उदयपुरमा दैनिक सडक दुर्घटना, पछिल्लो ८ दिनमा ५ जनाको मृत्यु
पूर्णपुष्टि, २ चैत्र ।
उदयपुरमा सडक दुर्घटनाले सिमा पार गरेको छ । गएको २२ गतेदेखी २९ गते सम्म भएको दैनिक सडक दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएको छ । उदयपुर भित्र पर्ने मदन भण्डारी सडक खण्डमा पछिल्ला दिनहरुमा दिन नविराई सडक दुर्घटना भैरहेको छ । फागुन २२ गते उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेट भित्रि सडकमा बुलेरोको ठक्करबाट एकै परिवारकी दुई दिदिवहिनीले ज्यान गुमाईन् । हिमशिखर पर्निचरका प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो अन्यन्त्रित भई घरमा बसिरहेको अवस्थामा दिदिवहीनीलाई ठक्कर दिएको थियो ।
उक्त घटना सेलाउन नपाउँदै २३ गते शुक्रबार मदन भण्डारी सडक खण्ड राजावासमा तत्काल अर्को दुर्घटना भयो । त्रियुगा नगरपालिका ९ राजावास मथाने टोल स्थित प्रदेश १–०५–००१ ह ०३१० न। को अटो बाटो काट्ने क्रममा सोही दिशावाट आउँदै गरेको प्रदेश १–०२–०४ प ५७४३ नं को मोटर साईकल ठोक्कीदा मोटर साईकल चालक मोर...









