Thursday, July 16News That Matters

आर्थिक

उदयपुरमा आधाजसो रोपाइ बाँकी

उदयपुरमा आधाजसो रोपाइ बाँकी

Breaking News 2, आर्थिक, समाचार
उदयपुर, असार ३२ । उदयपुरमा असारभरमा ५५ प्रतिशतमात्र धान रोपाइ भएको छ । खडेरीको कारण रोपाइमा ढिलाइ भएको कृषकहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र उदयपुुरका बालि विकास अधिकृत फुलकुमारी चौधरीका अनुसार जिल्लाको १३ हजार ३२६ हेक्टर वर्षे धानखेत मध्ये रोपाइ हालसम्म ५५ प्रतिशत मात्र भएको हो । असारको अन्तिममा वर्षात भएपछि कृषकहरुले हतारहतार धान रोपेका हुन् । किसानहरुको खेत अझै बाँझो रहेकोले साउनमा बाँकी रोप्ने दाउमा छन् । साउनमा बर्षातले साथ दिए रोपाइ हुने अन्यथा रोपाइ गर्न नसकिने उनीहरुको चिन्ता छ । गतवर्ष ६३ हजार ९७४ दशमलब ८ मेटिकटन धान फलेको थियो । अव उप्रान्त मौसमले साथ दिएमात्र धानको उत्पादन राम्रो हुने आशा किसानहरुको छ । मौसमले साथ नदिए उत्पादनमा ह्रास आउने चिन्ता उनीहरुमा छ । हालसम्मको रोपाइमा कतिपय कृषकहरुले मोटरबाट पानी तानेर रोपाइ गरेको बताएका छन् । आठ पालिका मध्ये सबैभन्दा बढि चार न...
उद्यमीलाई व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण

उद्यमीलाई व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असार ३० । त्रियुगा नगरपालिकाले नगरभित्र रहेका उद्यमी तथा स्वरोजगार व्यवसायीहरूको व्यवसाय प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले व्यवसाय प्रवर्द्धनका सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमअन्तर्गत विभिन्न पेशा तथा व्यवसायमा संलग्न उद्यमीहरूलाई आवश्यक उपकरण तथा सहायक सामग्री हस्तान्तरण गरिएको हो । सहायक सामग्री कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवार,  नगर प्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । उहाँले वितरण गरिएका सामग्रीको सदुपयोग गर्दै व्यवसायलाई थप विस्तार गर्न उद्यमीहरूलाई आग्रह गर्नुभयो । उपप्रमुख महे...
होटल संघ नेपालको बागमती प्रदेश नेतृत्वमा रामसुन्दर बके

होटल संघ नेपालको बागमती प्रदेश नेतृत्वमा रामसुन्दर बके

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/काठमाडौं, असार १५ । होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम बकेलाई अध्यक्षमा मनोनयन गरेका हुन् । बके भक्तपुरस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशक एवम् सफलं पर्यटन व्यवसायी हुन । होटल तथा पर्यटकीय व्यवसायमा  पुऱ्याएको योगदान तथा नेतृत्व क्षमतालाई  मध्ये नजर गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको जनाईएको छ । संघले बागमती प्रदेशअन्तर्गतका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी तथा सुदृढ प्रदेश समिति गठन गर्ने जिम्मेवारी उनलाई दिएको छ । साथै, संघको विधान तथा कार्यविधिअनुसार प्रदेश समितिको गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। होटल तथा पर्यटन क्षेत्रको विकास, व...
ताप्ली गाउँपालिकाको ४१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता

ताप्ली गाउँपालिकाको ४१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/ ताप्ली, असार ११ उदयपुरको ताप्ली गाउँपालिकाको १९औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४१ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई केन्द्रमा राख्दै बजेट सार्वजनिक गरेको हो। गाउँसभामा प्रस्तुत बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, आधारभूत सेवाको गुणस्तरीय विस्तार तथा दिगो विकासलाई मुख्य लक्ष्य बनाएको गाउँपालिकाले जनाएको छ। बजेटमार्फत नागरिकको जीवनस्तर उकास्ने, उत्पादनमुखी क्षेत्रको प्रवर्द्धन गर्ने तथा स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। गाउँपालिकाले “उज्यालो ताप्ली, दिगो विकास, बालमैत्री सहितको पूर्वाधार, स्वास्थ्य, रैथाने कृषि, पर्यटन, रोजगार, हरियाली ताप्ली समृद्धिको आधार” भन्ने मूल नारासहित बजेट ल्य...
त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

त्रियुगा नगरपालिकाले सार्वजनिक गर्‍यो १ अर्ब ३८ करोड ७७ लाखको बजेट

Breaking News 2, आर्थिक, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, असार १० उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँ बराबरको आय÷ब्याय बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ। प्रस्तावित बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २२ करोड १८ लाख, सशर्त अनुदान चालुतर्फ ६२ करोड ८ लाख, विशेष अनुदान १ करोड तथा समपूरक अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान २ करोड ३ लाख ४५ हजार, सशर्त अनुदान ५ करोड ४६ लाख २४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। राजस्वबाट १५ करोड १० लाख ९६ हजार, अन्त शुल्कबाट ६ करोड ४७ लाख ६५ हजार तथा सवारी साधन करबाट १ करोड ८७ लाख ९९ हजार २३८ रु...
तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न, प्रविधी नहुनेलाइ मेसिन हस्तान्तरण

तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न, प्रविधी नहुनेलाइ मेसिन हस्तान्तरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २ गते । मोडर्न टेक्निकल विजिनेश एण्ड ट्रेनिङ सेन्टर प्रालि उदयपुरको आयोजनामा तथा कोशी प्रदेश सरकारको सहयोग र त्रियुगा नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न भएको छ। गाईघाटमा आयोजित तालिमको समापन समारोह संस्थाकी प्रमुख ज्ञानु प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गितादेवी रेग्मी प्रमुख अतिथि तथा घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मधुकर थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। तालिममा त्रियुगा नगरपालिकाका २२ जना महिलाको सहभागिता रहेको थियो। तीन महिनासम्म सञ्चालन गरिएको तालिममार्फत सहभागी महिलाहरूलाई सिलाइकटाइ सम्बन्धी उन्नत सीप प्रदान गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै आर...
उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु दैनिक धर्नामा

उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु दैनिक धर्नामा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/गाईघाट, जेठ १३ । चौधदेखि महिना तलब नपाएका उदयपुर सिमेन्ट उद्योग लिमिटेडका कर्मचारी तथा मजदुरहरूले उद्योगमा दैनिक धर्ना दिइरहेका छन् । रोकिएको तलब तथा सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका उनीहरूले गत तीन दिनदेखि धर्ना दिइरहेका हुन् । पहिलो दिन एक घण्टा, दोस्रो दिन दुई घण्टा र आज तीन घण्टा धर्ना दिएका छन् । चारदिन अघि पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै माग पुरा नभए धर्ना लगायतका आन्दोलन गर्ने जनाएका थिए । सम्पूर्ण मजदुर संघर्ष समिति गठन गरी आन्दोलित बनेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण उद्योग डुब्दै गएको हो । उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्य...
माओवादी मजदुर पार्टीले बनायो काठेपुल

माओवादी मजदुर पार्टीले बनायो काठेपुल

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/मोतिगडा, जेठ ११ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित पुलचौकखोलामा माओवादी मजदुर पार्टीले काठे पुल निर्माण गरेको छ । एक लाख २० ह‌जार बराबरको लागतमा बनेको पुलको लम्बाई ९ मिटर रहेको छ । पार्टीले ५० हजार र ७० हजार बरावरको जन श्रमदानवाट पुल निमार्ण भएको पार्टीका केन्द्रीय महासचिव हिमालसिंह राईले बताए । पार्टीकी प्रमिला तामाङ्ग‌को अध्यक्षतामा एक समारोहकाबीच पुलको उद्घाटन हालै गरिएको थियो । समारोहमा केन्द्रीय प्रबक्ता जगत कटुवाल लगायत नेताहरु प्रदिप तामाङ र आयुष ठकुरी लगायतका वक्ताले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मनिषा ठकुरीले गरेकी थिइन् । पुल निर्माणबाट आवतजावतमा सहजता भएको स्थानीयले बताएका छन् । बर्षातमा पानी बग्ने र भेलबाढीका कारण स्थानीयलाइ समस्या पर्ने गरेकाे थियाे ।...
तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ ८ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत कर्मचारी तथा मजदुरहरूले लामो समयदेखि रोकिएको तलब, सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै यस्तो माग गरेका हुन्। सम्पूर्ण मजदुर संघर्ष समितिद्वारा जारी प्रेस नोटअनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण कर्मचारी तथा मजदुरहरू आर्थिक समस्यामा परेको समितिको आरोप छ। प्रेस नोटमा उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्याला हालसम्म भुक्तानी नगरेको उल्लेख गरिएको छ। त्यस्तै ४५ महिनादेखि तलबबाट कट्टा गरिएको सञ्चयकोष रकम र ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकम सम्बन्...
उदयपुर सिमेन्ट उद्योगमा मजदुर आन्दोलन: तलब र सुविधाको माग

उदयपुर सिमेन्ट उद्योगमा मजदुर आन्दोलन: तलब र सुविधाको माग

Breaking News 2, आर्थिक, संसार
पूर्णपुष्टि/उदयपुर, जेठ ७ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका मजदुरहरूले तीन वर्षदेखि तलब र सुविधासम्बन्धी समस्या भोग्दै आएका छन् । उद्योगमा न्यून उत्पादनको अवस्थामा मजदुरहरूले १५ महिनाको तलब, ४४ महिनाको सञ्चयकोष र ३ महिनाको नागरिक दर्ता कोषसमेत पाएका छैनन् । उद्योग व्यवस्थापनले १५ दिनभित्र तलब उपलब्ध गराउने प्रतिवद्धता जनाएको भए पनि समयसीमा भित्र तलब उपलब्ध नगराउँदा मजदुरले गत २४ गते आन्दोलनको कार्यक्रम सञ्चालन गरेका थिए । उद्योग व्यवस्थापनले उत्पादन र कर्मचारी व्यवस्थापनको पूर्ण जिम्मेवारी आफूमाथि रहेको र सबै सम्बन्धित निकायलाई जानकारी गराइएको जनाएको छ ।...