Sunday, August 2News That Matters

Breaking News 3

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २७मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् । आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि बिरुद्ध थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन

उदयपुरमा चमत्कारी जडीबुटी संग्रह पुस्तक विममोचन

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २७नेपाल आयुर्वेध औषधी व्यवसायी संघ उदयपुरले चमत्कारी जडीबुटी संग्रह पुस्तकको शनिवार विमोचन गरेको छ । गाईघाट स्थित ए वान होटलमा जडीबुटी सम्बन्धि बिभिन्न ज्ञानमा आधारीत चमत्कारी जडीबुटी संग्रह पुस्तक विमोचन गरिएको हो ।प्रदेश सांसद अम्विका थापा, समन्वय प्रमुख खड्ग परियार लगायतले पुस्तकको विमोचन गरेका छन् । पुस्तक विमोचन संगै सांसद थापाले नेपालमा जडीबुटीको अत्यादिक महत्व रहेको भन्दै यसलाई प्रयोग गर्ने तरिकाहरु निकै महत्वपूर्ण पक्ष रहेको बताईन् । उनिले जरिबुटीको सहि प्रयोगको निर्देशन गर्न सहयोग पुराउने यस पुस्तक निकै महत्वपूर्ण रहेको बताईन् । सांसद थापाले उदयपुरमा उत्पादन भएको जरिबुडीहरुलाई निकै महत्वका साथ आफुले ध्यानमा राखेको र उत्पादन जडीवुडीलाई आफुले सक्दो सहयोग गर्ने बताईन् । यस्तै संघका अध्यक्ष ओमराज लिम्वुले जडीबुडी प्रयोग सम्बन्धि यस पुस्तकले सबैलाई ज्ञान बा...
अंशबण्डाको विषयमा विवाद, खुकुरी प्रहार गरी दाईको हत्या

अंशबण्डाको विषयमा विवाद, खुकुरी प्रहार गरी दाईको हत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २५ओखलढुंगामा अंशबण्डाको विषयमा विवाद हुँदा भाईले दाईको हत्या गरेको छ । खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको हो ।हत्यामा संलग्न उनकै आफ्नै भाई ६७ वर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ वर्षीय बीर बहादुर तामाङ रहेका छन् । आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई हत्यामा प्रयोग भएको खुकुरी र दाऊसहित दुवै जनालाई पक्राउ गरेको हो ।उनिहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाऊले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको थियो । थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल पुगेको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम...
जेसिबी दुर्घटनामा चालकको ज्यान गयो

जेसिबी दुर्घटनामा चालकको ज्यान गयो

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २५संखुवासभामा जेसिबी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मकालु गाउँपालिका–३ समटार स्थित निर्माणाधिन खाँदवारी किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रसन कम्पनीको जेसिबी दुर्घटना हुँदा खाँवारी नगरपालिका–६ माथिल्लो पाङठाका २४ वर्षीय श्याम बि.क. को ज्यान गएको हो ।हिजो दिउसो २ बजे बिकले चलाएको ज. १ क. ४१२ नम्बरको जेसिबी काम गर्ने क्रममा पल्टेर १ सय मिटर दुर्घटना हुँदा उनको घटनास्थलमै ज्यान गएको थियो । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरी शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल खादबारी पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
करेन्ट लाग्दा एक महिलाको मृत्यु

करेन्ट लाग्दा एक महिलाको मृत्यु

Breaking News 3, समाचार
पुर्णपुष्टि, भदौ २४ सुनसरी इटहरी उपमहानगरपालिका १७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।आज दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएकी उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

