Tuesday, July 14News That Matters

Breaking News 3

डिएमगेट दुर्घटना : १६ लाख क्षतिपूर्तिमा सहमति भएपछि परिवारले बुझे दिदिवहिनीको शव

डिएमगेट दुर्घटना : १६ लाख क्षतिपूर्तिमा सहमति भएपछि परिवारले बुझे दिदिवहिनीको शव

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २३ फागुन । हिजो बेलुका ७ बजे बुलेरोको ठक्करले मृत्यु भएको दिदिवहिनीको शव परिवारले बुझेको छ । शुक्रबार प्रहरी कार्यालयमा आपसी सहमति पछि परिवारले शव बुझेको हो । परिवार पक्षको अनुसार १६ लाख क्षतिपूर्ति दिने भएपछि सहमतिमा आएको जनाए । परिवारले कक्कर दिने सवारी चालक उपर कडा सजायको माग सहित क्षतीपूर्तिको माग गरेका थिए । तर क्षतीपूर्तिमै सहमति भएर परिवारले शव बुझेको हो । प्र।नं। १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ती काट्ने क्रममा अनियन्त्रित भै घरमा गएर ठोक्किएको थियो । हिम शिखर स्टिल फर्निचरको उक्त बोलेरो घरको भित्तामा ठोक्कीन पुगेका थिए । भित्ताामा पुगेका बोलेरोले पेटीमा बसी रहेका दुईजना बच्चाहरुलाई ठक्कर दिएको थियो ।...
गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

गाईघाट हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै घरका दिदीबहिनीको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २२ फागुन । गाईघाटमा हिमशिखर फर्निचरको गाडीले ठक्कर दिँदा एकै परिवारका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा त्रियुगा नगरपालिका १२ डिएमगेट स्थित  सप्तरी जिल्ला राजविराज घरभै त्रिनपा ३ मा राजेन्द्र मैनालीको घरमा भाडागरी बस्दै आएका ललन दासको १२ बर्षिय देवीकुमारी दास र १४ बर्षिय अनुकुमारी दासको घटनास्थलमै मृत्यु भएको हो।  डिएमगेटबाट बसपार्क जाने भित्रि सडकमा प्र.नं. १ ०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडिले बाटो घुम्ते काट्ने क्रममा अनियन्त्रित हुदा घरको पेटीमा बसी रहेका अवस्थामा ठक्कर दिएको थियो  । दुर्घटना पछि १४ बर्षिय अनुकुमारी दासलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा पु¥याईए पछि मुत्यु भएको अस्पतालले घोषणा गरेको थियो । सवारी चालक त्रियुगा नगरपालिका ९ गैरुन बस्ने बर्ष १८ का निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन देवधार पुलमा बजेट अभाव

उदयपुरको त्रियुगा नदीमा निर्माणाधीन देवधार पुलमा बजेट अभाव

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २१ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा निर्माणाधीन मोटरेवल पुलको काम बजेट अभावका कारण ढिलो भइरहेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ र १० का हडिया क्षेत्रका स्थानीयवासीलाई बर्षाको समयमा ठूलो यातायात समस्या भइरहेको छ । मदनभण्डारी राजमार्गसँग हडियालाई जोड्ने हडिया–देवधार स्थित त्रियुगा नदीमा निर्माणाधीन मोटरेवल पुल २०७९ सालमा सुर्य एण्ड सन्स प्रा.लि. धरानसँग भ्याट सहित ४० करोड ३४ लाख ८८ हजार ८ सय रुपैयाँमा डिजाइन एन्ड बिल्ड प्रविधिमा पुल निर्माण सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०८३ साल जेष्ठ महिनासम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पुल ६ पिलर सहित ५ स्पानको हुनेछ । हालसम्म पुल निर्माणको केवल ३५ प्रतिशत मात्र सम्पन्न भएको पुल सेक्टर धरानका डि.इ. दीपक झाले जानकारी दिए । निर्माण कम्पनीले अहिलेसम्म ७ करोड ७० लाखको बिल पेश गरे पनि केवल ३ करोड ७१ ...
उदयपुरमा प्रहरीद्धारा ८५ किलो प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

