Sunday, July 12News That Matters

Breaking News 3

ग्यास बोक्ने ट्रकले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

ग्यास बोक्ने ट्रकले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २२ सुनसरीको दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् । हिजो बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो । ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार तातिलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।...
ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई युवकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २१ सुनसरी ईटहरी उपमहानगरपालिका १६ लायन्स चौक स्थित पुर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । हिजो राती सँवा ११ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा नै मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरीलाई नियनत्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।...
गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

Breaking News 3, समाचार
 पूर्णपुष्टि,असोज २१ धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । हिजो दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाऊपालिका ७ का ३५ बर्षीय दुर्गा बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय पाख्रीबासले जनाएको छ ।...
तिव्र गतिमा चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु, एक प्रहरी हवल्दार गम्भिर घाईते

तिव्र गतिमा चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु, एक प्रहरी हवल्दार गम्भिर घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २० अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनु भयो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ...
ठगी गरेको अभियोगमा दुई महिला पक्राउ

ठगी गरेको अभियोगमा दुई महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २० ठगी गरेको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई पक्राउ गरेको हो । उनीहरुले काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई उनको साथबाट भएको २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरको मुद्दामा थप अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।...
उदयपुरको कोभिड अस्पताल रितियो तर कोरोना क्रस कायमै

उदयपुरको कोभिड अस्पताल रितियो तर कोरोना क्रस कायमै

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १८ उदयपुरको कोभिड अस्पतालबाट सवै कोरोना संक्रमित डिस्र्चाज भएपछि अस्पताल रिक्त भएको छ । आईतवार ४ महिला र २ पुरुष गरी ६ जनाले कोरोना जितेर घर फर्किएसँगै उदयपुरको कोभिड अस्पताल रितिएको हो । तर उदयपुरमा कोरोना संक्रमत पूर्णरुपमा शुन्य नभएकोले क्रस भने कायमै रहेको छ । उदयपुरमा आज (सोमवार) थप १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएको संक्रमित कटारी नगरपालिका–७ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कुल संक्रमितकोे संख्या ३ हजार ५६३ जना पुगेको हो । जिल्लामा कोरोना मुक्त हुँनेको कुल संख्या १ हजार ८६५ पुरुष र १ हजार ६१४ महिला गरी ३ हजार ४७९ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार १७ पुरुष र १४ महिला गरी ३१ जना मात्र संक्रमण मुक्त हुन बाँकी रहेको छ । जिल्लामा कोरोनाबाट ज्यान गुमाउने कुल संख्या ३६ पुरुष र १...
खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भिर घाइते

खुकुरी प्रहारबाट एकको मृत्यु, एक गम्भिर घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ, भने एक जना गम्भिर घाइते भएका छन् । रुपन्देहीको शुद्धोधन–३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता–३ का अवधेश चमारको खुकुरी प्रहारबाट ज्यान गएको हो । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट चमारको ज्यान गएको प्रहरीले जनाएको छ । आईतवार राति सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको डीएसपी थापाले बताउनुभयो । सिंहले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाए...
¥याफ्टिङका क्रममा सुनकोसीमा  खसेको युवाको  २ घण्टापछि शव फेला

¥याफ्टिङका क्रममा सुनकोसीमा खसेको युवाको २ घण्टापछि शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ ¥याफ्टिङका क्रममा सुनकोसीमा खसेर एक जनाको ज्यान गएको छ । दोलखाकोमेलुङ गाउँपालिका–४ का २२ वर्षीय साजन खड्काको आज ¥याफ्टिङ गर्ने क्रममा ज्यान गएको हो । सुनकोसी नदीको चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित डुम्रे खण्डमा उनी डुङ्गाबाट नदीमा खसेका थिए । नदीमा खसेर बेपत्ता भएका उनको २ घण्टापछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।...
इलाममा ११ लाख भारतीय नोट सहित अग्रवाल पक्राउ

इलाममा ११ लाख भारतीय नोट सहित अग्रवाल पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट ११ लाख भारतीय नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । हिजो बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रममा अग्रवालको साथमा रहेको कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरि जम्मा भारतिय रुपिया ११ लाख फेला परे पश्चात पक्राउ गरि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ । पक्राउ परेका उनलाई कानुनि कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय ईटहरीमा पठाउने पहल भईरहेको छ ।  ...
प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराँउ, पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधि Tramadol- ४१७ क्याप्सुल र  Spaspain-४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।...