Tuesday, July 14News That Matters

Breaking News 3

भारतीय सहयोगमा बनेको बेलका माविको भवन उद्घाटन

भारतीय सहयोगमा बनेको बेलका माविको भवन उद्घाटन

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ ।  भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले उदयपुरको बेलका नगरपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् । जनता बेलका माध्यमिक विद्यालयको ४ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण भएको तीन तले भवनमा २४ वटा कोठा रहेका छन् । उद्घाटन समारोहमा बोल्दै श्रीवास्तवले नेपाल-भारत सम्बन्धको ऐतिहासिक महत्व औंल्याउँदै शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार क्षेत्रमा भारत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्वमन्त्री डा. नारायण खड्काले उदयपुरको विकासमा भारत सरकारको योगदानको प्रशंसा गर्दै विद्यालय भवन, खानेपानी र नदी नियन्त्रणमा महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले भारतीय उपप्रमुख श्रीवास्तवलाई मायाको चिनो प्रदान गर्दै थप सहयोगको अपेक्षा व्यक्त गरे । भारत सरकारले नेपालको विकास निर्माण...
भ्रष्टाचार विधेयक पारित हुने तयारी, अख्तियार विधेयक समितिमै थन्किएको

भ्रष्टाचार विधेयक पारित हुने तयारी, अख्तियार विधेयक समितिमै थन्किएको

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ ।  संसदमा एकैसाथ दर्ता भएका दुई महत्वपूर्ण विधेयकमध्ये भ्रष्टाचार विधेयक पारित हुने क्रममा रहँदा अख्तियार ऐन संशोधन विधेयक भने राज्य व्यवस्था समितिमै रोकिएको छ । यी दुवै विधेयक २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा दर्ता भएका थिए । राष्ट्रिय सभाबाट २०७९ चैतमा पारित भई प्रतिनिधिसभामा पुगेका दुवै विधेयकमाथि २०८० भदौमा सैद्धान्तिक छलफल भएको थियो । त्यसपछि राज्य व्यवस्था समितिमा पठाइएका विधेयकमध्ये भ्रष्टाचारसम्बन्धी विधेयक मात्र अघि बढेको छ । समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनमै अख्तियार ऐन संशोधन विधेयक पनि अघि बढाइने प्रतिबद्धता जनाएका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूले विधेयक रोकिनुको कारण सोधेपछि खतिवडाले यस्तो आश्वासन दिएका हुन् । आगामी सोमबार प्रतिनिधिसभाबाट भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची रहेको छ । तर अख्ति...
झापामा मृत भेटिए नेपाल प्रहरीका सई

झापामा मृत भेटिए नेपाल प्रहरीका सई

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ४ । झापाको भद्रपुर नगरपालिका वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा एक प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी विजय चौहानका अनुसार खतिवडाको शव प्रहरी कार्यालयको तीन तले ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकी जाने फलामको भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेको हो । ‘शव आज बिहान फेला परेको हो । घटनाबारे परिवारलाई जानकारी गराइसकिएको छ,’ चौहानले भने, ‘घटनाको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ।’ प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ...
त्रियुगा १५ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

त्रियुगा १५ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम रूपमा सुरु भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम अन्तर्गत शनिबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमका लागि वडा नम्बर १५ मा २४ जना बेरोजगार व्यक्तिहरूलाई छनोट गरिएको छ । यस अन्तर्गत वडाका चारवटा सडकहरूको विस्तार तथा स्तरोन्नति गरिने योजना रहेको छ । नगर प्रमुख बसन्त कुमार बस्नेतले कामदारहरूलाई परिचयपत्र, सुरक्षा सामग्री र आवश्यक औजारहरू वितरण गरे । उनले स्थानीय बेरोजगारहरूलाई गाउँमै रोजगारी सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताए । नगरपालिकाले अन्य चार वडाहरूमा पनि यस्तै बेरोजगारलाई रोजगारी दिने र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने तयारी गरेको मेयर बस्नेतले बताए...
२०८२ सालमा दुई पटक चन्द्रग्रहण : कुन राशिका लागि शुभ?