उदयपुरमा थप २ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,४८४ पुग्यो

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४उदयपुरमा आज (बिहिबार) थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज थपिएका दुवै संक्रमितहरु महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थपिएका दुवै संक्रमितहरु त्रियुगा नगरपालिकाका रहेका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० र ११ का ७३ र ७९ वर्षीया महिलाहरु संक्रमित भएका हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ४८४ जना पुगेको छ ।स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार थप ५ जनाले कोरोनालाई जितेर घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ५४४ महिला र १ हजार ८१३ पुरुष गरी ३ हजार ३५७ जना रहेका छन् । जिल्लामा अब ४० महिला र ३५ पुरुष गरी जम्मा ७५ जना कोरोना मुक्त हुन बाँकी रहेका छन् । कोरोनाबाट उदयपुरमा अहिले सम्म १६ महिला र ३६ पुरुष गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा उदयपुरे एक युवाको मृत्यु, एकजना घाईते

ट्याक्टर दुर्घटनामा उदयपुरे एक युवाको मृत्यु, एकजना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २४ सोलुखुम्बुमा ट्याक्टर दुर्घटना हुँदा उदयपुर घर भएका चालकको ज्यान गएको छ, भने सहचालक घाईते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका घर भएको ट्याक्टर चालक २६ वर्षीय रमेश राउतको ज्यान गएको हो । त्यस्तै, सहचालक खोटाङ ऐसेलुखर्क–३ का १८ वर्षीय प्रदिप दाहाल भने घाईते भएका छन् । सोलुखुम्बु थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाट स्थितमा लु ३ त ५४५० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको घटनास्थलमानै ज्यान गएको प्रहरीले जनएको छ । सो दुर्घटनामा घाईते भएको दाहालको स्थानिय स्वास्थ्ये केन्द्रमा उपचार भईरहेको छ । हिजो दिउसो १० बजे सल्लेरीबाट सोताङ तर्फ जाने क्रममा सडक देखि १० मिटर तल खसी दुर्घटना भएको थियो । घटनास्थलमा प्रहरी चौकी मुक्ली र जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरी टोली खटि गई आवश्यक कानुनि प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल फाप्लुमा पठाईएको...
उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

उकाली लाग्दैँ गरेको सुनको भाउ आज ओरालीयो

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३उकाली लाग्दैँ गरेको सुनको भाउन आज ओरालीएको छ । आज सुनको भाउमा भारी गिरावट आएको छ । सुन आज तोलामा ७ सय रुपैयाँले घटेर तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्यमा पनि तोला १० रुपैयाँको गिरावट आएको छ । आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय २० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १ हजार २ सय ३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।...
आध्यात्मिक स्वर्ग र नेपाल

आध्यात्मिक स्वर्ग र नेपाल

Breaking News 3, समाचार, साहित्य
आम नेपालीले यहाँका सोत र सम्भावना चिन्ने र साँच्चै लगनशील र इमान्दार भएर तिनको सदुपयोगको प्रयास गर्ने हो भने हामी भोलिका दिनमा नेपालमा स्वर्ग पाउन सक्छौँ । डा.जयप्रसाद लम्साल (पिएच. डी.) आदि कवि भानुभक्तले नेपालको राजधानी सहर कान्तिपुरलाई अलकापुरी कान्तिपुरी नगरी भनेर चित्रण गरेका थिए । यसको अर्थ त्यतिबेला कान्तिपुरका नामले चिनिने नेपालको राजधानी सहर स्वर्गको राजधानी अलकापुरी जस्तै थियो भन्ने हो । अहिले पनि काठमाडौ वरिपरिका पाखा पर्वतमा हरियो वन बाँकी देखिदा त्यसबेला यो वन पक्कै पनि धेरै बाक्लो र तलसम्म फैलिएको थियो भन्न सकिन्छ । त्यस वनका फेदमा अत्यन्त मलिलो र निकै ठुलो हराभरा फाँट । बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, हनुमन्ते, बल्खु लगायतका अन्य साना मसिना नदीमा सललल कन्चन पानी । जताततैका ढुङ्गे धारा गललल । कमल पोखरी, रानी पोखरी जस्ता मानव निर्मित पोखरी । घर र मन्दिर बराबर भएका सहर र...
करेन्ट लाग्दा एक युवकको मृत्यु

करेन्ट लाग्दा एक युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदै २२ मोरङ मिक्लाजुङ्ग गाऊपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको छ ।...