Monday, August 3News That Matters

Breaking News 3

प्रदेश १ को एमाले सरकार नढल्ने राज्यमन्त्री अधिकारीको भनाइ

प्रदेश १ को एमाले सरकार नढल्ने राज्यमन्त्री अधिकारीको भनाइ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, कार्तिक १२ । अहिलेको १ नं. प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको आकलन भइरहदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री लिलावल्लव अधिकारीले विश्वासको मत लिएर सरकार टिक्ने बताएका छन् । अहिलेको प्रदेश सरकारले विश्वासको मत नपाउने कुनै कारण नरहेको बताए । प्रादेशिक सञ्चार प्रतिष्ठानले उदयपुरको गाईघाटमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । राजनीति सम्भावनाको खेल हो भन्दै ठूलो दलको नाताले विश्वासको मत पाउने उनले बताए । यो सरकार ढलेर अर्को सरकार आएपनि विश्वासको मत लिनुपर्ने, त्यो विश्वासको मत नपाउनेमा समस्या रहेको बताए । त्यसो भएपछि ठूलो दलको नाताले एमाले नै सरकारमा पुग्ने बताए । एमाले सत्ताबाट नै चुनावसम्म हुने सम्भावना रहेको बताए । राजनीतिमा पाउने र गुमाउने खेल स्वभाविक रहेको भन्दै सत्ता सधै टिक्नु ठूलो कुरा नभएको बताए । आज सत्ता गुमेपनि फेरी एमालेले लिने तागत रहेको ...
नव निर्मित ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु भवनको उद्घाटन

नव निर्मित ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु भवनको उद्घाटन

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १२ नवनिर्मीत ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुको कार्यालय तथा आवास भवनको उद्घाटन गरिएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उक्त भवनको समुदघाटन गर्नु भएको हो । भवनको समुदघाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउनु भएको छ । वहाँले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर...
बोक्सी आरोपमा दलिद महिलालाई कुटिपिट गर्ने एक पक्राउ

बोक्सी आरोपमा दलिद महिलालाई कुटिपिट गर्ने एक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ११ बोक्सीको आरोप लगाई एक दलिद महिलालाई र्निघात कुटपिट गर्ने एक जना युवक सिरहाबाट पक्राउ परेको छ । कल्याणपुर नगरपालिका–१० पर्चिलवाका रामविलाश यादवलाई प्रहरीले बोक्सी आरोप लगाई कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो । कल्याणपुर–१० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ । पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादवविरूद्ध गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।...
नक्कली नोटसहित महतो पक्राउ

नक्कली नोटसहित महतो पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ११ नक्कली नोटसहित महोत्तरीबाट एक जना युवक पक्राउ परेको छ । जिल्लाको गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई आज बिहान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले बताउनुभयो । पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको प्रशरीले जनाएको छ ।...
माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते

माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु, पाँच जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ११ माटोको ढिस्कोले पुरिएर सिराहामा एक जना बालिकाको ज्यान गएको छ, भने पाँच जना घाइते भएका छन् । जिल्लाको धनगढीमाई नगरपालिका–५ जयपुर बस्ते प्रकाश कामैतको ११ वर्षीय छोरी करिष्माकुमारी कामैतको ज्यान गएको छ, भने अन्य पाँच जना घाइते भएका हुन् । घर लिपपोत गर्नका लागि मोटो लिन गएकी करिष्मामाथि माटोको ढिस्को खसेर पुरिएकोले उनको घटना स्थलमै ज्यान गएको हो । उनकी आमासहित पाँच जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर हरेको छ ।...
आज सुन र चाँदीको मुल्यमा गिरावट

आज सुन र चाँदीको मुल्यमा गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक १० बुधबार नेपाली सुन बजार ओरालो लागेको छ । साथै चाँदी पनि घटेको छ । बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ छ । मंगलबार ९२ हजार ६ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५ रुपैयाँले घटेको हो । बुधबार तेजाबी सुनको प्रतितोला मूल्य ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य बुधबारका लागि १२ सय ५० रुपैयाँ तोकिएको छ ।...
गाडीले ठक्कर दिँदा निल गाईको मृत्यु

गाडीले ठक्कर दिँदा निल गाईको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १० सप्तरीमा निल गाई गाडीको ठक्कर बाट मरेको छ । सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको हो । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । निलगाई ठक्कर दिने चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए ।...
ग्यास लिक हुँदा घरमा आग्लागी, करिब पाँच लाख बराबरको क्षती

ग्यास लिक हुँदा घरमा आग्लागी, करिब पाँच लाख बराबरको क्षती

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ९ भक्तपुरमा ज्यास लिक भएर घरमा आग्लागी हुँदा पाँच लाख बराबरको क्षती भएको छ । जिल्लाको मध्यपुरथिमि नगरपालिका–२ जातिगालस्थित ग्यास लिग भएर मंगलबार दिलीप केसीको घरमा आगलागी भएको हो । आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आग्लागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आग्लागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आग्लागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाई छ ।...
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई युवक पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई युवक पक्राउ

Breaking News 3
पूर्णपुष्टि, कार्तिक ९ प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना युवकलाई पोखराबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका–१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टलाई मानव बेचबिखन गरेको अभियोगमा पक्राउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । यस्तै उक्त स्थानबाट पीडित महिलाको उद्धार गरेर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ गरेका उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रह...
इटहरीमा बालविवाह गरको अभियोगमा बेहुलाबेहुलीसहित ४ जना पक्राउ

इटहरीमा बालविवाह गरको अभियोगमा बेहुलाबेहुलीसहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ९ सुनसरीमा बालविवाह गरेको अभियोेगमा बेहुलाबेहुलीसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको इटहरी–२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो । चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।...