Wednesday, September 16News That Matters

Breaking News 3

ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाईते

ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, एक जना घाईते भएको छ । हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको भएको हो । मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवानलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।...
ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथीबाट ढिस्को झरी एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै रामकृष्णको मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के.एम.सी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कको प्रहरी टोलीले थप अनुन्धान गरिरहेको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ ताप्लेजुङ सिरिजंघा गाऊपालिका–४ तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले ठक्कर दिँदा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
पतिको कुटाईबाट महिलाको मृत्यु

पतिको कुटाईबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० आफ्नै पतिले कुटरे घाईते भएकी कोहलपुरकी एक महिलाको उपचरको क्रममा मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए । असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।...
रुखको हाँगाले लागेर एक बृद्धको मृत्यु

रुखको हाँगाले लागेर एक बृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ९ मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ६३ बर्षीय डिल्ली दर्जीको रुखको हाँगाले लागेर मृत्यु भएको छ । आज बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायीक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागी गम्भिर घाईते भएका दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।...
१७ केजि गाँजा सहित एक महिला पक्राउ

१७ केजि गाँजा सहित एक महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ९ मोरङ बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट लुकाई छिपाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन

नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ९ विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन बैंक तथा वित्तीय क्षेत्रको मोरङ जिल्ला समिति पुनर्गठन भएको छ । सो संगठनको आज बसेको भेलाले ११ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । उक्त समितिको जिल्ला संयोजकमा शिव श्रेष्ठ, सह–संयोजकमा डम्बर थापा, सदस्यमा मोनबहादुर मगर, अशोक राजवंशी, कमला पौडेल, मानव लुईटेल, रञ्जना गिरी, प्रेमकुमार साहलगायत रहेका छन् । सुशील देब सल्लाहकारमा चयन भएका छन् । पेशागत हकहित रक्षामा संगठन क्रियाशील रहने नवगठित कार्य समितिले जनाएको छ । छिट्टै जिल्ला सम्मेलन गरिने समितिका संयोजक शिव श्रेष्ठले बताए । भेलामा नेकपा माओवादी केन्द्र मोरङका संयोजक गणेश उप्रेती (सुशील), विराटनगर महानगर अध्यक्ष भोगेन्द्र यादवको उपस्थिति थियो । यस्तै भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका प्रदेश अध्यक्ष रुद्र सुवेदी र नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सचिवा...
चाँडपर्व नजिकिए सँगै यातायात कार्यालय उदयपुरले सवारीमा अनुगमन सुरु गर्यो,  ३० सवारी कार्वाहीमा

चाँडपर्व नजिकिए सँगै यातायात कार्यालय उदयपुरले सवारीमा अनुगमन सुरु गर्यो, ३० सवारी कार्वाहीमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ८ नजिँकिएको दशैँलाई मध्यनजर गर्दै यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले सवारीमा कडाई तथा अनुगमन सुरु गरेको छ । सवारीमा हुने बिभिन्न लापर्वाहीलाई नियन्त्रण गर्ने र सुरक्षित यात्रामा सवारी चालक तथा यात्रुहरुलाई सहभागी गराउने भन्दै कार्यालयले अनुगमन सुरु गरेको हो । । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी कार्यालयले जिल्ला ट्राफिक प्रहरी संगको समन्वयमा शुक्रबारदेखि सार्वजनिक तथा निजि सवारी साधनको जाँच र अनुगमन शुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख शुभाष कार्कीले बताए । चाडपर्वमा सवारीको गतिविध बढ्ने र धेरै यात्रुहरुको आवत जावतका कारण सुरक्षित नहुने हो भने सडक दुर्घटनाले दुख निम्तयाउने भन्दै यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गरी सवारी जाँच तथा अनुगमन शुरु गरेको प्रमुख कार्कीले बताए । गाईघाटमा शुक्रबार पहिलो दिन जलजलेमा गअनुगमन...
ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ८ झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् । हिजो बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कमा रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।त्यस्तै हिजो दिनको साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...