Sunday, July 12News That Matters

Breaking News 3

छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १३ मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । लिम्बको साथबाट प्रहरीले लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल बरामद गरेको छ । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी हिजै बेलुका साढे ५ बजे सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका ९ ईटहरा का २१ बर्षीय गोविन्द थापाको साथबाट प्रतिवन...
ईलाममा ट्रकले ठक्कर दिँदा अर्को ट्रकको सहचालकको मृत्यु

ईलाममा ट्रकले ठक्कर दिँदा अर्को ट्रकको सहचालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १३ ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक राजेश नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ...
मेयरलाई मुक्का हान्ने युवक सामान्य धरौटीमा रिहा

मेयरलाई मुक्का हान्ने युवक सामान्य धरौटीमा रिहा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ बुटवलमा मेयरलाई मुक्का हानेर प्रहरी नियन्त्रणमा रहेका युवक ५ हजार धरौटीमा रिहा भएको छ । मुक्का हान्ने युवा वुटवल जोतिनगरका पहिरो पिडित हुन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवा बुटवल ३ ज्योति नगरका गणेश पंगेनी हुन् । पंगेनीलाई समान्य धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य समेत रहेको खुलेको छ ।  ...
ब्राउन सुगर सहित दुई जना पक्राउ

ब्राउन सुगर सहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र उनिहरुले चलाई ल्याएको प्र–१–०१–०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेरामा ब्राउन सुगर लुकाई राखेको खुलाए पश्चात प्रहरीले उनको डेराबाट १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु.२ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान–१, Canon लेखेको डिजिटल क्...
ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाईते

ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, एक जना घाईते भएको छ । हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको भएको हो । मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवानलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।...
ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथीबाट ढिस्को झरी एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै रामकृष्णको मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के.एम.सी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कको प्रहरी टोलीले थप अनुन्धान गरिरहेको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ ताप्लेजुङ सिरिजंघा गाऊपालिका–४ तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले ठक्कर दिँदा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
पतिको कुटाईबाट महिलाको मृत्यु

पतिको कुटाईबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० आफ्नै पतिले कुटरे घाईते भएकी कोहलपुरकी एक महिलाको उपचरको क्रममा मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए । असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।...
रुखको हाँगाले लागेर एक बृद्धको मृत्यु

रुखको हाँगाले लागेर एक बृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ९ मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...