Tuesday, July 14News That Matters

Breaking News 3

प्याब्सन महाधिवेशनमा एमालेको सर्कुलर विवादमा

प्याब्सन महाधिवेशनमा एमालेको सर्कुलर विवादमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन १८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आसन्न केन्द्रीय महाधिवेशनमा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले टिकाराम पुरी नेतृत्वको समूहलाई जिताउन जारी गरेको सर्कुलर सार्वजनिक भएपछि विवाद बढेको छ । फागुन ११ गते जारी गरिएको उक्त सर्कुलरमा प्याब्सनको फागुन २६ र २७ गते काठमाडौंमा हुने महाधिवेशनमा निवर्तमान अध्यक्ष एवं हालका प्रमुख सल्लाहकार पुरीलाई विजयी बनाउन प्रदेशका १२ वटै जिल्ला अध्यक्षहरूलाई निर्देशन दिइएको छ । कोशी प्रदेशका एमाले कार्यकर्ता पुरीलाई विजयी गराउन जिल्ला र मातहतका कमिटी तथा पार्टी पंक्तिलाई समन्वय र सहयोग गर्न भनिएको छ। सर्कुलरमा पार्वती रावत, भोजबहादुर शाह, टिकाराम पुरी र कृष्ण खनालसंग सम्पर्क गर्न भनिएको छ । यो गोप्य सर्कुलर कसरी बाहिरियो भन्ने प्रश्नले एमाले लुम्बिनीमा तरंग ल्याएको छ । प्याब्सन लुम्बिनी प्रदेश सचि...
उदयपुरमा “राईड टु कोशी” सुरु

उदयपुरमा “राईड टु कोशी” सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ फागुन । उदयपुरमा दुई दिने “राईड टु कोशी” कार्यक्रम सुरु भएको छ । “स्वास्थ्यको लागि साईकल एकताको लागि सवारी” भन्ने मुल नाराका साथ उदयपुरमा राईड टु कोशी सुरु भएको हो । उदयपुर जिल्ला साईकल संघको आयोजनामा राईड टु कोशी सुरु गरिएको हो । उदयपुर जिल्लाको बिभिन्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार र वातावरण प्रदुषण मुक्त अभियानको लागि शुक्रबार गाईघाट स्थित पिपलचोक बाट राईड टु कोशी सुरु भएको जनाईएको छ । उदयपुर जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको प्रचारप्रसार सँगै वातावरण प्रदुर्षण रोकथाम गर्ने उद्देश्यले राईईड टु कोशी सुरु भएको हो । बिहान गाईघाट बजार परिक्रमा सँगै मदन भण्डारी राजमार्गको पूर्व क्षेत्रहरु बहेडवा, बेल्टार, सुपाडे रामपुर हुँदै कोशी पुग्ने र शनिवार फर्केकर १८ नं बाहिनीमा यात्रा समापन गर्ने जिल्ला साईकल संघले जनाएको छ । कोशी टु राईडका लागि २ सय ३४ राईडर र ६६ जना भोलेन...
सहिद परिवारलाई सेनाकाे सम्मान

सहिद परिवारलाई सेनाकाे सम्मान

Breaking News 3, समाचार
पूर्णपुष्टि,फागुन १४ । नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणद्वारा महा शिवरात्री तथा २६२ औं सेना दिवस समाराेह आज भब्यरुपले आयाेजना भयाे । साे उपलक्ष्यमा गणका विगती प्राप्त सैनिक जावनहरुको सम्झना स्वरुप विर स्मारिकामा माल्यार्पण गरिएकाे छ । साथै विरगती प्राप्त सकलदर्जाहरुको परिवारहरुलाई सम्मान गरिएको गणले जनाएकाे छ ।  ...
नेकपा एस निकट अनेरास्ववियु, बरुवा क्याम्पसमा गठन

नेकपा एस निकट अनेरास्ववियु, बरुवा क्याम्पसमा गठन

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ११ । गाईघाट नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू बरुवा क्याम्पस प्रारम्भिक कमिटी हिजाे गठन भएकाे छ । सन्दिप साेनि ईन्चार्थ तथा प्रदिप बुढाथाेकीकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटि बनेकाे हाे । उपाध्यक्षमा सशिता चाैधरी र साेहेल अखतर, सचिव  रितु श्रेष्ठ, सहसचिव कविरा खनतुन र ज्याेती साह रहेका छन् भने काेषाध्यक्ष आरति साह रहेका छन् । नव गठित कमिटिलाई अनेरास्ववियू केन्द्रिय स्थायी कमिटी सदस्य सुरेश गुप्ता लगायत जिल्लाको विद्यार्थी नेताहरुले बधाई तथा शुभकामना दिए ।...
त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी : कला तर्फ पुष्पाञ्जली प्रथम

त्रियुगा नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनी : कला तर्फ पुष्पाञ्जली प्रथम

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, ८ फागुन । त्रियुगा नगरपालिका नगर स्तरीय बिज्ञान तथा कला प्रदर्शनीमा पुष्पाञ्जली शिशुबाटिका आवासिय बोर्डिङ गाईघाट प्रथम भएको छ । बिहिबार त्रियुगा मावि गाईघाटमा आयोजित प्रदर्शनीमा कला तर्फ पुष्पाञ्जली बाटिकाकी इसिका साह र आशा पण्डित प्रथम भएकी हुन् यस्तै बालमन्दिर मावि दोस्रो, त्रियुगा मावि तेस्रो र सगरमाथा सान्त्वना भएको छ । यता बिज्ञान तर्फ त्रियुगा मावि प्रथम, जनज्योति मावि चुहाडे दोस्रो, प्याराडाईज सेकेन्डरी गाईघाट तेस्रो र जनता आधारभूत आवासिय सान्त्वना भएको छ । उक्त प्रदर्शनीमा ३० ओटा विद्यालयहरु सहभागी थिए । प्रजातान्त्र दिवसको अवसरमा बिज्ञान तथा कला प्रदर्शनी प्रतियोगिता गरिएको थियो ।...
उदयपुरमा घाँस काट्न गएका वृद्ध मृत फेला

