले पनि गरिन आत्महत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ दुई छोराको हत्या पश्चात आमाले पनि आत्महत्या गरेकी छन् । धनुषाको नगराइन नगरपालिका–४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका आफ्नो दुई छोराको डोरीले घाँटीमा कसेर हत्या गरका हुन् । ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको हत्या पश्चात गुडियाले पनि घरमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर रहेको सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । १० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गर्नुभएको थियो । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घटनाको कारण खुलिनसकेको डीएसपी बस्नेतको भनाई छ । तीनै जनाको शव पोस्टमार्टमका लागि प्...
श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धम्क्याउने श्रीमान् पक्राउ

श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धम्क्याउने श्रीमान् पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने एक जना पुरुष पक्राउ परेको छ । भोजपुर रामप्रसादराई गाउँपालिका–१ चामबोटे का ४६ वर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परको हो । हिजो राती सँवा ८ बजे घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली खटि गई घाईते जुनालाई उपचारको लागी स्थानिय मेडिकल ओख्रेमा पठाईएको थियो । घटनास्थलमा भरुवा बन्दुक फाली तत्कार फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाईएको हो । प्रहरीले घटनस्थलबाट भरुवा बन्दुक, कोदालो बरामद गरेको छ । घटना सम्बन्धमा थ...
गाईघाट आएकी रचनाको बर्षाकका कारण प्रस्तुती रोकियो, अब २५ गते आउने

गाईघाट आएकी रचनाको बर्षाकका कारण प्रस्तुती रोकियो, अब २५ गते आउने

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज बजाजको सांगितक कार्यक्रममा प्रस्तुती दिन गाईघाट आईपुगेकी रचनाले बर्षाका कारण आफ्नो प्रस्तुती दिन सकिनन् । अहिलेको अत्यान्तै व्यस्त गायीकाको रुपमा रहेकी रचना रिमालले बर्षाका कारण आफ्नो प्रस्तुती राख्न नपाउँदा उनि तत्कालै गाईघाट बाट अर्को कार्यक्रममा फर्किएकी छिन् । आयोजकका अनुसार अब २३ गते (आज) बिराटनगर बिमानस्थल हुदै काठमाडौं फर्किएर भक्तपुरको कार्यक्रममा भ्याउनेछिन् । त्यसलगतै फेरि उनी असोज २५ गते अधुरो स्टेजवरपरका दर्शक उफार्न गाईघाट आइपुग्ने कार्यक्रम तय भएको छ । शुक्रबार साँझ प्रस्तुतीको सेडुल रहेकी रचनाले आफ्नो प्रस्तुती दिन नसक्दा दर्शकहरु निराश भए । रचनाको प्रस्तुतीकै लागि भनेर थुप्रै दर्शकहरु कार्यक्रम स्थल पुगेका थिए । तर शुक्रबारको बर्षाका कारण रचनाको प्रस्तुती दर्शकले हेर्न पाएनन् । बजाज स्वरुम गाईघाटले आफ्नो नयाँ स्कीम प्रबद्र्धन गर्न आयोजना गरेको सांगीति...
मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २३ झापा अर्जुनधारा नगरपालिका–२ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै ज्यान गएको छ । मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका–६ का ३० वर्षीय निरज तामाङको दुर्घटनामा ज्यान गएको हो । हिजो बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
खुकुरी प्रहारबाट श्रीमतीको हत्या

खुकुरी प्रहारबाट श्रीमतीको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २२ खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राईलाई प्रहरीले श्रीमतीको हत्या अभियोगमा पक्राउ गरेको हो । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । घाइते शुसिलालाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा उनको ज्यान गएको अस्पताले जनाएको छ । पक्राउ परेका राईमाथि थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।...