Tuesday, September 15News That Matters

Breaking News 3

माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

Breaking News 3, समाचार
अनर्जुन कुमार आचार्य पूर्णपुष्टि, असोज ७ विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए । कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर रइलामकाकर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरको पाख्रिबासमातथासोलुखुम्बु, ओखलढुंगा र खोटाङको घुर्मिमाअगुवा संगठक प्रशिक्षणकार्यक्रमगर्ने निर्णय पनि गरेको छ । यस्तै कर्मचारीको संगठनको तर्फबाट लालीकिरण स्मारिकाप्रकाशनगर्ने निर्णय पनि गरेको सुवेदीले बताए । चार ठाउँको अगुवा संगठक भेलाबाट आवश्यककार्यविभाजनसहितपालिकास्तरसम्म संगठनगठन रपुनःर्गठनमा लाग्ने सुवेदीले जानकारी दिए । उनले माओवादी न...
ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ६ सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी(बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी (७ का ३० बर्षीय कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।...
सर्पको टोकाईबाट एकै परिवारका दिदि भाईको मृत्यु

सर्पको टोकाईबाट एकै परिवारका दिदि भाईको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ३ सप्तरीमा सर्पले टोक्दा दिदि भाईकै मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको हो । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो । सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।  ...
आगलागीमा घम्भीर घाईते खनाल दम्पतिको उपचारको क्रममा मृत्यु

आगलागीमा घम्भीर घाईते खनाल दम्पतिको उपचारको क्रममा मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ५ आगलागीमा परी घम्भीर घाईते भएका झापाका एक दम्पतिको गएराति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ्आगलागीमा परेर घाइते भएका झापा अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा गए राति अलग–अलग समयमा मृत्यु भएको हो । खनाल दम्पति सिलिण्डर ग्याँस फेर्ने क्रममा आगलागी हुँदा जलेर गम्भिर घाइते भएका थिए । आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य बन्दै गएको छ । उनी डिस्चार्ज हुने तयारीमा छन् । भदौ २६ गते साँझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो । घटनामा परिवारका चार जना घाइते भएका थिए । ३ घण्टाको फरकमा मृत्यु भएको दम्पतिको अत्यष्टि काठमाण्डौँमै गर्ने तयारी भएको छिमेकीले जनाएको छ ।...
पर्यटक सँग घुस लिने प्रहरी र कर्मचारी पक्राउ

पर्यटक सँग घुस लिने प्रहरी र कर्मचारी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ५ रुपन्देहीमा भारतिय पर्यटक सँग घुस लएको आरोपमा एक प्रहरी सहित कर्मचारी पक्राउ परेको छ । सिमानाकामा कार्यरत प्रहरी र गुजरात ट्राभल्समा कार्यरत कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलहियामा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्सका कर्मचारी सन्तोष गुप्तालाई नेपाल–भारत सीमा नाका बेलहियामा भारतीय पर्यटकसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले पर्यटकसँग घुस लिएको उजुरी परेपछि दुवै जनालाई पक्राउ गरि अनुसन्धान शुरू गरिएको जानकारी दिए । भारतबाट काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न भन्दै बेलहिया आएको ८ जना भारतीय पर्यटकसँग नाका पार गराईदिने भन्दै प्रतिव्यक्ति ५ सय भारतीय रूपैयाको दरले रकम लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुजरात ट...
केपी ओलीको एमाले दलाल र अवरवादीहरुको पार्टी ः प्रवक्ता खतिवडा

केपी ओलीको एमाले दलाल र अवरवादीहरुको पार्टी ः प्रवक्ता खतिवडा

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ४ नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रवक्ता जगन्नाथ खतिवडाले एमाले पार्टीमा दलाल र अवसरवादीहरु मात्र रहेको जनाएको छ । एमाले बिभाजन पछि माधव नेपाल नेतुत्वको पार्टी नेकापा (एस) का केन्द्रीय प्रवक्ता बनेका खतिवडाले एमालेमा जाने नेता तथा कार्यकर्ताहरु अवसरवादी बनेको बताए । एमालेमा ओली प्रबृतिहरु प्रसस्त हुँदा हुँदै पनि नेता तथा कार्यकर्ताहरुले एमाले रोज्नुमा पदको लोभ र अवसरवादीको संकेत देखिएको खतिवडाको भनाई छ । खतिवडाले एमाले जनतावादी भन्दा पनि पुँजीवादी, दलाल र भ्रस्टचार बनिरहेको आरोप लगाए । यति देख्दा देख्दै पनि नेता कार्यकर्ताहरुले एमाले नै रोज्नुमा अवसरावादी र पदको लोभको मुख्य कारण रहेको बताए । उनले एकीकृत समाजवादी पार्टी जनताहरुको सबै भन्दा विश्वासनीय पार्टी रहेको समेत दावी गरे । ओलीको पार्टीमा अवसरवादीहरु मात्रै रहेकाले अवसरवादी नेताहरुले जनताको हितमा कुनै पनि ह...
ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ४ झापा मेचीनगर नगरपालिका ४ राईसिंग स्थीतबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ ।...
कान्छा लामाको हत्या आरोपमा छिमेकी पक्राउ

कान्छा लामाको हत्या आरोपमा छिमेकी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज २ चितवनमा भएको एक पुरुषको हत्या आरोपमा प्रहरीले एक छिमेकीलाई पक्राउ गरेको छ । पूर्वी चितवनको राप्तीमा एक पुरुषको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा विवाद हुँदा दशरथले आक्रमण गरेको प्रहरीको भनाइ छ । दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका ठकुरीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १ ओखलढुङगा सुनकोशी गाऊपालिका १० सोलुङपाखा का ५८ बर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे गिरी आफ्नै घरको भुईतलाको कोठा भित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेण्ट लागी घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।...
ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु

ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ३१ सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भुमी गाऊपालिका ४ का ३० बर्षीय हेमराज राई ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...