२०८२ सालमा दुई पटक चन्द्रग्रहण : कुन राशिका लागि शुभ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ३ । आगामी २०८२ सालमा नेपालमा दुई पटक चन्द्रग्रहण लाग्ने भएको छ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण नेपाल, भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ । पहिलो ग्रहणका बेला रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, ११ बजेर १५ मिनेटमा सम्मिलन, ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन र १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । ग्रहण स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । राशिअनुसार यो चन्द्रग्रहण मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएका व्यक्तिहरूले हेर्न सक्नेछन् । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ ...
प्रहरीद्वारा किशोरीहरुलाई आत्मरक्षा तालिम

प्रहरीद्वारा किशोरीहरुलाई आत्मरक्षा तालिम

Breaking News 3, समाचार
पुर्णपुष्टि, फागुन ३ । बिराटनगर महानगरपालिका–७ स्थित श्री सत्यनारायण माध्यमिक बिद्यालयको सभाहलमा आयोजित महिला आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको संयोजनमा फागुन १ गतेदेखि संचालित यस तालिममा १३ वटा विद्यालयका १०२ जना किशोरीहरुले सहभागिता जनाएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रशिक्षक प्रहरी निरीक्षक तोरण परियारले सहभागीहरुलाई आत्मरक्षाको लागि प्रतिकार गर्ने विभिन्न तरिकाहरु र सम्बन्धित कानूनी व्यवस्थाबारे सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए । साथै, प्रहरी सहायक हवल्दार पविता शर्माले किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराएकी थिइन् । तीन दिनसम्म चलेको यस अनुशिक्षण तालिममा समृद्ध समाज नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता कला डाँगी लगायत अन्य प्रशिक्षकह...
माओवादी मजदुर पार्टीद्वारा जनयुद्ध दिवसमा फलैचा निर्माण

माओवादी मजदुर पार्टीद्वारा जनयुद्ध दिवसमा फलैचा निर्माण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २ ।  त्रियुगा नगरपालिकामा ३० औँ जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले एक काष्ठको फलैचा निर्माण गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ स्थित त्रियुगा पुल नजिकै रहेको पिपलको फेदमा पार्टीले फलैचा निर्माण गरी कोण सभाको गरेको हो । कार्यक्रममा पार्टीका महासचिव हिमाल सिंह राईले जनयुद्धको स्मरणमा फलैचा निर्माण गरिएको बताए । पार्टी प्रवक्ता जगत काटुवालले ३० औँ जनयुद्ध दिवसलाई नेपाली जनताको परिवर्तनको एक महत्वपूर्ण शैक्षिक क्षणको रूपमा लिनुपर्ने धारणा राखे । संगठन प्रमुख प्रदिप फुयालले पार्टीको स्थापनाकालदेखि नै जनयुद्ध दिवस मनाउँदै आएको जानकारी दिए । कार्यक्रममा 'हाम्रो क्रान्ति जारी छ', 'माओवादी मजदुर पार्टी जिन्दावाद', 'नयाँ जनवादी क्रान्ति जिन्दावाद', '३० औँ जनयुद्ध जिन्दावाद' जस्ता नाराहरू लगाइएको थियो । कार्यक्रममा ज्ञानबहादुर तामाङ र झमकबहादुर मगर लगायत पार्टीका ने...
आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