उदयपुरमा घाँस काट्न गएका वृद्ध मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ८ । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाबुमा घाँस काट्न गएको एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो घर बाट घाँस काट्न हिँडेका ६१ वर्षीय शेरबहादुर मगरको शव मंगलबार साँझ जंगल नजिकैको भीरमुनी फेला परेको हो । वडाध्यक्ष गणेश तिमिल्सिनाका अनुसार मगर घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । सोमबार दिउँसो घरबाट हिँडेका मगर राति अबेरसम्म घर नफर्केपछि परिवारजनले आफन्त र छिमेकीकहाँ खोजी गरेका थिए । कतैबाट जानकारी नपाएपछि स्थानीयले जंगलमा खोजी गर्दा भीरमुनी शव फेला परेको थियो । प्रहरीलाई खबर गरिएपछि शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।...
नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए । यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्र...
नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

नारदमुनी थुलुङको सालिक अनावरणमा राजनिति, हिकमत कार्कीलाई पहिचानवादीको डर

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । उदयपुरको वसाहामा स्थापना भएको स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिक बिहिबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले अनावरण गरे । उक्त अनावरण कार्यक्रमको आयोजना चौदण्डीगढी नगरपालिकाले गरेका थिए । एमालेबाट निर्वाचित कालुमान लामा सहितको एमाले जनप्रतिनिधिहरुले स्वर्गिय थुलुङको सालिक निर्माण गरी अनावरण गरेका थिए । यस बिषयमा कांग्रेस लगायतका दलहरुले भने असन्तुष्टी जनाए । कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्टीले भने बिज्ञाप्तीनै जारी गरी मुख्यमन्त्रीबाट सालिक अनवारण गर्ने कार्यक्रमलाई असन्तुष्टी जनाएका थिए । उनिहरुले संयुक्त बिज्ञाप्ती जारी गर्दै देशका लागि यति ठुलो योगदान पुराउने ब्यक्तिको सालिक अनावरण राष्ट्रपति वा उपराष्ट्रपतिको हातबाट गर्नु पर्ने माग सहित असन्तुष्टी जनाए । देशका महान योद्धा र प्रजातान्त्रिक सेनानीको सालिक मुख्यमन्त्रीबाट ...
कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण

कडा सुरक्षा घेराबीच बसाहामा नारदमुनी थुलुङको सालिक अनाबरण

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, राजनीति, समाचार
पूर्णपुष्टि, ७ फागुन । वसाहामा स्थापना भएको प्रजातान्त्रिक सेनानी स्वर्गिय नारदमुनी थुलुङको पुर्णकदकको सालिकको अनावरण कडा सुरक्षाकाबीच गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले सुरक्षा घेराबीच थुलुङाको सालिक अनावरण गरेको हो । मन्त्री कार्कीले अनावरण गर्ने भएपछि पहिचानवादीहरु बिरोध गर्न सक्रिय बनेका थिए । पछि छलफल र वार्ता पछि सालिक अनावरण भने गर्न सफल भयो । सालिक अनावरण गर्दै मुख्य मन्त्री कार्कीले नारदमुनी थुलुङ नेपाली जनताहरुकै अविभावक रहेको चर्चा गरे । उनले देशमा प्रजातान्त्रको लागि पूर्व क्षेत्रमा रहेर ठुलो योगदान गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा र चेतना विकास गरेको जनाए । राईले राणा सासनको अन्त्य गर्न आफ्नो कर्म छाडेर देश फर्कि प्रजातन्त्र स्थापित गर्न भुमिका खेलेको कार्कीले चर्चा गरे । यता कार्यक्रम अघिनै कांग्रेस, माओवादी, नेकपा एस, रास्वपा र जनता समाजवादी पार्ट...
पाचौँ कटारी मेयर गोल्डकप फागुन १० देखि

पाचौँ कटारी मेयर गोल्डकप फागुन १० देखि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन ६ । उदयपुरको कटारी नगरपालिकामा पाँचौं संस्करणको मेयर गोल्डकप फुटबल प्रतियोगिता यहि फागुन १० देखि १७ गतेसम्म हुने भएको छ । कटारी नगरपलिकाको अयोजनामा हुने गोल्डकप प्रतियोगितामा भुटान लगायत नेपालका विभिन्न क्षेत्रका ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । नगर प्रमुख राजेशचन्द्र श्रेष्ठका अनुसार प्रतियोगितामा भुटानको समटिसे एफसी क्लबसहित कटारी ११, एनएसएफसी धरान, च्याम्पियन ब्वाइज काठमाडौं, एनजे क्लब सिन्धुली, बिरगंज युनाइटेड, बागमती एफसी सर्लाही र श्लेष युथ क्लब सिरहाको सहभागिता रहनेछ । सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेल आयोजक कटारी ११ र एनएसएफसी धरान बीच हुनेछ । समारोहको उद्घाटन मेयर श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रीय फुटबलको विकासमा योगदान पुर्‍...