उदयपुरमा प्रहरीद्धारा ८५ किलो प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २० । उदयपुरमा विङ्गर गाडीबाट बरामद भएको वेवारिसे अन्दाजी ८५ किलोग्राम प्रतिबन्धित मुङ्ग्री जातको माछा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार राती साढेँ ८ बजेको समयमा त्रियुगा नगरपालिका वडा नं ६ जलजले स्थित चेक पोष्टमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना.१ ज. ७४३९ नं. को विङ्गर गाडीमा वेवारिसे अवस्थामा रहेको प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरेको हो । बरामद गरिएको मुङग्री माछा मंगलबार जिल्ला प्रशासन कार्यालका प्रतिनिधि, भेटेरिनरी अस्पताल पशु विज्ञ सेवा केन्द्रका प्रतिनिधि र स्थानीय मानिसको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।  ...
गाईघाट मिनि महोत्सव : दुर्गेशले बिगारेको माहोल युवाहरुले सम्हाले

गाईघाट मिनि महोत्सव : दुर्गेशले बिगारेको माहोल युवाहरुले सम्हाले

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २० फागुन । पछिल्लो समय गायक दुर्गेश थापाको सांगितिक कार्यक्रमहरुमा सुरक्षा चुनौती बढेको छ । स्टेजमै नचाउने र उफार्ने दुर्गेशको प्रवृतिका कारण माहोल बिग्रिने गरेको छ । यहि समस्या गाईघाट मिनिमहोत्सवमा उत्पन्न भयो । माघ २७ गते देखी गाईघाट युवा समूहले आयोजना गरेको गाईघाट मिनि महोत्सवको अन्तिम कलकारको रुपमा थिए गायक दुर्गेश थापा । उनि महोत्सवको अन्तिम दिन सोमवार गाईघाट मिनि महोत्सवमा सहभागी थिए । दुर्गेशको प्रस्तुती हेर्न दर्शकहरुको बाक्लै भिँड थियो । आयोजक र प्रहरीलाई भिँड सम्हाल्न हम्मे परेको बेला गायक दुर्गेशले दर्शकलाई डोरी घेरा भित्रै बोलाएर नचाउन खोजेको आयोजकको आरोप छ । त्यसरी दर्शक उचालेपछि भिँड भाँडिएको र सुरक्षा चुनौती बढेको आयोजकले जनाए । दर्शकहरुलाई डोरीको घेरा भन्दा बाहिर राखेको आयोजकले एकाएक दुर्गेशले दर्शक अन्यन्त्रित बनाएको आरोप लगाए । माहोल बिग्रेपछि दर्शकलाई व...
नेपालमा एमसीसी परियोजना अन्योलमा, अहिलेसम्म १० अर्ब खर्च

नेपालमा एमसीसी परियोजना अन्योलमा, अहिलेसम्म १० अर्ब खर्च

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँगै नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्योलमा परेको छ । एमसीसी परियोजनामा अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको छ भने हाल भुक्तानी पूर्णरूपमा ठप्प भएको अवस्था छ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालका अनुसार अहिलेसम्म सात करोड १७ लाख डलर खर्च भएकोमा नेपालका तर्फबाट दुई करोड ४९ लाख डलर र एमसीसीका तर्फबाट चार करोड ६७ लाख डलर योगदान रहेको छ । यो खर्च मध्य पुस (डिसेम्बर २०२४) सम्मको हो । २०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता २०७८ मा संसदबाट अनुमोदन भई २०८० भदौ १३ देखि कार्यान्वयनमा आएको थियो । एमसीए नेपालका अनुसार सम्झौता भएको करिब ६ वर्षको अवधिमा कार्यालय सञ्चालनमा दुवै पक्षको गरी करिब पाँच अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ । परामर्शमा उच्च खर्च २०७५/७६ देखि २०७९/८० सम्मका ...
चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