आवाज विहिन बर्तमान सरकार राष्ट्रियताको लागि बोल्दैन : झलनात खनाल

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, ३० माघ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झनलाथ खनालले वर्तमान सरकार राष्ट्रियता प्रति सिरियस नदेखिएको जनाए । बुधबार गाईघाट आईपुगेका नेता खनालले पत्रकार सम्मेलनमा बोल्दै बिदेशी या जसले जे गरेपनि सरकार चुपचाप बसेको आरोप लगाए । बरु भगेरा कराउँछ तर सरकार कराउँदैन सरकारको आवाज छैन्, “खनालले भने, ” उनले सरकार आफ्नो उदेश्य पुरा गर्नका लागि मात्रै बनेको जनाए । देश र जनताको लागि सरकार निर्माण नभएको समेत उनले बताए । वर्तमान सरकारकै कारण देश खप्ठेरेमा परेको पनि उनले बताए । सविधान संसोधन सहित ७ बुद्धे समहमतिमा बनेको सरकारको गति ठिक नभएको उनले बताए । खनालले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने बाध्यता नभएको भन्दै बिरोध पनि जनाएको छ । दुई तिहाईको सरकारले अध्यायदेश मार्फत विद्ययेक ल्याउनु पर्ने लाजस्पद रहेको पनि उनको भनाई थियो ।...
त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

त्रियुगा १६ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, ३० माघ । त्रियुगा नगरपालिका वडा नं १६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । यस कार्यक्रमले वडाको बिभिन्न ४ ओटा महत्वपूर्ण सडक निर्माण गर्ने छ । उक्त कार्यक्रमको आयोजनाले वडा स्थित कुसुमटार धौरी कृषि सडक निर्माण, बरुवा खोला अकर सिम्ले कृषि सडक निर्माण, भोर्ले सिदाली कृषि सडक निर्माण र डिहिटार अम्वोके सिद्रे डहर खोल्सी कृषि सडक निर्माण गर्ने भएको छ । त्रियुगा नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रकी संयोजक निशा घलेले वडाको अम्वोकेबाट कार्यक्रम सुभारम्भ गरेको जनाईन् । बिभिन्न ४ ओटा स्थानमा निर्माण गरिने सडकहरुको एकै ठाउँबाट औपचारिक रुपमा सुभारम्भ गरिएको हो । घलेका अनुसार ४ ओटा सडक निर्माणका लागि ३४ जना श्रमीकहरुलाई रोजगार दिईएको छ । दिनको ६६८ रुपयाँको दरले दिईने पारीश्रमीक ज्यालाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २२ लाख ७१ हजार २ सय र वडाबाट २ लाख गरी जम...
क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने १५० टिफर कारबाहीमा

क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने १५० टिफर कारबाहीमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २९ । क्षमता भन्दा बढी चुनढुङ्गा बोकेर सिमेन्ट उद्योगतर्फ जाँदै गरेका १५० भन्दा बढी टिफर सोमबार कारबाहीमा परेका छन् । सिरहाको मिर्चैया स्थित कटारी चोकमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा उक्त टिफरहरूलाई नियन्त्रणमा लिएको हो । कोसमस, सौर्य र मारुती सिमेन्ट उद्योगका लागि उदयपुरको कटारी, उदयपुरगढी र सिन्धुलीबाट चुनढुङ्गा ओसार्दै गरेका टिफरहरूले नियमित रूपमा क्षमताभन्दा बढी तौल बोक्ने गरेको पाइएको छ । ट्राफिक प्रहरी पोष्ट लहानका अनुसार सोमबार बिहान गरिएको चेकजाँचमा सबै टिफरहरूले तोकिएको क्षमताभन्दा बढी चुनढुङ्गा बोकेको फेला परेको थियो । यसरी ओभरलोड गरेर टिफर गुडाउने प्रवृत्तिका कारण मिर्चैया-कटारी सडकखण्ड जीर्ण बन्दै गएको छ । यसअघि पनि टिफरहरूले निम्त्याएको प्रदूषणविरुद्ध स्थानीयवासीले आन्दोलन गरेका थिए । सडक क्षेत्र वरपरका बस्तीहरूमा टिफरबाट निस्कने धुलो र ध्वनि प्रदूषणले स्...