Sunday, July 12News That Matters

Breaking News 3

खोटाङमा घरको बरन्डाबाट लडेर ६० बर्षीया कमलाको मृत्यु

खोटाङमा घरको बरन्डाबाट लडेर ६० बर्षीया कमलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडेर गम्भिर घाईते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
रुखबाट लडेर राईको ज्यान  गयो

रुखबाट लडेर राईको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १८ झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । आईतबार साढे २ बजे घिरौला टिप्न रुखचढेका राई लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।  ...
ऋण चुक्ता नहुँदा श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक पक्राउ

ऋण चुक्ता नहुँदा श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ ऋण लिएको रकम फिर्ता नगरेको भन्दै अर्काकी श्रीमतीलाई बन्धक बनाएको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भक्तपुरका धीरज श्रेष्ठलाई अर्काकी श्रीमतीलाई बन्धक बनाएको अभियोगमा नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए । रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर बन्धक बनाइ राखेको प्रहरीको स्रोतले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले ‘पैसा दे अनि तेरो श्रीमती लैजा’ भन्दै उक्त व्यक्तिलाई धम्क्याएपछि प्रहरीले उनलाई आज नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
बालिकामाथि बलात्कार प्रयास गर्ने एक अभियुक्त तीन सातापछि पक्राउ

बालिकामाथि बलात्कार प्रयास गर्ने एक अभियुक्त तीन सातापछि पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको अभियोगमा बिराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिराटनगर महानगरपालिका–४ का ५० वर्षीय लभ कोइरालालाई बालिका बलात्कार प्रयास गरेको अभियोगमा शनिवार बिहान पक्राउ गरेको हो । कोइरालालाई प्रहरीले तीन सातापछि पक्राउ गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कोइरालाले गत भदौ २२ गते दिउँसो बालिकामाथि जबरजस्तीको प्रयास गरेको खुलेको छ । बालिकालाई कोठाभित्र लगेर कोइरालाले जबरजस्ती कपडा खोल्न थालेपछि अर्की छिमेकी ५ वर्षीया बालिका त्यहाँ पुगेको खुलेको छ । ५ वर्षीया बालिका पुगेपछि ११ वर्षीया बालिका बलात्कृत हुनबाट जोगिएको पत्ता लागेको प्रहरीको भनाई छ । डिएसपी श्रेष्ठका अनुसार घरमा अभिभावक कोही पनि नभएको र एक्लै रहेको मौकामा छिमेकी बालिकामाथि बलात्कारको प्रयास भएको थियो । उनका अनुसार घट...
सर्पले टोक्दा बालकको ज्यान गयो

सर्पले टोक्दा बालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ महोत्तरीमा गएराति सर्पले टोक्दा एक जना बालकको अकालमै ज्यान गएको छ । महोत्तरी गाउँपालिका–२ अनैठा बस्ने रामका १३ वर्षीय छोरा आकाशलाई सर्पले टोक्दा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको ज्यान गएको सो अस्पतालले जनाएको छ ।...
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १७ १ नम्बर प्रदेशका तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको हो । लालिगुराँस नगरपालिका–५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको थियो ।साथै सोही ट्याक्टरमा सवार रहेका सोही स्थानका १६ बर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । यसैगरी सुनसरीको दुहवी नगरपालिका–१० मा शनिवार साँढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक दुहवी नगरपालिका–११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी) लाई उ...
जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला

जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १५ झापाको भद्रपुर नगरपालिका १० देउनिया स्थितमा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्यापेर लगेको थियो । मृतकको श्रीमानले घटनाको जानकारी गराए लगतै अस्थाई प्रहरी चौकी गरामनीबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल खटि गई स्थानियबासीको सहयोगमा खोजी गरेका थिए । खोजतलास गर्ने क्रममा हिजो बेलुका ५ बजे सोही वनको सेति खोलाको पैनीमा मृत अबस्थामा फेला परेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
कानेपोखरी मोरङको संयोजकमा मनोज राजवंशी, एमालेका ४८ र लिम्बुवानका ७०जना सक्रिय सदस्य माओवादीमा प्रवेश

कानेपोखरी मोरङको संयोजकमा मनोज राजवंशी, एमालेका ४८ र लिम्बुवानका ७०जना सक्रिय सदस्य माओवादीमा प्रवेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिकास्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।सोही विस्तारित बैठकको अवसरमा संघीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् ।यस्तै एमालेका ४८ जना सक्रिय सदस्यहरु माओवादीमा प्रवेश गरेको संयोजक राजवंशीले जानकारी दिए । कानेपोखरी वडा नम्बर २ मैनावरीबाट पर्मिला मगर, अनिता हेमरन र प्रकाश धिमालको नेतृत्वमा सो संख्यामा एमालेका कार्यकर्ता मा...
चोरी मुद्धाका तिन फरार प्रतिवादी प्रक्राउ

चोरी मुद्धाका तिन फरार प्रतिवादी प्रक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अदालत बुझाएको छ । चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उप–महानगरपालिका १५ का ३८ बर्षीय गणेश गौतम र सोही स्थानका ४० बर्षीय गंगा तामाङलाई (RIT) समुहले खोजतलास गर्ने क्रममा गाऊघरमै लुकिछिपी बसेको अबस्थामा गत ११ गते पक्राउ गरि हिजो सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरेको छ । यसै गरी चोरी क्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा रु. १०,००० जरिवाना भई लगत नं.– ५३९ मा ...
बानेश्वर कयाम्पस नजिक महिलाको शव फेला

बानेश्वर कयाम्पस नजिक महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ काठमाण्डौँ स्थित बानेश्वर क्याम्पस नजिक महिलाको शव फेला परेको छ । बिहिबार बिहान क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक महिलाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए । डीएसपी लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए । शवको सनाखत भएको छैन । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।...