चौदण्डी १ को वडा भवन निर्माणमा विवाद, दान दिएको जग्गामै भवन बनाउन माग

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १९ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिका १ को वडा कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएको छ । नगरपालिकाले वडा भवन निर्माणको लागि बजेट विनियोजन गरेर निर्माण कम्पनी सँग सम्झौता गरी काम अघि बढाईसकेको अवस्थामा जग्गा दान गरेको स्थानमा भवन निर्माण नगरी अन्यत्र भवन बनाउन सुरु गरेको भन्दै विरोध उत्पन्न भएको हो । भवन निर्माणका लागि ३ महिनाको समय तोकेर काम अघि बढी सकेको अवस्था छ । तर वडा कार्यालय भवन निर्माण गर्नका लागि जग्गादाताले उपलब्ध गराएको जग्गामा भवन निर्माण नगरी चौदण्डीगढी दरवारको परिसरमा भवन निर्माण गरेको भन्दै पूर्व जनप्रतिनिधि, नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी लगायतका राजनितिक प्रतिनिधि र जग्गा दाताहरुले विरोध गरेको हो । उनिहरुले सोमवार जिल्ला प्रशासन कार्यालय उदयपुरमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पूर्व वडाअध्यक्ष समेत रहेको रोहित तामाङको नेतृत्व...
प्रथम कोशी प्रदेश स्तरीय करातेमा उदयपुरका तीन खेलाडीले पदक जिते

प्रथम कोशी प्रदेश स्तरीय करातेमा उदयपुरका तीन खेलाडीले पदक जिते

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १९ । कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गत विराटनगरमा सम्पन्न प्रदेशस्तरीय कराँते प्रतियोगितामा उदयपुरको कटारी नगरपालिकाका तीन प्रतिभाशाली खेलाडीले पदक जित्न सफल भएका छन् । ‘खेल गति नै खेलाडीहरुको प्रगति हो’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगितामा कटारीको प्रगति डोजोका खेलाडीहरुले उदयपुरको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका हुन् । प्रतियोगितामा शसिका आलेमगरले ५५ केजी तौल समूहमा स्वर्ण पदक हासिल गरिन् । त्यसैगरी, प्रनिश परियारले ६७ केजी तौल समूहमा रजत पदक र कमल तामाङले ४० केजी तौल समूहमा कास्य पदक जित्न सफल भए । प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित यस प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीहरुले भाग लिएका थिए ।  ...
पाचौँ कटारी मेयर गोल्डकपको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँलाई

पाचौँ कटारी मेयर गोल्डकपको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँलाई

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन १८ । पाचौँ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन ब्वाईज काठमाण्डौँले जितेको छ । शनिबार भएको फाईनल खेलमा शलहेस युवा क्लब सिरहलाई १ गोलको विरुद्ध २ गोल गर्दै काठमाण्डौँले उपाधि चुमेको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलको दुबै टिमले दोस्रो हाफमा जर्सि नं. ५ का कुलदिप कार्कीले गोल गर्दै सिरहालाई आग्रता दिलाएका थिए । तर, उक्त आग्रता जोगाउन नसक्दा सिरहा उपाधि गुमाउन पुग्यो । जर्सी नं. २ का सन्तोष न्यौपानेले काठमाण्डौँका लागी पहिलो गोल गर्दै खेल बराबरमा ल्याए भने जर्सी नं. ८ का हेमन लिम्बुले काठमाण्डौँको लागीे दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच काठमाण्डौँका जर्सी नं. ८ का हेमन लिम्बु बने । उनले नगद रु. ३ हजारका साथमा ट्रफी , मेडल र प्रमाण प्राप्त गरे । उपाधि विजेता काठमाण्डौँले नगद रु. ३ लाख सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेका छ भने उ...
न्यायालयप्रति जनताको विश्वास मर्न दिने छैन : प्रधान न्यायाधीश राउत

न्यायालयप्रति जनताको विश्वास मर्न दिने छैन : प्रधान न्यायाधीश राउत

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १८ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो कार्यकालमा न्यायालयप्रति जनताको विश्वास मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बार इकाई उदयपुरले शनिबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश राउतले न्यायिक सुशासनका लागि दत्तचित्त भएर काम गर्ने बताएका हुन् । उनले भने, ‘अहिले आम मानिसको न्यायालयप्रति विश्वास टुटेको अवस्थामा जनताले न्यायको अनुभूति गर्ने गरी काम गर्नेछु। पवित्र उद्देश्य राखेर संकल्प गरौं भने न्यायालय सुधार हुन नसक्ने भन्ने कुरै हुँदैन ।’ त्यसका लागि न्यायाधीशलाई कानुन व्यवसायीहरूको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए । प्रधान न्यायाधीश राउतले आठ वर्ष नाघेका ७२ वटा मुद्दा असार मसान्तसम्म शून्यमा झार्ने लक्ष्य राखेको जानकारी दिए । उनले २०८३ सम्ममा पाँच वर्ष नाघेका सबै मुद्दा र २०८५ सम्ममा दुई वर्ष नाघेका सबै मुद्...